
काठमाडौं : काठमाडौं जिल्ला अदालतले भोलिदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर टेक वन’को प्रदर्शन रोक्न अल्पकालीन आदेश दिएको छ ।
अर्को चलचित्र ‘एक्टर’का निर्माताहरूले नाम जुधाएको भन्दै ‘एक्टर टेक वन’को प्रदर्शन रोक्न माग गर्दै शुक्रबार अदालतमा रिट दायर गरेका थिए ।
नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिले दिएको रिटमा मंगलबार न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले प्रदर्शन राेक्ने अल्पकालीन आदेश दिएको हो । अदालतले माघ २२ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
चलचित्र भोलिबाट देशभरका हलहरुमा लगाउन निर्माण पक्षले सबै तयारी गरिसकेको थियो भने हिजो मात्रै प्रिमियर शो आयोजना गरिएको थियो ।
भोलि र पर्सी सार्वजनिक विदा भएकाले त्यसको फाइदा उठाउने आशा निर्माताहरुले लिएका थिए । तर अदालतको आदेशपछि फिल्मको प्रदर्शन नै रोकिँदा निर्माताहरुलाई घाटा हुने भएको छ ।
संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...