
नयाँ विकल्प,
काेराेना संक्रमण (काेभिड- १९ ) संक्रमण बढन थालेपछि देशका १४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।
संक्रमण बढि देखिएका प्रदेश-२ अन्तर्गत पर्सा, बारा र सर्लाहीमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा रहनेछ भने सप्तरीमा साउन २६ गतेसम्म निषेधाज्ञा गरिएको छ। सप्तरी, पर्सा, बारा, सर्लाही निषेधाज्ञा जारी गरिएको छ।
धनुषाको जनकपुर उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाका केही क्षेत्रमा २५ गतेसम्म निषेधाज्ञा गरिएको छ। महोत्तरीको सदरमुकाम आसपास (जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिका) क्षेत्रमा आज साँझसम्म निषेधाज्ञा छ।
सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ६, ७ र ८ मा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा गरिएको छ।
त्यस्तै माेरङकाे बिराटनगर महानगरपालिकामा ३० गतेसम्मका लागि निषेधाज्ञा जारि गरिएकाे छ ।नुवाकोटको पूर्वमा बोहोरेभन्ज्याङ, पश्चिममा नयाँ चौतारा, उत्तरमा बागेश्वरी भन्ज्याङ र दक्षिणमा पोखरी डाँडा हिलेटोलसम्म निषेधाज्ञा गरिएको छ।
झापाको बिर्तामोड नगरपालिकामा अर्को आदेश नभएसम्मका लागि र अर्जुनधारा नगरपालिकामा भोलिसम्मका लागि निषेधाज्ञा गरिएको छ।
स्याङ्जामा जिल्लाभर २३ गतेसम्म बाँकेमा २४ बझाङको थलारा गाउँपालिका वडा नं. ५, र केदारस्युँ गाउँपालिका वडा नं. ६, ७ मा ३२ गतेसम्मका लागि निषेधाज्ञा गरिएको छ। दार्चुलाको मार्मा गाउँपालिकामा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा गरिएको गृहमन्त्रालयले जनाएकाे छ ।
काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...
काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...
काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...