बारम्बार कार्यतालिका परिवर्तनले हामी पीडित छौं – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

बारम्बार कार्यतालिका परिवर्तनले हामी पीडित छौं

काँग्रेस महाअधिवेशन यही भाद्र १८ गतेदेखी वडा गाउँमा सुरु गर्ने भनिएता पनि कार्यकर्ताले विश्वास गरीरहेका छैनन् ।

पटक पटक कार्यतालिका परिवर्तन गर्दै आएको काँग्रेसले यस पटक पनि कार्यतालिका परिवर्तन गर्छ भन्ने आशंकामा कार्यकर्ता पीडित हुन थालेका छन् ।

मतदाता नामावली सार्वजनिक गर्न माग गर्दै जिल्ला सभापति र काँग्रेस युवाहरुले केन्द्रीय कार्यालयमा रिलेअनसन सुरु गरीरहेका छन् ।

अनसन स्थलमै गएर हाम्रा विशेष संवाददाताले नुवाकोटका पार्टी सभापति जगदीश नरसिंह केसीसँग गरेको कुराकानीको सम्पादीत अंशः

महाधिवेशन नजिकिदै गर्दा फेरी पार्टीमा धर्ना दिनुको कारण के हो ?
नेपाली काँग्रेस पार्टी एउटा लोकतान्त्रिक पार्टी हो । लोकतान्त्रिक पार्टीभित्र लोकतान्त्रिक पद्धति, विधि र वैधानिक व्यवस्था हुन्छ, र छ । तर अहिले हामी १४औं महाधिवेशनको संघारमा छौं ।

पार्टीले केही दिन अगाडि सार्वजनिक गर्नुपर्ने मतदाता नामावली महाधिवेशनको पहिलो मतदाता भनेको क्रियाशील सदस्य र ति क्रियाशील सदस्यताको आजसम्म मतदाता नामावली अन्यौलको अवस्थामा रहेको कारणले हामीले बाध्य भएर यसरी पार्टीलाई वैधानिक रुपले कब्जा गर्ने नियतले तल्लो तहबाट आएका क्रियाशील सदस्यतहरुलाई कटौती गर्ने र सिधैं माथिल्लो तहमा बसेर क्रियाशिल सदस्य मनपरिसँग थप्ने, घटाउने जुन काम भइरहेको छ त्यो गलत हो ।

त्यो गलत प्रक्रियाको विरुद्धमा हामी जिल्ला सभापतिहरुले धर्ना दिएका हौ र त्यसको सुनुवाई नभएपछि हामी २४ घण्टे रिलेअनसन बसेका हौं । यो सबै गरेको न्याय पद्धति र विधिको लागि हो ।

नेपाली काँग्रेस पार्टी भित्रको क्रियाशील सदस्यता विवाद समाधान भइसक्यो र अब महाधिवेशनमा जाने भनेर भनिरहँदा तपाईहरुले विरोध चाहि के को लागि गरिरहनुभएको छ त ?
नेपाली काँग्रेस पार्टीको जिल्ला सभापतिहरु धेरै पटक बसेर छलफल ग¥यौ । पार्टीलाई हामीले सुझाव दियौ कि पार्टीको १४औं महाधिवेशनमा वैधानिकताको संकट नआओस् भनेर धेरै पटक भनेका थियौ तर पार्टीले हाम्रा कुरा र हामीले दिएको सुझावलाई सुनुवाई गरेन् ।

अहिले १४औं महाधिवेशनको १८ गते पार्टीको वडा अधिवेशन तोकिसकेको छ । कुनैपनि निर्वाचनको न्यूनतम मतदाताको नामावली सार्वजनिक गर भन्दा पनि त्यो नामावली सार्वजनिक गर्न अहिलेसम्म किन हिचकिचाउने ? किन हिचकिचाउनु भयो भने उहाँहरुले तल्लो तहबाट आएका नामावली कटौती गर्नुभएको छ ।

