नेकपा शिर्ष नेताहरूकाे छलफल मंगलबार पुनः बस्ने गरि सकियाे – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper
नेकपा विवाद

नेकपा शिर्ष नेताहरूकाे छलफल मंगलबार पुनः बस्ने गरि सकियाे


नयाँ विकल्प


काठमाडौं– नेकपाभित्र देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकिएको छ । आजको बैठकमा पनि कुनै निश्कर्ष भने निस्किएन । छलफल फेरी भोलि मंगलबार साँझ ५ बजे बस्ने गरि सकिएकाे छ ।

सोमबार बिहान ९ बजेपछि सुरु भएको छलफलमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए ।

हिजो आइतबार बालुवाटारमा बसेकाे बैठकमा पनि यी शिर्ष नेताहरु वीच झन्डै तीन घन्टा बालुवाटारमा कुराकानी भएको थियो ।

हिजोको छलफलमा पनि विवाद समाधानकालागि कुनै निश्कर्ष निस्कन नसकेपछ आज पुनः छलफल गर्ने गरि छलफल सकिएकाे थियाे ।
आइतबारको बैठकका बारे आफु निकट नेताहरुलाइ प्रचण्डले सकारात्मक नभएको जानकारी गराएका थिए ।

वालुवाटारमा भएको उक्त भेटमा पछिल्लो समय नेकपा भित्रको विवाद र चालु स्थायी कमिटिको बैठक सुचारुगर्ने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

गत मंगलबार अध्यक्ष ओलीको सहमति विना अध्यक्ष प्रचण्ड समुहले स्थायी कमिटिको बैठक बोलाउने प्रयास गरेको थियो ।

नेकपा बैठक दुई अध्यक्षको सहमतिमा मात्र बोलाउने पूर्वसहमती विपरित प्रचण्ड समुहले एकलौटी रुपमा बैठक बोलाउने प्रयास गर्नु र प्रधानमन्त्री ओलीविरुद्ध वक्तब्य जारी गरेपछि प्रचण्डसँग ओली थप चिडिएका छन् ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : नागार्जुनको तेस्रो नगर अधिवेशन सुरु
कांग्रेसको १५औं महाधिवेशन : नागार्जुनको तेस्रो नगर अधिवेशन सुरु
  • २०७७ श्रावण १९, ११: ५५

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि आज देशभर पालिका तहको अधिवेशन हुँदैछ। यसैक्रममा काठमाडौंको...

नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
  • २०७७ श्रावण १९, ११: ५५

काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली...

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता
  • २०७७ श्रावण १९, ११: ५५

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल–अमेरिका...