
नयाँ विकल्प,
काठमाडाैं– आइतबार देशभर ८ सय १८ जना काेराेना संक्रमित थपिएका छन् । विगत २४ घण्टामा ८ हजार २६ जनाकाे पिसिआर परीक्षणकाे रिपाेर्ट अनुसार ८ सय १८ जना नयाँ काेराेना संक्रमित थपिएका हुन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा उपत्यकामा एक सय ६६ जना नयाँ काेराेना संक्रमित थपिएका छन् । याे संगै देशभर काेराेना संक्रमितकाे संख्या ३१ हजार ९ सय ३५ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा २ सय ८१ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् ।
हालसम्म १८ हजार ६३१ जना कोरोनाबाट निको भएका छन्। संक्रमितको कुल संख्यामा निको हुनेको संख्या ५८ प्रतिशत हो। मन्त्रालयका अनुसार हालसम्म ६ लाख ४ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ।
विगत २४ घण्टामा थप ३ जनामा मृतकमा कोरोना पुष्टि भएको छ। मृत्यु हुनेमा झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिला छन्। हालसम्म १ सय ४९ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा १३ हजार १ सय ५५ सक्रिय संक्रमित छन्।