
नयाँ विकल्प ।
काठमाडौं । नेकपा एमालेबाट अलग भई माधवकुमार नेपाल नेतृत्वको छुट्टै दल गठनमा सक्रिय भएका १४ सांसदलाई पदमुक्त गर्न भन्दै एमालेका सांसदहरु सभामुखको कार्यकक्षमा धर्ना दिएका गएका छन्।
एमाले सांसदहरु शुक्रबार सभामुख अग्नि सापकोटाको कार्यकक्ष सिंहदरबारमा करिव २ घण्टा बसेर फर्किएका छन्। सभामुख सापकोटाको कार्यकक्षमा डेढ घण्टा जति कुर्दा पनि नआएपछि एमाले सचेतक शान्ता चौधरीले फोन गरेकी थिइन्। सभामुख सापकोटाले भने शुक्रबार आफू वाहिर भएकाले संसदमा नआउने जानकारी गराएका थिए।
एमालेले माधवकमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न पत्र सभामुखलाई लेखेको थियो। तीन दिनसम्म पनि पदमुक्त नगरेको भन्दै एमाले सांसदहरु बिहीबार पनि सभामुखलाई भेटेर दबाव दिएका थिए।
अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमै सभामुख सापकोटालाई पार्टीको कार्यकर्ता बन्ने भए सभामुखबाट राजीनामा दिन भनेका थिए।
एमालेले नेता नेपालसहित १४ सांसदलाई कारबाही गरेर भदौ १ गते नै संसद सचिवालयमा जानकारी गराएको थियो। सभामुखले अहिलेसम्म दल त्यागको सूचना जारी नगरेको भन्दै एमाले रूष्ट छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिन खोज्दा विश्वासको मत नदिएर ह्वीप उल्लंघन गरेको भन्दै एमालेले वरिष्ठ नेता नेपाल, सांसदहरु जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई दल त्यागको कारबाही गरेको सूचना संसदमा दिएको थियो।
Как вывести деньги с 1win официального сайта Меня зовут Алексей Смирнов, и в этой статье я расскажу вам, как вывести...
Pinco Casino: A Safe Space for Responsible Gaming Salam, mənim adım Elvin Həsənov. Bu gün sizə “Pinco Casino: A Safe...
Najpopularniejsze gry z darmowymi spinami w Mostbet – rozpocznij przygodę W świecie gier online, kasyna oferujące darmowe spiny są wyjątkowo...