सातै प्रदेशमा एक-एक लाख पिसिआर परिक्षण गर्न र खरिदमा भएको भ्रष्टाचार छानविन गर्न देउवाकाे माग – Naya Bikalpa
September 20, 2026, Sunday      Epaper
काेराेना (काेभिड-१९) संक्रमण

सातै प्रदेशमा एक-एक लाख पिसिआर परिक्षण गर्न र खरिदमा भएको भ्रष्टाचार छानविन गर्न देउवाकाे माग


नया विकल्प,
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रत्येक प्रदेशमा एक लाखका दरले तत्काल पिसिआर प्रविधिबाट कोभिड –१९ को परिक्षण गर्न धानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीले बोलाएपछि मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नु भएको कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री देउवाले आरडीटी विधिबाट कोरोना परिक्षण तत्काल बन्द गर्दै स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको ढाकछोप नगरी छानबिन र कारवाही गर्न आग्रह समेत गरेका हुन् ।

कोरोना नियन्त्रणको लागि सरकारले गरेको प्रयास एकदमै फितलो भएका कारण हालसम्मका कमजोरी र प्रगतिको गहिरो समिक्षा गर्न माग गरे । कांग्रेसको तर्फबाट सात बुँदै सुझाव दिँदै देउवाले स्वास्थ्य सामग्रीको पर्याप्त प्रबन्ध गरी अत्यावश्यक औषधि रेमडिसिभरको आयात गर्न देउवाले माग गरेका छन् ।

ओलीसँगको भेटमा देउवाले आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध गर्न, मापदण्ड अनुरुप क्वारेन्टाइनहरुको तत्काल ब्यवस्था गर्न, विदेशमा अप्ठ्याराे परेका नेपालीको निःशुल्क उद्वार गरी क्वारेन्टाइन र परिक्षण पश्चात घर पुर्याउने ब्यवस्था गर्न माग गरे ।

‘नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सिमा नाका सिल गर्न, मास्क लगाउने अनिवार्यता संगै चेतनामूलक अभियानमा चलाउन, परिस्थिति अनुरुपका रणनीति निर्माण गर्न बिज्ञहरुसंग परामर्श गरी कार्यान्वयन गर्नु पर्छ’, देउवाले ७ वुँदे मागमा भनेका छन् ।

उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति बनाउन, र विभिन्न जायज माग राखेर आमरण अनशनमा बसेका युवाहरूको माग सम्बोधन गरी जीवन रक्षा गर्न र बर्ग, क्षेत्र तथा परिस्थिति हेरि राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन पार्टीको तर्फबाट उनले माग गरे ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
  • २०७७ श्रावण २०, १५: ०७

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर सञ्चालन भइरहेको वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको छ ।...

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
  • २०७७ श्रावण २०, १५: ०७

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । खनाल...

एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
  • २०७७ श्रावण २०, १५: ०७

काठमाडौं : नेकपा एमालेभित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको एकीकृत प्रतिवेदन ल्याउन नेताहरूबीच सहमतिको प्रयास जारी...