
काठमाडौं। नेपालीहरुको महान चाड दिपावलीको लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा शानदार कमाई गरेको छ।
प्रदर्शनको दुई दिन खासै दर्शकको साथ नपाएको यस फिल्मले कैयौं किर्तिमान बनाएको छ।
चलचित्रले शनिबार कुनै पनि नेपाली फिल्मले एकै दिन पाएको प्रदर्शनको नयाँ किर्तिमान बनाएको छ। फिल्म निर्माण कम्पनि सेभेन सिज सिनेमाका अनुसार फिल्मले देशभरका ९८ हलमा ४६५ भन्दा बढी प्रदर्शनी पाएर नयाँ किर्तिमान बनाएको हो।
यस अघि यस चलचित्रले बिहीबार मात्र देशभरका ८९ हलमा ३८० भन्दा बढी शो पाएर किर्तिमान बनाएको थियो।
यो किर्तिमान यसअघि यो रेकर्ड दशैको घटस्थापनाको दिन फिल्म ‘बेहुली फ्रम मेघौली’ को नाममा थियो, यस चलचित्रले पहिलो दिन ३४० शो प्राप्त गरेको थियो।
चलचित्रले पहिलो सातामा ८ करोड २५ लाख ग्रस कमाई गरेको थियो भने त्यस यता हाउस फुलका साथ चलिरहेकाले चलचित्रले बक्स अफिस कलेक्सनमा पनि नयाँ किर्तिमान बनाउने निश्चित रहेको छ ।
अहिले पनि चलचित्रको टिकटको अभाव देखिएको छ। ‘पूर्ण बहादुरको सारङ्गी’ ले अहिले पनि दर्शकको व्यापक साथ पाइरहेका कारण आगामी साता रिलिज हुन लागेको फिल्म ‘केटी हराएको सूचना’ को रिलिज स्थगन गरिएको छ।
संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...