

नयाँ विकल्प
काठमाडौं– नेपाल विधुत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको चार वर्षे कार्यकाल आगामी भदौ २९गते सकिदैछ ।
कुलमानले अवकाश पाउनै लाग्दा आमनागरिकका एउटा संसय पैदा भएको छ – कतै भोलिका दिनमा दैनिक १८ घण्टा लोडसेडिङ हुने त होइन् !
२०७३ भदौ २९ गते कुलमान नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त हुदैंगर्दा काठमाडौं उपत्यका लगायत अधिकांस स्थानमा दैनिक ८ घन्टा बढि लोडसेडिङ भैरहेको थियो ।
जिम्मेवारी सम्हालेसंगै कुलमान सहितको टिमले उर्जा ब्यावस्थापनमा अहोरात्र खटिएर काम गर्यो । फलस्वरुव तीन महिनापछि लोडसेडिङ अन्त्य भयो । गर्यो भने के संभव छैन् भन्ने एक गतिलो उदाहरण लोडसेडिङ अन्त्य र स्वयं कुलमान धिसिङ हाम्रै अगाडि छन् ।
कुलमानको यो प्रयासले अध्यारो प्रायः जस्तै हाम्रो घर आँगन उज्यालो मात्र भएन । गरिवी, वेथिति भ्रष्टचारबाट आक्रान्त बनेका आम जनतामा उर्जा भरेको छ । घिसिङको कार्यकाल सकिदै गर्दा आमनागरिकमा फेरि शंसय पैदा भएको छ – त्यो के भने लोडसेडिको अध्यारोमा ब्यापार र कमिसन लिन पल्केकाहरु यतिवेला टाउको उठाउन खोजेका छन् ।
नेपाल सरकारले चाहेमा घिसिङ अर्को ४ बर्ष कार्यकालमा बस्न सक्छन् । सरकारले जनताको आवज र भावना बुज्छ या तिनै कमिसनखोर ब्यापारी र जलविद्युत माफियाको चंगुलमा पर्छ, त्यो हेर्न भने बाँकी छ ।
पुनः लोडसेडिको त्रास
कुलमान घिसिङ कार्यकारी निर्देशक नियुक्तिहुनुपुर्व नेपालमा १८ घन्टासम्म लोडसेडिङ थियो । प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक मुकेश काफ्ले नेपालमा कृतिम लोडसेडिङ सिर्जना गरेर प्राधिकरण मार्फत सोलार प्लान्ट जोड्ने ठेक्का प्रक्रिया सुरु गरेका थिए ।
प्राधिकरणको टेण्डरमा १६ कम्पनीले आवेदन दिए । काफ्लेले आफ्नो सेटिङमा रहेको कम्पनीलाई छनौट गर्ने गरि दुई विदशी उर्जा विज्ञ टोली बनाएका थिए । सेटिङमा बनेको टोलिले सवैभन्दा कम लागतमा सोलार प्लान्ट तयार गर्ने कवुल गरेको डासेङ कासोर्टियम,पिङगाओ एण्ड हेरोन जेभी र चाइना त्रिउमफ इन्टरनेशनल इन्जिनियरिङलाई अयोग्य भन्दै आवेदन रद्ध गर्यो ।
काफ्लेको सेटिङमा रहेको चौथो नम्बरको राइजन इनर्जीसंग ठेक्का सम्झौता दिइयो । उक्त सेटिङबारे तत्कालिन माओवादी सरकारसम्म सूचना पुग्यो र अनियमितता बाहिर आएपछि राइजन इनर्जीसंग ठेक्का रद्ध गरे पनि काफ्लेको जागिर भने बचेन। काफ्ले जिम्मेवारीबाट हटाएपनि कुलमान घिसिङलाई असफल बनाउन निरन्तर रुपमा लागि रहे ।
कुलमानको अवकाशसंगै जलविधुत माफियाहरुले तिनै मुकेश वा त्यस्तै समुहलाई प्राधिकरणमा छिराउने र पुनः अध्यारोमा ब्यापार गर्ने दाउमा छन्।
कुलमानको कमाल
२०५१ मा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।
चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको मुख्यालयमा तानिएका घिसिङलाई तत्कालिन उर्जा मन्त्री राधा ज्ञवालीले जिम्मेवारविहिन बनाएकी थिइन् । ज्ञवालीको पालमा उनै मुकेश काफ्लेले प्रधिकारणमा एक छत्र राज गरेका थिए ।
मन्त्री ज्ञवाली विवादमा परेर हटाईएपछि ऊर्जामन्त्री बनेका जनार्दन शर्माले घिसिङलाई प्राधिकरणमा ल्याएका थिए । घिसिङको नियुक्तिको विषयलाई लिएर प्राधिकरणमा संगठनहरुले आन्दोल गरे ।
मुकेश काफ्ले लगायतकाले प्राधिकरणमा घिसिङभन्दा माथिल्लो तहका कर्मचारीले उनको नेतृत्वलाइ बदर गर्न सर्वोच्च अदालतमा रिट समेत हाले । सर्वोच्चले घिसिङकै पक्षमा निर्णय सुनायो । घिसिङले जिम्मेवारी संम्हालेको दोस्रो महिनाबाट नेपालमा सधैका लागि लोडसेडिङको अन्त्य भयाे ।
आमनागरिकले उज्यालो नेपालका अभियन्ताको रुपमा कुलमानलाइ लिने गर्छन् । जिम्मेवारी सम्हालेको ४ वर्षमा व्यवसायिकरुपमा सफलता पाएकाे प्राधिकरणाले विद्युत उत्पादन बढाउने, चुहावट रोक्ने काममा सफलता पाएकाे छ ।
घिसिङले जिम्मेवारी सम्हाल्नु पूर्व घाटामा रहेको प्राधिकरणले लगातार नाफा गर्दै पछिल्लो बर्ष २०७६ ७७ मा मात्र ११ अर्व बढि मुनाफा गरेको छ । प्राधिकरण चुहावत रोकेर मात्र बार्षिक ८ अर्व वढि मुनाफ कमाउन थालेको छ ।
प्राधिकरणले यतिवेला झन्डै ९० प्रतिशत घरधुरीमा विध्युत पुर्याउन सफल भएको छ । काठमाडौं उपत्यका लगायत सहरी क्षेत्रमा भुमिगत विधुत प्रशारणको काम अडाढि बढाईएको छ । प्राधिकरणको हाल उत्पादन क्षमता चार हजार एक सय ६१ मेगावाट बराबर भएको छ ।
उक्त विधुत उत्पादन घिसिङ कार्यकारी प्रमुख भएपछि करिव ८७ प्रतिशतले भएको हाे ।
चार वर्षअघि भारतबाट ३५० मेगावाट मात्र विद्युत लिन सकिने प्रसारण लाइनकाे क्षमतालाइ बृद्धि गरेर १५ सय मेगावाटकाे निर्माण गरिएको छ । प्राधिकरणले भारतलाई नेपालमा उत्पादित विधुत बेच्नकालागि प्रशारण लाइन क्षमता बढाएको हो ।
चार वर्षअघि नेपालमा कुल ८०१.७ मेगावाट जलविद्युत उत्पादन भइरहेकोमा यतिवेला उत्पादन वृद्धि गरि १२५८.७ मेगावाट पुगेको छ । थप १०४ मेगावाटका जलविद्युत आयोजनाहरु निर्माणको अन्तिम चरणमा पुगेका छन् ।
भदौ २९ अघि दोस्रो कार्यकाल थपिएन भने कुलमानलाई सबैभन्दा बढी पछुतो, चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत अायाेजनाकाे काम सकाउन नपाएको हुनेछ । उनले यो परियोजनालाई ‘गेमचेन्जर’ भन्दै आएका छन् ।
Бүгінгі жарыс қарқыны әлемінде, mostbet qazaqstan тез әсер алуды қалайтындар үшін өз орнын тапты — марафондық еңбектенусіз. Платформаның дизайны пайдаланушыларды...
1. The Payid Casino Experience in Minutes Payid Casino offers a crisp, streamlined interface that feels almost like a mobile...
When the lights flicker on a new gaming session, the urge to hit a big win and move on is...