माथि केन्द्रमा बसेर प्रविधिलाई प्रयोग गरेर मनपर्दि क्रियाशील सदस्य थप्नुभएको छ । त्यो सबै जिल्लामा पुगिसक्दा जिल्लामा भोली म एउटा जिल्लाको सभापति मेरै नाम क्रियाशील सदस्यताको नामावली लिस्टमा छ कि छैन भन्ने दुविधा अवस्था आउन सक्छ ।

नेतृत्वमाथि तपाईहरुको किन यति ठूलो अविश्वास छ त ?
यो हामी जिल्ला सभापतिहरुको चिन्ताको विषय मात्रै होइन । आम आठ लाख पचास हजारभन्दा बढी नेपाली काँग्रेसका क्रियाशील सदस्यहरुको चिन्ताको विषय हो । हामीले तमाम नेपाली काँग्रेस जनहरुको भावनालाई प्रतिनिधित्व गरेर रिलेअनशन गरेका हौ ।

हाम्रा मागहरु जायज छन् । संस्थापन पक्षले कहिपनि धाँधली गरेको छैन, विधिसम्मत छ, नीतिसम्मत छ । वैधानिक छ र क्रियाशील सदस्यमा मनपरी गरेको छैन, थपघट गरेको छैन भने सार्वजनिक गर्नको लागि संस्थापन पक्षलाई के अप्ठ्यारो प¥यो ?

त्यसोभए तपाईहरुको माग के हो त ?
हाम्रो ३ वटा माग छन् । पहिलो कुरा प्रत्येक सदस्यको क्रियाशील सदस्यता सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्दिनुपर्ने यो हरेक कार्यकर्ताको हरेक हरेक क्रियाशील सदस्यताको अधिकार हो ।

दोस्रो कुरा क्रियाशील सदस्यता सूचिगत नीति, कमीकमजोरी, पार्टीको विधि विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानविन गरेर मात्र अन्तिम गर्नुपर्छ भन्ने यो सबै भोली निर्वाचन आयोगले निर्वाचन गर्ला ? मतदाता नामावलीमा नाम राख्छ । नाम राखिसकेपछि उसले नाम सच्याउने मात्रै समय दिन्छ ।

त्यसो भएको हुनाले हामी जिल्ला सभापतिहरुको निर्वाचन प्रक्रियामा एकरुपता आउनुपर्ने विषयमा हामीले माग राखेका छौं । सबै ७७ जिल्लाका सभापतिहरुको निर्वाचन महाधिवेशन प्रतिनिधिबाट मात्रै हुनुपर्छ । कुनै जिल्लामा क्षेत्रीय अधिवेशन प्रतिनिधि सभापतिको उम्मेद्वार हुने र जिल्लामा महाधिवेशन प्रतिनिधि हुने दुई किसिमको प्रावधान छ, यसलाई एकरुपता ल्याउनुपर्छ ।

त्यसोभए क्षेत्रीय सभापति भएको मान्छे सभापति बन्न पाउँदैन भनेर भन्न खोज्नु भएको हो त ?
एक क्षेत्र भएको जिल्ला सभापति पनि पदने महासमितिको सदस्य हुन्छ । महाधिवेशनमा उसले भोट हाल्छ तर महासमिति सदस्य हुनबाट बञ्चित हुन्छ । उसले महासमितिमा प्रतिस्प्रधा नै गर्न पाउँदैन् ।

भनेपछि ३५ जिल्लाका सभापति भोली महासमितिको बैठकमा कसैले आमन्त्रित गर्छ भने महासमिति बैठकभित्र प्रवेश गर्छ होइन भने बाहिर बसेर टुलुटुलु हेर्ने बाहेक अरु काम छैन । उनीहरुले महासमितिको बैठकमा पनि प्रतिस्पर्धा गर्न पाउनका लागि महाधिवेशन प्रतिनिधिबाट मात्रै जिल्ला सभापतिको निर्वाचन देशभरी हुनुपर्छ र महासमितिको सदस्यमा प्रतिस्पर्धा गर्ने अधिकारबाट वञ्चित गर्नुहुन्न भन्ने खालको कुरा हो ।

