
नेपाली काँग्रेसको महाधिवेशन वडा तहको धमाधम हुँदैछ । सरकार गठन भएको दुई महिना पुगेको छ । यद्यपि यो समाचार तयार पार्दासम्म मन्त्रीमण्डल विस्तार हुन सकेको छैन । विभिन्न टिकाटिप्पणी हुँदा पनि सरकार विस्तार नहुनु, गठबन्धन दलहरुको कुरा नमिलेको नेताहरुलेनै बताईरहेका छन् ।
यही असोज ५ गतेबाट सबै वडा तहको निर्वाचन हुने भएको छ । गाउँ गाउँमा एक आपसमा मत माग्न थालेका छन् । १४औं महाधिवेशनको तयारी सरकार विस्तार लगायत विविध विषयमा हाम्रा संवाददाताले नेपाली काँग्रेसको युवा नेता प्रदीप पौडेलसँग गरेको कुराकानीको सम्पादीत अंशः
प्रधानमन्त्री शेरबहादुर देउवाले काम गर्न सक्नुभएन मन्त्रीमण्डल विस्तार समेत भएन भनेर गुनासो आउन थालेको छ नि तपाई के भन्नुहुन्छ ?
अहिलेनै सरकारको सबै पक्षबाट मूल्यांकन गर्ने बेला भएको छैन तर मन्त्रीमण्डल विस्तारको विषय वा अन्य केही विषयमा सरकारले तत्काल प्रभावकारीता बढाउनु जरुरी छ । कामहरु तत्काल सम्पन्न गर्न जरुरी छ ।
नेपाली काँग्रेसको नेतृत्वमा बनेको संयुक्त सरकार असफल हुँदा अझ यसमाथि बढी टिकाटिप्पणी हुने स्थिति हुँदा यसले काँग्रेसलाई आगामी निर्वाचनमा प्रत्यक्ष असर गर्छ । त्यसकारण यो विषयमा हाम्रो नेतृत्व गम्भीर भएर तत्काल गर्नुपर्ने कामहरुलाई छिटो सम्पादन गरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता हो ।
सरकार गठन भएको २ महिना बितिसक्दा पनि मन्त्रीमण्डल विस्तार हुन नसक्नुको कारण केहो ?
नेपाली काँग्रेसकै कारणले अथवा काँग्रेसले भागवण्डा खोजेको भन्दा पनि गठबन्धन भित्र आबद्ध राजनीतिक दलहरुबीचमा समझदारी हुन नसकेको अथवा यहाँ भित्रका केही दलहरु एक आपसमै मन्त्री हुने व्यक्तिको टुंगो लगाउन नसकेको, दलसम्बन्धी अध्यादेश निष्कृय हुन नसकेको अवस्था छ ।
मुख्यगरी नेपाली काँग्रेस भन्दा सरकारमा आबद्ध अन्य राजनीतिक दलहरु भित्रको समस्याका कारणले मन्त्रीमण्डल विस्तार हुन नसकेको हो, तर यो कुरा आन्तरिक विषय भयो । अन्य दलहरुले मिलाउन सकेनन् त्यसकारण बनाउन सकिएन भनेर भाग्न पनि मिल्दैन । त्यसकारण मन्त्रीमण्डल विस्तार नहुने कुराले सरकारको परफर्ममेन्स देखिदैन ।
सरकारले आफ्नो कार्यसम्पादन प्रभावकारी ढंगले अगाढि बढाउन सक्दैन । त्यसकारण विविध विषयमा देखिएका समस्याहरुलाई हल गर्नका निम्ती तत्काल मन्त्रीमण्डलले पूर्णता पाउन जरुरी छ । मन्त्रीमण्डलले पूर्णता पायो भने विभिन्न विभागको जिम्मेवारी लिने व्यक्तिले कामलाई अगाडि बढाएपछि सरकार क्रमिक रुपमा प्रभावकारी देखिने स्थिति बन्छ ।
नेपाली काँग्रेसको नेतृत्वमा बनेको वर्तमान सरकार पभावकारी देखिएन भन्न थाले नि किन ?
नेपाली काँग्रेस पार्टीभित्रैबाट पनि सम्माननीय प्रधानमन्त्रीलाई हाम्रो आदरणीय सभापतिज्यूलाई सरकारको प्रभावकारिता बढाउनको लागि छिटो मन्त्रीमण्डल विस्तार गर्नका लागि, अघिल्लो सरकारले जुन किसिमको कमिकमजोरी लथालिङ्गको स्थिति निर्माण गरेको छ, त्यसपछि बनेको सरकारप्रति जनताको आशा, भरोसा र विश्वास रहेको स्थिति हो, त्यो स्थितिलाई कायम राख्नको लागि अथवा जनतालाई राहत पुग्नेगरी आशा जाग्नेगरी सरकारले आफ्नो कामहरुलाई अगाडि बढाउन जरुरी छ ।
यो कुरा हामीले पार्टी भित्रैबाट पनि नेतृत्वलाई भनिरहेकै छौं । अहिले तर मुख्यगरी मन्त्रीमण्डल विस्तारको विषयमा ढिलाई पनि भएको हो । त्यसकारण छिटो विस्तार गर्नका निम्ति हामीले नेतृत्वलाई दवाव दिई रहेका छौं ।
अहिले संसद् अवरुद्ध हुँदा देशको खर्च समेत रोकिएको अवस्था छ, त्यसको निकास के हो ?
