
नयाँ बिकल्प ।
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको १४औँ महाधिवेशन भदौ १६देखि १९ सम्म नगर्ने चालबाजी भएको भन्दै भदौ २३ पछि हालकै केन्द्रीय कार्यसमितिले बैधानिकता पाउने निष्कर्ष निकालेको छ।
पार्टीका पूर्वउपसभापति प्रकाशमान सिंहको निवास चाक्सीबारमा बिहीबार दिउँसो भएको संस्थापनइत्तर समूहका जिल्ला सभापतिहरुको सुझाव र पदाधिकारीबीचको छलफलपछि यस्तो निष्कर्ष निकालेको हो।
पार्टीको वैधानिकता संकटमा पर्ने स्थिति रहेकाले महाधिवेशन समयमै गराउन सभापति शेरबहादुर देउवालाई पौडेल समूहले ध्यानाकर्षण समेत गराउने निर्णय गरेको छ । बैठकले २३ भदौभित्र महाधिवेशन नगराए हालकै केन्द्रीय कार्यसमितिलाई वैधानिकता सकिने नेता पौडेलले बताए।
पौडेलले संवैधानिक रुपमा पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन गरिसक्नुपर्ने व्यवस्था भएकाले भदौ २३ पछि पार्टीको वडादेखि केन्द्रीय तहसम्मको कार्यसमितिको वैधानिकता नरहने बताए।
छलफलपछि नेता पौडेलले पत्रकारहरुसँग कुरा गर्दै भने ‘पार्टी वैधानिकता जोगाउन विशेष महाविधेशनको प्रस्ताव गरिनेछ। अझै पनि समय छ, प्रक्रिया पुर्याएर महाधिवेशन गर्न समय नभएपनि वैधानिकता जोगाउन विशेष अधिवेशन गर्न सकिन्छ भनेर हामीले प्रस्ताव गरेका हौं।’
छलफलमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल र बलबहादुर केसी सहभागी थिए। कांग्रेसमा क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन अन्योलमा परेको छ।

भदौ १६–१९ सम्म गर्नुपर्ने केन्द्रीय महाधिवेशन क्रियाशील सदस्यताका कारण अनिश्चित भएको हो। महाधिवेशन सुनिश्चित गर्न दुई दिनभित्र क्रियाशील सदस्यताको विवाद टुंग्याउनुपर्ने नेता पौडेलले वताए।
महाधिवेशन सुनिश्चित गर्न पार्टी नेतृत्वले दुई दिनभित्र कार्यतालिका र निर्देशिका निर्वाचन समितिलाई क्रियाशील सदस्यताको विवरण दिइनुपर्ने पौडेल समूहको निर्णय छ।
निर्देशिका र क्रियाशील सदस्यताको विवरण निर्वाचन समितिले प्राप्त गरेमा प्रदेश समितिका लागि निर्वाचन हुन सक्छ । त्यसैले दुई दिनभित्र यो विषय टुंगो लगाउनुपर्छ भन्ने हाम्रो माग छ’ पौडेलले भने। पौडेलले समयमा महाधिवेशन नगराए भदौबाट देउवा सभापति नहुने चेतावनी पनि दिइसकेका छन्।

Difendere i tuoi diritti nei casino online non AAMS: Guida alla Scelta del Miglior Sito Mi chiamo Marco Rossi, e...
Ekscytujące promocje Kasyno Mostbet dla graczy mobilnych Nazywam się Jakub Kowalski i jako ekspert w dziedzinie gier kasynowych, chciałbym przedstawić...
Pinco Casino-a Asan Pul Yatırma Metodları Mənim adım Elvin Mahmudovdur və bu gün sizlərə Pinco Casino-nun onlayn pul yatırma prosesini...