
तपाईहरुले किन अहिलेसम्म पनि क्रियाशिल सदस्यता विवादको समाधान गर्नसक्नु भएको छैन ?
पहिलो कुरा त हामीले क्रियाशील सदस्य विवादको लगभग हामी अन्तिम चरणमा आइसकेका छौं । जुन ढंगले बाहिर कुरा आएको जस्तो हाम्रो बिचमा कुनै विवाद पनि छैन । साँढे ६ हजार वडाहरुमध्ये जम्मा साँढे ३ सय वडाहरुमा विवाद देखिएको हो । ति विवादहरुलाई हामी समाधान गर्दैछौं । यो महिनाभरीमा सबै विवादको समाधान गरेर हामी सभापतिलाई जिम्मा लगाउँछौं ।
तर तपाईहरुलाई २० गतेसम्म समय दिएको थियो नि किन त्यो समयमा टुङ्गो लगाउन सक्नुभएन त ?
२० गतेको समय भनेको २० गतेसम्म हामीले ति विवाद समाधान गर्ने, २१ गतेदेखि प्रिन्टिङ गर्ने र यो महिनामा प्रिन्टिङ सकेर सभापतिलाई जिम्मा लगाउने भनिएको हो ।
अहिले चाही हामीले के ग¥यौ भने विवाद समाधान गर्दै र विवाद समाधान भएको ठाउँमा प्रिटिङ् पनि एकैसाथ गरेर यो महिनासम्मा यि दुई वटै काम सकेर सभापतिलाई प्रतिवेदन बुझाउनेतर्फ लागेको हुनाले हाम्रो ३० गतेसम्म के के म्याण्डेड भन्दा हुन्छ भने हामी हाम्रो समयभित्र हाम्रो काम सिध्याउँछौं ।
तपाई मलाई यहि कुरा साउन १ गते सोध्नुभयो भने वा फेरि जवाप, दिन्छु कति काम सकियो भनेर । यो महिना भरीमा हामी काम सक्छौं । दोस्रो कुरा हामी धर्मशालामा बसिरहेका छौं । हामी अत्यन्तै सस्तो पैसामा बसेका छौं । यदि पार्टीलाई अप्ठ्यारो पर्छ भने त्यो पैसा हामी आफैं तिर्छौ किनभने हाम्रो लिमिटेशनभित्र छ, त्यो पैसा ? पार्टीलाई भार नपरोस् नै भनेर हामी धर्मशालामा आएर बसेका हौं र त्यो पनि पार्टीलाई भार पर्छ भने हामी तिर्न तयार छौं ।
त्यसोभए पार्टी कार्यालयमा बसेर क्रियाशिल सदस्यता विवाद समाधान गर्न किन सक्नुहुन्न ?
यसको एउटा व्यवहारिक समस्या के भयो भने पार्टी कार्यालयमा भिड ठुलो हुने पहिलो कुरा, दोस्रो कुरा भनेको पार्टी कार्यालयमा आउँदाखेरी समयको कुनै पावन्दी नहुने भएकोले यहाँ रेसिडेन्सियल बसेपछि यहाँबाट निस्कन नपाइने भन्ने हामीले आचार संहिता बनाएका छौं । यहिभित्र बसेपछि सबैलाई एक प्रकारको बाध्यता पनि हुन्छ । काममा अलिकति गति आओस् भनेर नै हामी धर्मशालामा बसेका हौं ।
हामी यहाँ रमाइलो गर्न बसेको पनि होइन । प्रायः सबैका आफ्ना घर पनि छन् र कसैलाई पनि घरमा बस्न अप्ठ्यारो भएर यहाँ होटलमा हामी रमाइलो गर्न बसेको होइनौं । हामी हाम्रो काम द्रुत गतिमा गरिरहेका छौं । आफ्नो समयमा हामी काम सक्छौं । हामीलाई दिएको म्यान्डेड पनि यही महिनाभित्रमा सभापतिलाई प्रतिवेदन बुझाउने हो । क्रियाशिल सदस्यता विवाद र प्रिन्टिङ्लाई बेग्लाबेग्लै पाटोमा राखेका थियौं । अहिले हामीले एकसाथ लगेका छौं र एकसाथमा लैजादा एकसाथमै काम सकिन्छ ।
एकवर्ष अगाडि नै तपाईहरुले त्रियाशिल सदस्यता टुङ्ग्याउन पथ्र्यो नि अहिले महाधिवेशनको मुखमा आएर तपाईहरु कसलाई क्रियाशिल सदस्यता दिने ? कसलाई नदिने ? कसको पक्ष कसलाई दिने कसको पक्षकोलाई नदिने भनेर बहसमा लेराउने हो ?
