‘कर्मा’को पोस्टरमा विपीन – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

‘कर्मा’को पोस्टरमा विपीन

काठमाडौं : चलचित्र ‘कर्मा’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले चलचित्रका मुख्य कलाकारलाई फिचर्ड गर्दै दुई वटा पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा विपीन कार्की छन् । उनलाई ब्ल्याक जिन्स र फिट बडीमा देखाइएको छ । हातमा सर्ट गन बोकेका उनको लुक्सअनुसार उनी बदलाको भावमा छन् ।

गेटअप, ड्रेसअप, फेसियल लुक्स र हातमा रहेका सर्ट गनले उनी एक्सन भूमिकामा रहेको प्रष्ट देखिन्छ । कलरसँग खेलिएको पोस्टरले पनि एक्सनको संकेत गर्छ ।

पोस्टरमा रहेको स्लोगन ‘ह्वाट गोज अराउन्ड, कम्स अराउन्ड’ले पनि बदलाको मुडमा मुख्य पात्र रहेको पुष्टि गर्छ । स्लोगनले ‘कर्मा’ सिचुएसनल एक्सन भएको सामान्य अनुमान लगाउन सकिन्छ ।

यदि, निर्माणपक्षले गरेको दाबी र पोस्टरले गरेको संकेतअनुसार चलचित्र एक्सन जनराको हो भने यो जनरामा विपीन पहिलोपटक देखिनेछन् । यसले नै दर्शकमा रोमाञ्चकता थप्नेछ ।

‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशन गरिरहेका छन् ।

‘कर्मा’ चैत २९ गते रिलिज हुनेछ । यो चलचित्रमा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ ।

मुकुन यो चलचित्रमा नेगेटिभ क्यारेक्टरमा छन् । एक्सन ड्रामा जनरामा निर्माण भैरहेको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ । निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०८१ फाल्गुन १, १२: ०८

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०८१ फाल्गुन १, १२: ०८

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०८१ फाल्गुन १, १२: ०८

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...