‘इनफ इज इनफ’का अभियन्तासँग देउवा र सिटौलाले भने ‘सरकारले सहमति तत्काल पालना गर्नुपर्छ’ – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

‘इनफ इज इनफ’का अभियन्तासँग देउवा र सिटौलाले भने ‘सरकारले सहमति तत्काल पालना गर्नुपर्छ’

काठमाडौं । सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टाइनको अवस्था सुधार गर्नुपर्ने लगायतका माग सरकारले पुरा गर्न सहमति गरेपनि कार्यान्वयन नभएको भन्दै अनसनमा बसेका इनफ इज इनफका अभियन्तालाई शनिबार भेटेर कांग्रेस नेताहरुले उनीहरुको मागप्रति समर्थन जनाएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र अर्का नेता कृष्णप्रसाद सिटौलाले शनिबार इनफ इज इनफका अभियन्ताको अनसनप्रति ऐक्यवद्धता जनाउन शनिबार बसन्तपुर पुगेका थिए । सभापति देउवाले सरकारले अभियन्तासँग २३ असारमा गरेको लिखित प्रतिकद्धता कार्यान्वयन गर्नु पर्ने बताए ।

अनसनमा बसेका युवा भेटेपछि कांग्रेस सभापति देउवाले सरकारलाई तत्काल माग सम्बोधन गर्न आफ्नो प्रतिनिधि पठाएर उनीहरू माग पूरा गर्नु पर्ने बर्ता । ‘हाम्रो पार्टीको यो मागप्रति ऐक्यबद्धता छ । उहाँहरूको मागलाई समर्थन छ । मान्छेलाई मर्न दिनुहुन्न’, संचारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै सभपाति देउवाले भने ।

सरकारले गरेको सहमति कार्यान्वयनको माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा रहेका युवालाई सरकाले धरपकड गरेको भनदै देउवाले भत्सर्ना गरेका छन् ।

शनिवार नै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले विगत १५ दिनदेखि अनसनमा बसेका युवाहरुलाई भेटेर उनीहरुले उठाउँदै आएका मागहरू देश जनताको हितमा रहेकाले सरकारले आफ्ना प्रतिनिधि पठाएर उनीहरूको माग पुरा गर्नु पर्ने बताए ।

दुई दिनअघि मात्र कांग्रेस नेता प्रकाशमान सिंहले अनशनमा बसेका युवाहरुको मागलाई समर्थन जनाउँदै बसन्तपुरमा २ घण्टा अनसन बसेका थिए ।

कोरोनाविरुद्धको लडाइँमा भएको खर्चसम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई १ हप्ताभित्र लेखेर पठाउने गरी सरकारसँग इनफ इज इनफका अभियन्ताले सहमति गरेका थिए ।

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ श्रावण १७, २२: २८

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ श्रावण १७, २२: २८

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ श्रावण १७, २२: २८

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...