संसद् चलाउने बजेटको विषयमा समझदारी निर्माण गर्ने अथवा प्रक्रियागत ढंगबाट विपक्षीले पनि बाधा व्यवधान सिर्जना गरिरहने पनि स्वभाविक होइन, त्यसमा समझदारी निर्माण गरेर अगाडि बढ्नुनै उपर्युक्त हुन्छ । मुख्यगरी राजनीतिक दलहरु मिलेर सरकार बनाएको स्थितिमा समझदारीपूर्ण तरिकाबाट अगाडि बढ्ने कुरानै स्वभाविक हुन सक्छ । संसद् सञ्चालन हुन सकेन ।
व्यवस्थित ढंगबाट अगाडि बढ्ने स्थिति बन्न सकेन भने सबै कुरा समस्याग्रस्त हुँदै गयोभने निराशा बढेर जाने स्थिति हुन्छ । त्यसैले विपक्षी पनि आफ्नो ठाउँबाट जिम्मेवार हुन आवश्यक छ । हुँदै नहुने कुराको लागि समस्या मात्रै सिर्जना गरेर संसद् चल्नै नदिएर यस्ता खालको कदमले कसैलाई पनि लाभ हुन सक्दैन ।
सरकारले अथवा संसदभित्र सभामुखले पनि समझदारी निर्माण गर्ने कोसिश गरेर अगाडि बढ्नुपर्छ र संवैधानिक व्यवस्थाभित्र छिटोभन्दा छिटो देशलाई निर्वाचनमा लानुको अरु कुनै विकल्प छैन् ।
तपाईले निर्वाचनमा जानुपर्छ भन्दै गर्दा के छिटै निर्वाचनमा यो सरकार जान लागेको हो त ?
मैले पनि भनिसके संवैधानिक व्यवस्थाभित्रै निर्वाचन समझदारी कायम गरेर अब निर्वाचनले मात्रै निकास दिन सक्छ भन्ने आधारमा देशलाई निर्वाचनमा लिएर जानु बाहेकको अरु कुनै विकल्प देखिदैन ।
किनकी कुनैपनि पक्षबाट काम हुन सक्ने स्थिति भएन, कसैको पनि एकल गणित भएको अवस्था भएन । मिलिजुली अगाडि बढ्नुपर्ने ठाउँमा समझदारी नै हुन सकेन भने नयाँ म्याण्डेड लिएर अगाडि जानुको विकल्प नदेखिने स्थिति हुनसक्छ ।
त्यसोभए निर्वाचननै निकास हो भन्न खोज्नुभएको हो त ?
निर्वाचननै निकास हो भन्ने देखिन्छ । किनकी अब यो संसद् प्रभावकारी हुन नसक्ने, सरकार प्रभावकारी हुन नसक्ने । मिलिजुली सरकार बनाएर त्यसले निरन्तर रुपमा प्रभावकारी ढंगले अगाडि बढ्न नसक्ने यो सब भएको अवस्थामा निर्वाचनको अवधि पनि धेरै लामो छैन, संसद्को अवधि पनि डेढ वर्षको हाराहारीमा मात्रै बाँकी छ ।
निर्वाचनमा जाने भन्दै गर्दा नेपाली काँग्रेस पार्टीभित्रको महाधिवेशनको लफडा कहिले समाधान हुन्छ त ?
यो त हामीले कार्यतालिका प्रकाशित गरिसकेका छौं । अन्तिम पटक हामीले प्रकाशित गरेको कार्यतालिका कार्यान्वयनको प्रक्रियामा गइरहेको छ । त्यसैले महाधिवेशन हुन्छ ।
महाधिवेशनको लागि हुनुपर्ने तयारी भइरहेको छ । हाम्रो क्रियाशिल सदस्यता करिब करिब ७७ वटै जिल्लाको टुंगो लाग्ने स्थितिमा पुगेको छ । ६४ जिल्लाको टुंगो लागेर ५७ जिल्लामा वडा अधिवेशन भइसकेको छ । बाँकी ७ वटा जिल्लाको क्रियाशिल सदस्यता सार्वजनिक भइसकेको छ ।
त्यो छिटै टुंगो लाग्न सक्छ । ३÷४ वटा जिल्लामा अझैपनि मुख्य समस्याहरु छन् । त्यसका लागि समाधान गर्नेगरी सहमतिको बाटो अझैपनि खोजिदै छ ।
त्यसोभए कुन–कुन जिल्लामा समस्या देखिएको छ त अहिले ?
