प्रचण्डले झलनाथलाई लिएर किन पुगे बालुवाटार ? – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper
नेकपा विवाद

प्रचण्डले झलनाथलाई लिएर किन पुगे बालुवाटार ?


नयाँ विकल्प,


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटन अर्का अध्यक्ष प्रचण्ड र झलनाथ खनाल तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ बालुवाटार पुगेका छन ।


गत मंगलबार अध्यक्ष ओलीको सहमती विना प्रचण्ड सहित असन्तुष्ट पक्षले स्थाई कमिटिको बैठक बोलाएपछि उत्पन्न जटिलताका विच झलनाथलाई लिएर आइतबार प्रचण्ड बालुवाटार पुगेका हुन ।


प्रधानमन्त्रीको प्रेस् सल्लाहकार सुर्य थापाका अनुसार शिर्ष चार नेता विच प्रधानन्त्री निवास बालुवाटारमा छलफल भैरहेको बताए । नयाँ विकल्पसंग कुरा गदैं थापाले भने “ नेकपाका दुई अध्यक्ष तथा वरिष्ठ नेता झलनाथ खनाल, र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ विच छलफल भैरहेको छ ।”


वालुवाटारमा भएको उक्त भेटमा पछिल्लो समय नेकपा भित्रको विवाद र चालु स्थायी कमिटिको बैठक सुचारुगर्ने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।


गत मंगलबारका अध्यक्ष ओलीको सहमति विना अध्यक्ष प्रचण्ड समुहले स्थायी कमिटिको बैठक बोलाउने प्रयास गरेको थियो । नेकपा बैठक दुई अध्यक्षको सहमतिमा मात्र बोलाउने पूर्वसहमती विपरित प्रचण्ड समुहले एकलौटि रुपमा बैठक बोलाउने प्रयास गर्नु र प्रधानमन्त्री ओली विरुद्धमा वक्तब्य जारी गरेपछि प्रचण्डसंग ओली थप चिडिएका छन् ।

नेकपा स्रोतका अनुसार प्रचण्ड पक्षका भनिएका नेकपाका प्रभावशाली नेता बामदेव ओलीको पक्षमा उभिएका छन । वामदेव गौतमले साथ छाडेपछि प्रचण्ड नेकपा सचिवालय, स्थायी कमिटी तथा केन्द्रिय कमिटिमा समेत अल्पमातमा पर्ने थालेका छन् ।


नेकपा एकिकरण हुनु पहिलेदेखि पुर्व माओवादीसंग नजिक रहेका झलनाथ खनाल प्रचण्डका पनि विश्वास पात्र हुन् । उनै दुई अध्यक्ष विच संवादहिनताको अवस्था भैरहेका बेला खनालको साथमा प्रचण्ड संवादहिनतालाई अन्त्य गर्न बालुवाटार पुगेको बताइएको छ ।

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७७ श्रावण १८, १२: ०६

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७७ श्रावण १८, १२: ०६

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ श्रावण १८, १२: ०६

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...