तपाइले भनेको जायज छ । हाम्रो विधान अनुसार क्रियाशिल सदस्यता महाधिवेशनको एकवर्ष अगाडि नै सकिसक्नु पर्ने हो तर कुरा के भयो भनेदेखि हाम्रो परम्पतागत रुपमा पनि लामो समयदेखि अधिवेशन कै मुखमा क्रियाशिल सदस्यता बाँड्ने चलन आज चलेको होइन यो पहिलेदेखि नै चल्दै आएको हो ।
त्यो अभ्यासलाई हामीले यो पटक पनि ताड्न नसकेको अवस्था हो । यो अलिकति विवाद देखिएको कारण चाही महाधिवेशनको मुख भएर पनि हो । महाधिवेशन भन्दा एक दुई वर्ष अगाडि नै हामीले यो कुरालाई टुङ्ग्याएको भए यि विवादहरु सायदै कम हुन्थे होलान् तर यसलाई विस्तारै सुधार गर्दै लैजानु पर्छ । यो परम्परा कै निरन्तरता हो ।
कुनै व्यक्ति म नेपाली काँग्रेसको क्रियाशिल सदस्यता लिन्छु भनेर भनिरहँदाखेरी त्यसलाई बन्देज लगाउन त मिल्दैन नि होइन र ?
त्यस्तो गरेको छैन । हामी यहाँ बस्नेहरुको बिचमा कुनै मिसअण्डरस्टाण्डिङ्ग पनि छैन । एउटा पार्टीभित्र समुहहरु हुन्छन् । ती समुहहरु पार्टीभित्र छन् । त्यो कुरालाई हामीले सामान्य लिनुपर्छ । त्यसले गर्दाखरी पार्टीभित्रका समुहहरुलाई अस्विकार गर्नसक्ने अवस्था छैन । हामी जो यहाँ सात जना बसेका छौं ।
हामी विभिन्न समुहका नजिक पनि भएको हुँदा हामीले यहाँ बसिसकेपछि त्यो नजरियाबाट हामीले हेर्ने गरेका पनि छैनौं । हामी निश्पक्ष भएर पार्टीकै हितको लागि काम गरिराखेका छौं । हामीले कुनै गुट र उपगुटको आधारमा निर्णय गरेका छैनौं । जे निर्णय गरेका छौं त्यो सर्वसम्मत रुपमा नै गरेका छौं । अहिलेसम्म एउटा पनि निर्णय बहुमत र अल्पमतको आधारमा गरेका छैनौं ।
तर महामन्त्री शशांक कोइरालाले क्रियाशिल सदस्यता विवाद टुगिंन सकेन भने महाधिवेशन हुँदैन भनेर भन्नुभएको छ नि तपाई के भन्नुहुन्छ ?
उहाँलाई क्रियाशिल सदस्यको पूर्ण जानकारी पुगेन होला । हामीले पनि उहाँलाई समयमा त्यो कुराको सञ्चार गर्न सकेनौ जस्तो लाग्यो किनभने हामी हाम्रै काममा व्यस्त थियौं । हामीले नेताहरुसँग सम्र्पक गर्ने उहाँहरुसँग ति कुरा गर्दै पनि फुर्सद भएन । हामीबाट पनि कमी कमजोरी भयो होला । उहाँलाई त्यो कुराको सञ्चार गर्न नसकेको कारणले गर्दा उहाँले महाधिवेशन हुँदैन भनेर भन्नुभएको होला । तर महाधिवेशन नै नहुने भन्ने अवस्था छैन । हामीले हाम्रो काम समयमा नै टुङ्ग्याउँछौं ।
नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीले समयमा महाधिवेशन पनि गर्न सकेन र देश र जनताप्रति जवाफदेहीता पनि देखाउन सकेन नि किन ?
एउटा कन्टिनेन्टलमा एउटा संस्कृतिको निर्माण हुँदो रहेछ । हामीमाझ एक प्रकारको संस्कृति र त्यसलाई आविस्कार गर्न सकिन्न । यहाँ थुप्रै राजनीतिमा सामाजिक क्षेत्रमा पनि विसंगतिहरु छन् ।
यो समस्याहरु सबैतिर छ । दोस्रो कुरा हामीलाई अलिकति समस्या सिर्जना कोभिडको कारणले पनि ग¥यो । फागुनको ६ गते हाम्रो यो समिति बन्यो । हामीले आफ्नो कामलाई स्मुथली गर्दै थियौ तर बैशाख १५ गतेदेखि देशको प्रायः जसो सबै जिल्लामा लकडाउन भइदियो । कोइ मान्छे घरबाट ननिस्कने स्थिति आयो हाम्रै काम प्रभावित भयो ।
Как вывести деньги с 1win официального сайта Меня зовут Алексей Смирнов, и в этой статье я расскажу вам, как вывести...
Pinco Casino: A Safe Space for Responsible Gaming Salam, mənim adım Elvin Həsənov. Bu gün sizə “Pinco Casino: A Safe...
Najpopularniejsze gry z darmowymi spinami w Mostbet – rozpocznij przygodę W świecie gier online, kasyna oferujące darmowe spiny są wyjątkowo...