प्रहरी समायाेजन प्रस्ताव स्विकृत,प्रदेश प्रहरी प्रमुख डिआइजी रहने, मेट्राेकाे नाम परिवर्तन – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

प्रहरी समायाेजन प्रस्ताव स्विकृत,प्रदेश प्रहरी प्रमुख डिआइजी रहने, मेट्राेकाे नाम परिवर्तन

नयाँ विकल्प

काठमाडाैं- गृहमन्त्रालयले तयार पारेकाे प्रहर समायाेज सम्बन्धि प्रस्ताव स्विकृत भएकाे छ । स्विकृत प्रस्ताव अनुसार प्रदेश प्रहरी प्रमुख डिआइजी नै रहने निश्चित भएकाे छ । भने महानगरीय प्रहरी कार्यालय संघिय प्रहरी मातहत रहने छ ।

उपत्यकामा रहेकाे याे प्रहरी कार्यालय संघिय प्रहरी कार्यालय अन्तरगत रहने कि प्रदेश प्रहरी मातहत रहने भन्ने लामाे बहस चलेकाे थियाे

गृहमन्त्रालयमा बुधवार साँझ प्रधानमन्त्री केपी शर्मा सहित गृहमन्त्री रामबहादुर थापा बादल, सातै प्रदेशका आन्तरिक मामिला मन्त्रि , सचिव महेश्वर न्यैपाने , नेपाल प्रहरी प्रमुख आइजीपी शेैलेस थापा क्षेत्री , गृहमन्त्रिका राजनितिक सल्लाहकार सुर्य सुवेदी, सुरक्षाा मामिला सल्लाहकार इन्द्रजित राइ लगायत समायाेजन कार्यदलका संयाेजक र सदस्य समेतकाे उपस्थीत बैठकबाट साे प्रस्ताव स्विकृत गर्ने निर्यण भएकाे हाे ।

याे प्रस्ताव स्विकृत संगै लामाे समयदेखि राेकिएकाे प्रहरी समायाेजन प्रक्रिया अगाडि बढने छ ।उपस्थित बैठकमा समायोजन सम्बन्धि प्रस्ताव स्विकृत भएकाे १५ दिन भित्र समायाेजन प्रक्रिया अगाडि बढाउनु पर्छ ।

प्रहरी समायाेजन संवन्धी प्रस्तावमा उपत्यकाकाे सुरक्षा हेर्ने महानगरीय प्रहरी कार्यालयकाे केन्द्र रहने कि प्रदेश मतहत रहने भन्ने चाशाेकाे विषय रहेकाे थियाे ।स्विकृत प्रस्ताव अनुसार महानगरिय प्रहरी कार्यालयकाे नेतृत्व डिआइजी ले नै गर्ने तय भएकाे छ ।

साे स्विकृत प्रस्ताव अनुसार हाल महानगरिय प्रहरी कार्यालयकाे नाम परिवर्तन गरि राजधानी सुरक्षा कार्यालय रहने छ ।

प्रदेशमातहतमा प्रहरी नायब उपरीक्षक (डिएसपी)सम्म रहने छ भने साे भन्दा माथीकाे पाेष्टिङ केन्द्र मातहत रहने छ ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ श्रावण १४, २२: १४

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ श्रावण १४, २२: १४

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ श्रावण १४, २२: १४

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...