लेवनानमा शक्तिशाली विस्फाेट ७८ जनाकाे मृत्यु, हजाराैं घाइते – Naya Bikalpa
June 25, 2026, Thursday      Epaper

लेवनानमा शक्तिशाली विस्फाेट ७८ जनाकाे मृत्यु, हजाराैं घाइते

एजेन्सी,

काठमाडाैं- विस्फोटक पदार्थ भण्डारणगरेर राखिएको एक गोदाममा विष्फोटमा परि लेबनानको राजधानी बेरूतमा ७८ जना मृत्यु भएकाे छ । साे विस्फाेटमा परि ४ हजार बढि मानिस घाइते भएको रोयटर्स समाचार संस्थाले जनाएको छ।

सो गोदाममा २७ सय ५० टन एमोनियम नाइट्रेट भण्डारण गरिएकाे र साे सवै विस्फाेट हुदा स्थित भयावह भएकाे अन्तराष्ट्रिय समाचार सस्थाहरूले जनाएका छन् ।

विगत ६ बर्षदेखि विना कुनै सावधानी तथा सुरक्षा विना राखिएकाे उक्त विस्फाेटमा मारिने मानिसकाे संख्या बढनसक्ने अधिकारीहरूले बताएकाे राेयटर्स ले जनाएकाे छ ।

लापरवाही पुर्ण रूपमा भण्डारण गरेर राखिएको बताउँदै लेबनानका राष्ट्रपति मिचेल अउनले साे घटना अक्षम्य रहेकाे भएको बताएका छन्।

घटनालाई लिएर लेवनान सरकारले बुधबार मन्त्रीपरिषदको आपतकालिन बैठक बाेलाएकाे छ । अत्यान्तै ठुलाे घटनापछि राष्ट्रपति मिचेल देशमा दुई साता आपतकालको घोषणा गर्नुपर्ने बताएका छन्।

त्यस्तै लेवनानका प्रधानमन्त्री हसन डायबले उक्त घटनामा गैरजिम्वार रहेकालाई कानुनी दायरमा ल्याइने बताएका छन्।

साे विस्फाेटकाे आवाज छिमेकी मुलुक साइप्रससम्म सुनिएको राेयटर्सले जनाएकाे छ ।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०७७ श्रावण २१, ०९: ५०

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०७७ श्रावण २१, ०९: ५०

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०७७ श्रावण २१, ०९: ५०

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...