नेकपा विवाद: आजकाे बैठक पनि निष्कर्ष विहिन – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

नेकपा विवाद: आजकाे बैठक पनि निष्कर्ष विहिन

नयाँ विकल्प ,

काठमाडाैं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचकाे छलफल आज पनि निष्कर्षविना सकिएकाे छ ।

साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल झलनाथ खनाल तथा नेकपा संसदिय दलका नेता सुवास नेम्वाङ समेत सहभागी रहेका थिए ।

ओली सचिवालय बैठकमै पार्टीको विवादबारे छलफल गर्नुपर्ने अडाउनमा रहेका छन भने असन्तुष्ट पक्षका प्रचण्ड लगायतले स्थायी समितिमा विवाद समाधान गर्नुपर्ने पक्षमा छन् ।

हिजोको छलफलमा पनि विवाद समाधानकालागि कुनै निश्कर्ष निस्कन नसकेपछ आज पुनः छलफल गर्ने सहमति भएकाे थियाे ।
वालुवाटारमा भएको उक्त भेटमा पछिल्लो समय नेकपा भित्रको विवाद र चालु स्थायी कमिटिको बैठक सुचारुगर्ने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

गत मंगलबार अध्यक्ष ओलीको सहमति विना अध्यक्ष प्रचण्ड समुहले स्थायी कमिटिको बैठक बोलाउने प्रयास गरेको थियो ।

नेकपा बैठक दुई अध्यक्षको सहमतिमा मात्र बोलाउने पूर्वसहमती विपरित प्रचण्ड समुहले एकलौटी रुपमा बैठक बोलाउने प्रयास गर्नु र प्रधानमन्त्री ओलीविरुद्ध वक्तब्य जारी गरेपछि प्रचण्डसँग ओली थप चिडिएका छन् ।

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७७ श्रावण २०, २०: ५३

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७७ श्रावण २०, २०: ५३

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ श्रावण २०, २०: ५३

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...