बामदेवले राष्ट्रियसभामा जान्न भन्दा युवराजको अनुहार उज्यालो ! – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

बामदेवले राष्ट्रियसभामा जान्न भन्दा युवराजको अनुहार उज्यालो !

नयाँ विकल्प

काठमाडौं– नेकपा उपाध्यक्ष बामदेव गौतमले आफु राष्ट्रियसभाको सदस्य नहुने घोषणा गर्दा अर्थमन्त्री युवराज खतिवडाको अनुहार उज्यालो भएको छ।

गौतम राष्ट्रियसभामा जान्न भन्ने वित्तिकै अर्थमन्त्री युवराज खतिवडाको बाटो खुल्ने भएका कारण उनको अनुहारमा उज्यालो छाएको हो। शुरुमा सदस्य हुन ईच्छा गरेपनि पछिल्लो समयमा आएर उनले आफु अब ईच्छुक नरहेको अनाैपचारीक रुपमा बताउन थालेका छन् ।

युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधी यहि भदौ १९मा समाप्त हुँदैछ। कुनैपनि मन्त्री पदका लागि दुई सदनमध्ये एकको अनिवार्य सदस्य हुनुपर्ने संवैधानिक ब्यबस्था छ।

अहिले प्रधानमन्त्रीको शिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रिय सभाका १ सदस्य रिक्त छ। यदि खतिवडा राष्ट्रियसभामा मनोनित नभए अर्थमन्त्रीबाट समेत हात धुनुपर्ने हुन्छ। मन्त्रिपरिषद्मा खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीको मन जितेको बताईएको छ।

तर यस अघिनै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरीसकेको छ।

फागुन १४ मा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गौतमलाई राष्ट्रियसभामा लैजान सर्बसम्मत निर्णय निर्णय गरेको थियोे ।

बैठकले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने गौतमको शर्तलाई अस्विकार गर्दै यस्तो निर्णय गरेको थियो।

राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने माग गर्दै माघ ९ को राष्ट्रियसभा चुनावमा गौतमले उम्मेदवार बन्न अस्वीकार गरेका थिए ।

निर्णय भएको केही समय सम्म उनले आफु राष्ट्रियसभा सदस्य हुन तयार भएको बताएपनि हाल आएर आफु त्यसका लागि तयार नभएको बताएका छन् । उनले आफु निकटसंग राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान शंसोधन नभए सम्म त्यसलाई स्वीकार नगर्ने बताएका छन् ।

यसभन्दा अघि गौतमलाई बिभिन्न चुनाव क्षेत्रबाट सांसदलाई राजीनाम दिन लगाएर चुनाव लडाउने समेत प्रयास भएको थियो। बिभिन्न क्षेत्र हुँदै काठमाडौं ७ मा आएर यसमा पूर्ण विराम लागेको थियो।
गौतमले राष्ट्रियसभा सदस्य अस्वीकार गरेपछि अव अर्थमन्त्री युवराज खतिवडाको बाटो खुलेको छ।

प्रधानमन्त्रीबाट शिफारीस भएर उनी राष्ट्रिय सभा सदस्य भएको खण्डमा उनले ६बर्ष बिताउँने छन् । हुन त अर्थमन्त्रीमा बेला बेलामा सुरेन्द्र पाण्डे, विष्णुु पौडेलको नाम चर्चामा आएपनि प्रधानमन्त्रीको रुचीमा खतिवडानै भएको एक नेताले बताए।