‘बुलाकी’ले पायो सर्वोत्कृष्ट चलचित्र अवार्ड – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

‘बुलाकी’ले पायो सर्वोत्कृष्ट चलचित्र अवार्ड

काठमाडौं : चलचित्र ‘बुलाकी’ ले सर्वोत्कृष्ट चलचित्रको राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । लक्ष्मण सुनार निर्देशित चलचित्र ‘बुलाकी’ ले सर्वोत्कृष्ट चलचित्रको राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । २०८० सालमा रिलिज भएका चलचित्रमध्ये बुलाकी सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको हो ।

यस्तै सर्वश्रेष्ठ निर्देशकको अवार्ड निश्चल बस्नेतलाई फिल्म ‘दिमाग खराब’का लागि प्रदान गरिएको छ । ‘प्रसाद २’ बाट विपिन कार्कीले सर्वश्रेष्ठ अभिनेता र ‘दिमाग खराब’बाट स्वस्तिमा खड्काले सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छन् ।

स्वस्तिमाले अर्को चलचित्र ‘टुल्की’ बाट निर्णायक समिति प्रोत्साहन पुरस्कार पनि प्राप्त गरिन् । शीतल निवासमा बुधबार आयोजित एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न विधामा उत्कृष्ट चलचित्र तथा कलाकारहरुलाई अवार्ड प्रदान गरेका थिए ।

पुरस्कृत हुनेहरू

सर्वोत्कृष्ट निर्देशक : निश्चल बस्नेत (दिमाग खराब)
उत्कृष्ट अभिनेता : विपिन कार्की (प्रसाद २)
उत्कृष्ट अभिनेत्री : स्वस्तिमा खड्का (दिमाग खराब)
निर्णायक समिति प्रोत्साहन पुरस्कार : स्वस्तिमा खड्का (टुल्की)
उत्कृष्ट सम्पादकः मित्र डी गुरुङ (महाजात्रा)
उत्कृष्ट छायाकारः शिव ढकाल (बुलाकी)
उत्कृष्ट लेखनः राजबहादुर साने (बुलाकी)
उत्कृष्ट आदिवासी मातृभाषी चलचित्रः लोजिमा (लिम्बू भाषा)
व्यावसायिक चलचित्रः जारी (वि.सं. २०८०)

विशेष योगदान सम्मान

तैयव शाह : कलाकार
कृष्णप्रसाद रायमाझी : प्रदर्शक
नारायण प्रधान : द्वन्द्व निर्देशक
विद्या कार्की : कलाकार
नरेन्द्र महर्जन : प्रदर्शक
नन्दकिशोर प्रसाद श्रीवास्तव : कलाकार÷निर्माता
भोजबहादुर गुरुङ : निर्देशक रनिर्माता
अमुल कार्की ढली : संगीत संयोजक
ध्रुबकुमार श्रेष्ठ : प्रदर्शक
बुद्धि तामांग : कलाकार
सबिता गुरुङ : कलाकार
विशेष चलचित्र पुरस्कार : सतीदेवी, सुगुप (लिम्बु भाषा), मार्कली (गुरुङ भाषा)
चलचित्र दीर्घ साधना सम्मान : चैत्यदेवी सिंह (नेपालको पहिलो चलचित्र ‘आमा’ की अभिनेत्री)

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०८१ मंसिर १२, १९: १३

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०८१ मंसिर १२, १९: १३

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०८१ मंसिर १२, १९: १३

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...