डोल्पा, रसुवा, धनुषा र बाँके यि चार जिल्लामा अलिकति समस्या छ । यो समस्या पनि मलाई लाग्छ केहीदिनमै समाधान हुन्छ । अरु ठाउँको समस्या लगभग समाधान भइसकेको छ । क्रियाशिल सदस्यता टुंगो लागि सकेको छ । त्यो केही दिनमा सार्वजनिक हुन्छ ।
तपाईहरु अहिले छलफलमा हुनुहुन्छ, छलफलको विषयवस्तु के–के छन् त ?
छलफलको उद्देश्य भनेको कहाँ समझदारी हुन सकेको छैन, त्यहाँ आपसी समझदारी जुटाएर अगाडि लैजाने भन्ने हो । सूची तयार गर्नका निम्ति प्राविधिक काम पनि भइराखेको छ । त्यो चाहिँ अन्तिम चरणमा पुगेको स्थिति छ ।
त्यसोभए अब असोज ५ गते बाँकी सबै जिल्लामा वडा अधिवेशन हुन्छ त ?
बाँकी जिल्लामा असोज ५ गतेबाट अधिवेशन शुरु हुन्छ । त्योभन्दा पछाडि प्रक्रियागत ढंगबाट अधिवेशन अगाडि बढ्छ । कार्यतालिका कार्यान्वयन हुन्छ । ५७ जिल्लामा वडा अधिवेशन भइसकेको छ । केही जिल्लामा मात्रै बाँकी छ । अन्तिममा कुनै हालतमा समाधान हुन सकेन भने ति जिल्लाहरु स्थगित नै गरेर अगाडि बढ्न पनि सकिन्छ । त्यसैले अब पनि महाधिवेशन नचाहने नहुने स्थिति हुन्छ भन्ने मलाई लाग्दैन ।
तपाईले पनि महामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ नि होइन ?
मैले पहिलो कुरा त क्रियाशिल सदस्यता छानविनको काम सम्पूर्ण रुपमा टुंगिएपछि मतदाता तयार भएपछि वडा अधिवेशनहरु हुने निश्चित भइसकेपछि उम्मेद्वारी घोषणा गर्ने भनेर भनेको छ । म छानविन समितिको सदस्य थिए । अहिले पनि हामीले क्रियाशिल सदस्यता टुंगो लगाउनको लागि अधिवेशन त हुनैप¥यो । अधिवेशन हुनका निम्ति प्रक्रियागत ढंगबाट अगाडि बढ्नुप¥यो ।
प्रारम्भिक मतदाता नामावली तयार हुनुप¥यो । त्यसैले यो काम आफ्नै जिम्मेवारी हो भन्ने ठानेर मैले क्रियाशिल सदस्यता टुंगिएर वडा अधिवेशन हुने निश्चित भइसकेपछि उम्मेद्वारी दिने भनेर भनेको हो । महामन्त्रीमा उम्मेद्वारी दिने मेरो सोंच छ । म त्यस अनुसार अगाडि बढ्ने छु तर औपचारिक घोषणा गर्न बाँकी छ ।
तर धमाधम युवा पुस्ताका नेताहरुले आफ्नो उम्मेद्वारी विभिन्न समुहबाट गरिसक्नुभएको छ, तपाई कुन समुहबाट घोषणा गर्नुहुन्छ त?
यो बारेमा छलफल, सल्लाह हुन बाँकी छ । सबै आदरणीय नेताहरुसँग पनि कुरा राख्ने, साथीहरुसँग पनि परामर्श गर्ने र औपचारिक रुपमा घोषणा गर्ने भनेर मैले भनेको छु ।
म आफु प्रतिबद्ध छु थाहा छ । त्यसलाई जस्तो छ, त्यस्तै बनाएर कुनै पनि अधिवेशन जित्न सकिदैन, त्यसलाई अझै ठुलो बनाउने, अझै धेरै साथीहरुलाई आबद्ध गर्ने र सबै साथीहरुको मन जितेर पार्टीलाई सुचारु ढंगबाट अगाडि बढाउने र त्यसभित्र भएका कमिकमजोरी सुधार्ने, काँग्रेस पार्टीभित्रको आन्तरिक समस्या निर्मुल गर्नेगरी अगाडि जाने सोंचले मैले पनि उम्मेद्वारी दिनेछु ।
1. The Pulse of a Rapid‑Fire Session When you log on to Red Stag Casino, the first thing that catches...
Welcome to GAME4U: Where Every Spin Counts GAME4U has carved out a niche for players who crave instant gratification without...
Proč je BDM Bet přizpůsobený pro rychlou hru BDM Bet si vybudoval pověst díky uživatelsky přívětivému rozhraní, které vám umožní...