बेल्टारमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु – Naya Bikalpa
June 25, 2026, Thursday      Epaper

बेल्टारमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

उदयपुर : उदयपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उदयपुरको चौदण्डिगढी नगरपालिकामा शुक्रबार सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मदन भण्डारी राजमार्ग अन्तर्गत बेल्टार बजार नजिकै रहेको द्वार खोला पुल नजिकको मोडमा भएको दुर्घटनामा चौदण्डिगढी नगरपालिका-२ का तिलक राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बेल्टारबाट गाईघाटतर्फ जाँदै गरेको मोटरसाइकललाई काठमाडौंबाट पूर्वतर्फ आउँदै गरेको कारले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक राईको शव नगर अस्पताल बेल्टारमा राखिएको छ । दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०८१ कार्तिक १६, १४: ५५

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०८१ कार्तिक १६, १४: ५५

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०८१ कार्तिक १६, १४: ५५

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...