नेकपा विवादः साथ छाडदै प्रचण्डका सारथीहरु ! – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

नेकपा विवादः साथ छाडदै प्रचण्डका सारथीहरु !

काठमाडौं । शक्ति सन्तुलनको लागि संघर्षमा फसेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवादले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विस्तारै एक्लिदै गएका छन ।

पार्टी एकिकरणमा महत्वपुर्ण भुमिका खेलेका कतिपय प्रचण्डका विश्वासपात्र उनको साथ छाडने क्रमसंगै प्रचण्डको राजनितिक भविस्य कतातिर जाना भन्ने कौतुहलता समेत राजनितिक वृत्तमा देखिएको छ ।

अध्यक्ष प्रचण्डका विश्वासपात्र तथा सचिवालय सदस्य तथा पार्टीका महासचिव विष्णु पौंडेल र उपाध्यक्ष बामदेव गौतमले औपचारीक रुपमा प्रचण्डको साथ छाडेका छन् । गृहमन्त्री रामबहादुर थापा पनि मौन रुपमा केपी ओलीको सर्मथनमा रहेको बताइन्छ ।

त्यस्तै वरिष्ठ नेता माधव कुमार नेपाल स्थायी समिति सदस्य लेखराज भट्ट, टोपबहादुर रायमाझि लगायत पुर्व माओवादी तर्फका नेताहरु समेत प्रचण्डबाट टाढिएका छन् ।

प्रचण्डको साहारा अव झलनाथ खनाल, तथा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठमात्र रहेको नेकपा भित्र चर्चा चलेको छ ।

गत मंगलबारका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सहमति विना प्रचण्ड समुहले स्थायी कमिटिको बैठक बोलाउने प्रयास गरेपछि नेकपा भित्रको कित्ता काट नै हुने गरि समिकरण समेत परिवर्तन भएको छ।

नेकपा बैठक दुई अध्यक्षको सहमतिमा मात्र बोलाउने पूर्व सहमती विपरित प्रचण्ड समुहले एकलौटि रुपमा बैठक बोलाउने प्रयास गर्नु र प्रधानमन्त्री ओली विरुद्धमा वक्तब्य जारी गरेपछि प्रचण्ड संग ओली थप चिडिएका छन् ।

यो घटना पछि ओली र प्रचण्ड विच संवादहिनताको अन्त्यकालागि पुर्व प्रधानमन्त्री झलनाथ खनालले आइतबार दुई अध्यक्ष विच छलफल गराउने प्रयास गरेपनि तिन घन्टाको छलफल विना निष्कर्ष पनि टुङिगीएको छ ।

नेकपा भित्रको विवाद समाधान र चालु स्थायी कमिटिको बैठक सुचारुगर्ने विषयमा अन्योलता थपिएको छ ।

ओली–बामदेव विचको सहमती
नेकपा भित्रका दुई प्रभावशाली नेताहरु ओली र गौतकको सम्बन्ध लामो समयदेखि तनावपूर्ण थियो । प्रचण्ड नजिकका मानिने वामदेव पछिल्लो समय ओलीसंग नजिकिएका मात्र छैनन् ।

ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हठाउन कम्मर कसेर लागेका उनै बामदेव यतिबेला ओलीलाई विना रोक तोक पाँच बर्ष प्रधानमन्त्री चलाउन दिने र पार्टीको महाधिवेशन सम्म अध्यक्षको जिम्मेवारी यथावत राख्नुपर्ने भन्दै ६ बुदे नेकपा विवाद समाधान सुत्र नै अगाडि सारेका छन् ।

९औ महाधिवेशनमा ओलीलाई चुनाव जिताउन महत्वपुर्ण भुमिका खेलेका बामदेव गौतमलाइ केपी ओलीले प्रधानमन्त्री बनाउने आश्वासन दिएका थिए ।

२०७४ को आम निर्वाचनमा बर्दीया क्षेत्र नम्बर १ बाट गौतमले चुनाव हारेपछि प्रधानमन्त्रीको यात्रामा ब्रेक लाग्यो । चुनाव हारेका गौतम उप–निर्वाचनबाट संसद छिर्ने योजना पनि सफल हुन सकेन ।

ओलीबाट पटक पटकको उधारो आश्वासनमा फसेका र धोखा खाने गरेका गौतम पुन ओलीसंग नजिकिएका छन् । ओलीले आगामी १०औं महाधिवेशनको अध्यक्षलागि ओलीलाई सहयोग गर्ने र बामदेवले स्वर्गिय मदन भण्डारीले प्रतिपादन गरेको जनाताको बहुदलिय जनवाद अनुरुप पार्टीलाई अगाडि बढाउने समती समेत भएको छ ।

माधव–प्रचण्डको वढ्दो दुरी
नेकपा बरिष्ठ नेता र अर्का अध्यक्ष प्रचण्ड विचको दुरी पनि विस्तारै बढदै गएको छ । प्रचण्डसंग मिलेर ओली सरकार ढलाउने र भावी प्रधानमन्त्री बन्ने प्रचण्डको आश्वाशनमा नेपाल विश्वस्वत हुन सकेका छैनन् ।

आफुलाई प्रचण्डले प्रधानमन्त्रीको प्रलोभनमा पारेर सत्ता हत्याउन अग्रसर बनेको नेपाल समुहका शंका छ । यहि शंकाका विच ओलीको राजिनामाको एकल एजेन्डा बनाएका नेपालले पछिल्ले समय बोली फेरेका छन् ।

नेपालले आफु सत्ता परिवर्तनको खेलमा नभई पार्टीमा विधि बसाल्न संघर्ष गरेको भन्दै ओलीप्रति नरम बन्न थालेका छन् ।

सत्ता परिवर्तनको खेलमा लाग्दा पार्टी भित्रबाटै आलोचित बनेपछि र ओलीले नेपाल समुहका राजनितिक भागवण्डा अनुसार अगाढि बढ्ने सहमती पछि नेपाल ओलीको राजिनामाको एजेण्डा छाडेर विस्तारै उनैलाई निरंतरता दिने पक्षमा देखिएका छन् ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ श्रावण २०, १३: ३२

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ श्रावण २०, १३: ३२

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ श्रावण २०, १३: ३२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...