सुरक्षा प्रमुखसँग गृहमन्त्रीकाे कार्य सम्पादन सम्झाैता – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

सुरक्षा प्रमुखसँग गृहमन्त्रीकाे कार्य सम्पादन सम्झाैता

नयाँ विकल्प

काठमाडाैं-गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालय मातहतका सुरक्षा प्रमुख तथा विभागीय प्रमुख संग आर्थिक बर्ष २०७७/७८काे कार्यसम्पादन सम्झौता गरेका छन । गृहमन्त्रालयमा आयाेजित एक कार्यक्रममा गृहमन्त्री थापाले , नेपाल प्रहरीका महानिरिक्षा शैलेस थापा क्षेत्री ,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल संग कार्य सम्पादन सम्झाैता गरेका छन ।

त्यस्तै उक्त कार्यसम्पादन सम्झाैता कार्यक्रममा आज गृहमन्त्रालयमा गृहसचिव महेश्वर न्याैपाने तथा गृहमन्त्रालय मातहतका सुरक्षा तथा विभागीय प्रमुखले सम्झाैता पत्रमा हस्ताक्षर गरेका छन ।

कार्यसम्पादन सम्झाैता गर्नेमा राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख, मन्त्रालयका महाशाखा प्रमुख, विभागिय प्रमुख तथा प्रमुख जिल्ला अधिकारीहरू रहेकाे गृहमन्त्रालयले जनाएकाे छ ।

उक्त कार्यक्रममा बाेल्दै गृहमन्त्री रामबहादुर थापाले देशकाे स्थाइ सरकारकाे रूपमा रहेका सुरक्षा प्रमुख तथा विभागीय प्रमुख संग कार्य सम्झाैतागर्न पाउँदा गाैरवान्भित रहकाे बताए ।

गृहमन्त्री थापाले कार्यसम्पादन सम्झाैतमा हस्ताक्षर गरेर देश र जनात प्रति पुर्ण निष्ठावान भएकाे प्रति शुभकामना दिएका छन ।

थापाले देख विकासकालागि स्थायी सरकार महत्वपुर्ण रहेकाे भन्दै मुलुक समृद्दिकाे अाधार नै ब्युराेक्रसी रहेका बताए । थापाले रक्षम कमर्चारीबाटै देश विकास हुने विश्वास ब्यक्त गदै राष्टकाे अखण्डताकाे सुरक्षामा सुरक्षाा निकायकाे महत्वपर्ण भुमिका रहेकाे बताए ।

मुलुकाे बिकासकाे लागि याेग्यताकाे आधारमा नतिजा उन्मुख प्रणाली र विधि अवलम्वन नगरी समृद्द नेपाल सुखि नेपालीकाे नारा साकार हुन नसक्ने बताए । विगतका वर्षमा भएकाे कार्य सम्पादन सम्झाैता परिणाममुखि रहेकाे र सत प्रतिसत परिणाम दिनेतर्फ दृढ संकल्प हुनुपर्ने बताए ।

विवेक भएर गरिएका काम सफल हुने भन्दै , गृहमन्त्री थापाले यान्त्रीक र अमुर्त कार्य याेजना परिणाम मुखि नहुने बताए ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादन समिति बैठक : उद्धारमा ढिलाइ भएको भन्दै बाढी क्षेत्रका जनप्रतिनिधिहरूको आक्रोश
कांग्रेस कार्यसम्पादन समिति बैठक : उद्धारमा ढिलाइ भएको भन्दै बाढी क्षेत्रका जनप्रतिनिधिहरूको आक्रोश
  • २०७७ श्रावण १६, १४: १४

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । बैठकको प्रारम्भमै देशका...

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
  • २०७७ श्रावण १६, १४: १४

काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
  • २०७७ श्रावण १६, १४: १४

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...