
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको रोकथामका लागि प्रभावकारी कदम चाल्न माग गर्दै अनसनमा बसेका इनफ इज इनफ अभियानका अभियान्तासँग भेटेपछि केपी ओली नेतृत्वको सरकारलाई ‘अटेरी’ को संज्ञा दिएका छन् ।
काठमाडौको बसन्तपुरमा १६ दिनदेखि अनसन बसीरहेका इनफ इज इनफका अभियन्ता ‘ई’ सँग भेट गरेपछि पौडेलले मुलुकमा देखिएका सम्पुर्ण समस्याको जड भ्रष्टाचार भएको समेत जनाए ।
नेता पौडेलले नेकपा नेतृत्वको सरकारले जनताको स्वास्थ्यसँग खेलवाड गरेकोले सरकारको हेलचेक्राईविरुद्ध अभियानमा जुटेका युवाहरुको अभियानमा आफु र आफ्नो पार्टीको साथ रहेको बताए ।
पीसीआरको दायरा बढाउन र क्वारेन्टिन व्यवस्थित गर्न माग गर्दै अभियन्ताहरु अनसन बस्नु दुर्भाग्यपूर्ण भएको जनउँदै पौडेलले भने –‘जनताको स्वास्थ्यसंग जोडिएको सामान्य विषयमा अनसन बस्दा पनि नसुन्ने भनेको सरकार साच्चै नै अटेरी सरकार हो ।’
पीसीआरको दायरा बढाउन र क्वारेन्टाइन व्यवस्थित गर्न समेत नसक्ने यो सरकार नै दुर्भाग्यपूर्ण रहेको भन्दै उनले अनशनकारीको माग सम्बोधनका लागि राज्यले ध्यान नदिएको र १६–१६ दिनसम्म अनशन बस्दा पनि माग सम्बोधन नगर्नु सरकारको चरम लापरवाही भएको बताए ।
अभियन्ता ‘ई’ विगत १६ दिनदेखि दोस्रो पटक सत्याग्रहमा बसेका छन् । यसअघि उनी पहिलो पटक ललितपुरको पटनस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बसेका थिए । उनी पानी समेत नपिइ अनसन बसेका छन् ।
काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका...
काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा कानुन, न्याय तथा संसदीय...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...