
नयाँ विकल्प,
काठमाडौं । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा खाद्यान्न तथा तरकारी पसल बिहान सवा नौ बजेसम्म खोल्न पाइने भएको छ ।
यसअघि उपत्यकाका तीन जिल्लामा विहान ५ देखि ७ बजेमात्र खोल्न पाइने समय सीमा परिवर्तन गरी विहान ५ देखि सवा नौ बजेसम्म बढाईएको हो । उपत्यकावासीहरु तरकारी र खाद्यान्न किन्न भन्दै बेलुका निस्किने र विहान सात बजेपछि पनि सामान खरिद गर्न थालेपछि यस्तो निर्णय भएको हो ।
उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले आइतबार यस्तो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
संयुक्त बैठकले अत्यावश्यक वस्तु मध्ये खाद्यान्न, फलफूल, तरकारी, माछामासु लगायत खरिद विक्री गर्ने पसल बिहान मात्र खोल्न दिने निर्णय गरेको हो ।
औषधि, पानी र स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसल भने जुनसुकै समयमा निर्वाध रुपमा चलाउने अनुमति तिनै जिल्ला प्रशासन कार्यालयहरुले दिएका छन् ।