त्यसोभए काँग्रेस पार्टीको विधानमा उल्लेख भएको कुरालाई नेतृत्वले अहिले सच्याउन मिल्छ त तपाई के भन्नुहुन्छ ?
किन नमिल्ने ? पार्टीको केन्द्रीय समितिले पार्टीको विधान र धाराहरु निलम्बित गरेको छ, फुकुवा गरेको छ । विधानमा जे भएपनि निर्वाचन निर्देशिकामा परिवर्तन गरेको छ । पार्टीको केन्द्रीय समितिले चाह्यो भने एकैदिन बैठक बसेर संशोधन गर्न सक्छ । पार्टीले चाहेको अवस्थामा कतिपय धाराहरु निलम्बन भएको हामीले हेरिरहेका छौं, देखिरहेका छौं ।

त्यसले गर्दा सामान्य कुराहरुलाई पार्टीले पुरा गर्नुपर्दैन ? मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन भन्ने कुरा, मतदातालाई थाहा हुनुपर्दैन ? वैधानिक रुपले नेपाली काँग्रेस पार्टीलाई कब्जा गर्ने नियतले संस्थापन पक्षले जुन मनपरी गरेको छ । अधिवेशन कसरी गराउन सक्नुहुन्छ उहाँहरुले ? ५२ जिल्ला सभापतिहरु अनसनमा छौं ।

कसरी हुन्छ अधिवेशन ? वैधानिकताको कुरा गर्नुहुन्छ भने २३ गते प्रादेखिक र संघीय तहको अधिवेशन सम्पन्न गर्नुपर्छ । भन्ने वैधानिक व्यवस्था हो । नेपाली काँग्रेसको वैधानिकता जोगाउने काम पार्टी सभापतिको हो र मनपरीसँग क्रियाशील सदस्य थपेर लिष्ट पठाएर जिल्ला जिल्लामा कार्यकर्तालाई झगडा गराउने काम अहिलेसम्म परिस्थितिबाट जन्मेको छ । त्यसलाई हामीले पहिल्यै सच्याउ मात्रै भनेको हो । अधिवेशन हुनुपर्छ ।

सम्बन्धित समाचार

चुनदेवी कांग्रेसको भेलामा खड्का, कोइराला नजाने !
चुनदेवी कांग्रेसको भेलामा खड्का, कोइराला नजाने !
  • २०७८ भाद्र १४, १२: ११

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा पूर्वसभापति शेर वहादुर देउवाले दायर मुद्धामा सर्वोच्च अदालतले पुनरवलोकन गर्ने निर्णय गरेसंगै कांग्रेसको राजनीति...

बच्चाचिरेर आधालिने कि सखल्लबच्चाबचाउने ?वहुसंकटको बेलामाध्यानदिएर अघि बढ्ने हो कि ?
बच्चाचिरेर आधालिने कि सखल्लबच्चाबचाउने ?वहुसंकटको बेलामाध्यानदिएर अघि बढ्ने हो कि ?
  • २०७८ भाद्र १४, १२: ११

  १. नेपालीकांग्रेसको आगामीमहाधिवेशनकहिले हुुन्छ ? नेपालीकांग्रेसको विवादले नयाँआकार लिनथालेको छ । सामान्यतयाअहिलेभन्दापनि धेरै ठुला संकटको सामना गरेर आजको अवस्थासम्म...

Как вывести деньги с 1win официального сайта
  • २०७८ भाद्र १४, १२: ११

Как вывести деньги с 1win официального сайта Меня зовут Алексей Смирнов, и в этой статье я расскажу вам, как вывести...