गुल्मीमा पहिरोमा पुरिएर एकैघरका चार जनाको मृत्यु – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

गुल्मीमा पहिरोमा पुरिएर एकैघरका चार जनाको मृत्यु

फाइल फाेटाे

नयाँ विकल्प ,

काठमाडाैं

शुक्रबारकाे अविरल बर्षाका कारण पहिराे जाँदा पुरिएर गुल्मीमा एकैघरका चार जनाको मृत्यु भएको छ।

गुल्मीको रुरू गाउँपालिका वडा-५ आँटिपाटामा गएकाे पहिरोले घर पुर्दा आमासहित तीन जना बालबालिकाको मृत्यु भएको हो।

घरमाथिबाट झरेको पहिरोसहितको ठूलो ढुङ्गाले घर पुर्दा घरभित्र रहेकी बिना माझी, उनका दुई छोरी र एक छोराको मृत्यु भएको हो।

शुक्रबार राति आठ बजेतिर ढुङ्गा झरेर घरलाई च्यापेपछि चारै जनाको घटनास्थलमै मृत्यु भएको हाे । मृतक बिनाका श्रीमान रोजगारीको लागि भारतमा छन्। शवलाई पहिरोबाट उद्धार गरी स्थानीय विद्यालयमा राखिएको छ।

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • २०७७ श्रावण १७, १४: १२

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७७ श्रावण १७, १४: १२

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
  • २०७७ श्रावण १७, १४: १२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...