
नया विकल्प,
काठमाडौं । सरकारले विभिन्न छ देशको दुतावासमा सैनिक सहचारी र संयुक्त राष्ट्रसंघको स्थायी नियोगमा एक जना महासेनानी (फूल कर्नेल) लाई नियुक्त गरेको छ ।
मन्त्रीपरिषद्को हालैको बैठकले महासेनानी भुवनपूर्ण सत्याललाई नेपाली राजदुतावा वासिङ्गटन डीसी, अमेरिकामा, मोहन क्षेत्रीलाई नेपाली राजदुतावास, बेईजिङ्ग, चीनमा र रोशन शम्शेर जबरालाई नेपाली राजदूतावास, ढाका, बंगलादेशको सैनिक सहचारीमा नियुक्त गरेको छ ।
त्यसतै, महासेनानीहरु रत्नबहादुर गोदारलाई नेपाली राजदूतावास, लण्डन, बेलायतमा, रामचन्द्र खत्रीलाई नेपाली राजदूतावास, नयाँदिल्ली, भारतमा, अमृतकाजी गुरुङ्गलाई नेपाली राजदूतावास, इस्लामावाद, पाकिस्तानको सैनिक सहचारीमा नियुक्त गरिएको छ ।
त्यस्तै, महासेनानी जगदीश खड्कालाई संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, न्यूयोर्क अमेरिकाको सैनिक सल्लाहकारमा नियुक्त गरिएको सैनिक जंगा अड्डा स्रोतले जनाएको छ । सरकारले हालसम्म छ वटा देशकाे दूतावासमा मात्र सैनिक सहचारी राख्ने गरेकाे छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...