विश्व हिन्दू महासंघकी उपाध्यक्ष साउदद्वारा स्वास्थ्य सामग्री सहयाेग – Naya Bikalpa
November 7, 2026, Saturday      Epaper

विश्व हिन्दू महासंघकी उपाध्यक्ष साउदद्वारा स्वास्थ्य सामग्री सहयाेग

नयाँ विकल्प

काठमाडाैं- विश्वहिन्दू महासंघकी वरिष्ठ उपाध्यक्ष तथा समाजसेवी ज्याेत्सना साउदले काेराेना संक्रमितकालागि स्वास्थ्य सामाग्री सहयाेग गरेकी छन् ।

कोरोना महामारीका कारण यतिवेला मुलुक आक्रान्त बनेको छ । कोरोना भाइरस संक्रमितहरुको संख्या दैनिक हजारौंको संख्यामा वृद्धि भइरहेकोले स्वास्थ्य प्रणालीले थेग्न नसक्ने स्थिति सिर्जना भएको छ ।

यस्तो अवस्थामा अस्पतालहरुमा बिरामीको चाप बढेको छ भने अक्सिजनको हाहाकार भइरहेको छ । अक्सिजन अभाव हुन थालेपछि अस्पतालहरुले बिरामी भर्ना लिन मानिरहेका छैनन् ।

कतिपय अस्पतालहरुले अक्सिजनको अभावमा बिरामीको मृत्यु भए अस्पताल जिम्मेवारी छैन भन्दै बिरामीका आफन्तहरुलाई मञ्‍जुरीनामा गराइरहेका छन् ।

सुदूरपश्चिममा पनि अक्सिजन अभावका कारण कयौंले ज्यान गुमाउनु परेको खबरले मर्माहत भएकी रुडुक नेपालकी केन्द्रीय महासचिव तथा नेपाल हिन्दू महासंघकी वरिष्ठ उपाध्यक्ष ज्योत्सना साउदले सुदूरपश्चिममा चार थान अक्सिजन कन्सनट्रेटरसहितका स्वास्थ्य सामग्री सहयोग गरेकी छन् ।

महासचिव साउदले गृहजिल्ला कञ्चनपुरका लागि तीन थान अक्सिजन कन्सनट्रेटर, १५ थान अक्सिमिटर, स्यानीटाइजर र मास्क सहयोग गरेकी छन् । त्यसैगरि एक थान अक्सिजन कन्सनट्रेटर र पाँच थान अक्सिमिटर नेपाल पत्रकार महासंघ सुदूरपश्चिम शाखालाई सहयोग गरेकी छन् ।

यस्तो महामारीको समयमा थोरै भए पनि राहत होस् भनेर उक्त सहयोग गरेकी महासचिव साउदले बताएकी छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूवमन्त्री एनपी साउदपत्नी ज्योत्सनाले भनिन्, “यस्तो महामारीका समयमा कोरोनाका बिरामीहरुलाई थोरै भए पनि राहत होस् भनेर यो सहयोग गरिएको हो ।

अलि बढी नै पाइन्छ कि भनेर हामीले प्रयास गर्यौ तर, बजारमा सामान नै नपाइएका कारण अहिलेलाई यति नै पठाएका हौं । हामीले सुदूरपश्चिमका सबै जिल्लामा पुग्ने गरि सहयोग गर्नतर्फ प्रयास गरिरहेका छौं ।”

देशविदेशबाट धेरैले सहयोग गर्ने प्रतिबद्धा जनाएको भए पनि बजारमा सामाना अभावका कारण उपलब्ध गराउन नसकिएकोसमेत उनले जानकारी दिएकी छन् ।

साउदले कोरोना महामारीको पहिलो लहरका क्रममा पनि सुदूरपश्चिमका विभिन्न जिल्लामा राहत सहयोग उपलब्ध गराएकी थिइन् । अक्सिजन कन्सनट्रेटर र अक्सिमिटर : अक्सिजन कन्सन्ट्रेटर हावामा भएको अक्सिजनलाई एकीकृत गर्ने एउटा विद्युतीय उपकरण हो ।

हावामा नाइट्रोजनको मात्रा बढी हुन्छ । करिब ७८ प्रतिशत नाइट्रोजन,२१ प्रतिशत अक्सिजन र अन्य एक प्रतिशत ग्यासहरु हावामा हुन्छन् ।

कन्सन्ट्रेटरले हावालाई फिल्टर गरेर शुद्ध अक्सिजन निकाल्ने काम गर्छ । त्यसैगरि अक्सिमिटरले शरीरको चाल विश्लेषण गरेर यो अक्सिजनको मात्रा देखाउँछ ।

सामान्यतः मानिसमा अक्सिजनको स्याचुरेसन लेभल ९४ प्रतिशत हुन्छ । यो डिभाइसको प्रयोगले शरीरमा अक्सिजनको मात्रा कति छ भन्ने थाहा हुन्छ र अक्सिजन कन्सन्ट्रेटर प्रयोग गरेर अक्सिजन लिने वा नलिने भन्ने पनि निर्णय लिन सकिन्छ ।

कहिलेकाहीँ अवस्था गम्भीर हुँदा पनि यसले अक्सिजनको मात्रा थाहा पाउन मद्दत पुग्छ ।

सम्बन्धित समाचार

डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनशन
डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनशन
  • २०७८ जेष्ठ २, १०: २७

काठमाडौं : सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै शनिबार राति डा. केसीले आफ्नो...

प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय
प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय
  • २०७८ जेष्ठ २, १०: २७

काठमाडौं : नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र आफ्ना माग पूरा गराउन छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने...

परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन टर्कीए जाँदै
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन टर्कीए जाँदै
  • २०७८ जेष्ठ २, १०: २७

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप-३१)मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...