
नेपाली काँग्रेसको १४औं महाधिवेशन जतिजति नजिकिदै गएको छ, त्यतित्यतिनै नेताहरु पनि पद हत्याउन लागि परेका छन् । सोही क्रममा अधिकांश वडा तहका निर्वाचनहरु सकिएका छन् ।
महाधिवेशन सुरु भईसक्दा नेपाली काँग्रेस पार्टीको क्रियाशील सदस्यता विवाद अझैसम्म टुंगिन सकेको छैन नि किन ?
यो त्यति ठुलो विवाद पनि होइन । ७७ वटा जिल्लामा तीनचार वटा जिल्लाको मात्रै विवाद छ । त्यो पनि लगभग छिट्टै टुंगिने क्रममा छ । जति पनि विवाद थिए ति सबै समाधान भइसके । त्यसपछि वडा अधिवेशन नभएको जिल्लामा वडा अधिवेशन हुन्छ ।
वडा अधिवेशन भइसकेको जिल्लामा नगर अधिवेशन हुन्छ, त्यसपछि क्रमशः एक्काइस वटा हिमाली जिल्लामा पुरानै तालिका अनुसार प्रदेश, क्षेत्र, जिल्लाको अधिवेशन १८ गतेसम्म सकिन्छ । त्यसपछि दशैपछि लगत्तै जिल्लाको पनि अरु बाँकी कार्यक्रमहरु निस्किन्छ । बाहिर जतिसुकै विवाद भएपनि धेरैजसो जिल्लामा वडा तहको अधिवेशनहरु निर्विरोध सम्पन्न भएको छ । त्यसले गर्दाखेरी केन्द्रीय स्तरमा देखिएको विवाद पनि वडा स्तरका पार्टीका साथीहरुले त्यसलाई समझदारी पूर्वक सहमतीमा टुंग्याउनु भएको छ ।
स्वस्थ प्रजातान्त्रिक प्रक्रिया अनुसारनै अगाडि बढेको छ । त्यसैले भोलीका दिनमा हुने अधिवेशन धेरै सहमतिबाट टुंगिने छन् । नभएपनि पार्टीको एउटा मर्यादाभित्र रहेर प्रजातान्त्रिक अभ्यासमा अगाडि बढ्छ । नेपाली काँग्रेस एउटा पजातान्त्रिक पार्टी हो । डेमोक्रेटिक अभ्यास अबलम्बन ग¥यो भनेर हामीले त्यसलाई सहजतापूर्वक लिनुपर्छ ।
उसोभए सबै ठाउँको समस्या समाधान गरेर सबै पक्षको बीचमा सहमति जुटेर मंसिरमा महाधिवेशन हुन्छ होला त ? के लाग्छ यहाँलाई ?
सबैमा सहमति हुन्छ भनेर मैले ठोकुवा दिएर भन्दिन । मेरै जिल्लाको हकमा भन्ने हो भने चौरानब्बे वडामा छ वटा वडा बाहेक सबैमा सहमति भएको हो । पालिकामा पनि दुई चार वटा पालिकाहरुमा निर्वाचन हुन सक्छ नभएर सहमतिमा जान्छ । त्योभन्दा माथिको हकमा भने पतिस्पर्धा हुन्छ । किनभने नेपाली काँग्रेसमा नेतृत्व तहमा रहने युवापुस्ता अहिले नयाँ आइरहेका छन् ।
पुरानो पुस्ता पनि छ तिनीहरुलाई पनि व्यवस्थापन गर्नुपर्ने कुरा छ । त्यसले गर्दाखेरी प्रतिस्पर्धा हुनसक्छ । यो प्रतिस्पर्धालाई हार र जितको नतिजामा भन्दा पनि पार्टीभित्रको स्वस्थ प्रजातान्त्रिक अभ्यासबाट हामी अगाडि बढ्छौ भन्ने कुरालाई सबैले सहजतापूर्वक ग्रहण गर्नुपर्छ । मिडियाकर्मी साथीहरुलाई पनि भन्न चाहन्छु कि तपाईहरुले पनि यसलाई सहजतापूर्वक लिनुपर्छ ।
काँग्रेसभित्र झगडा भयो अब काँग्रेस कतातिर जान्छ भन्नेतर्फ सबैले यसलाई सहजतापूर्वक ग्रहण गरिदिनु भयो भने मुलुकको लागि पनि र नेपाली काँग्रेस पार्टीको पनि हितमा हुन्छ भन्ने मलाई लाग्दछ । सबैले त्यसलाई प्रतिस्पर्धामा उत्रिसकेपछि एउटा प्रजातान्त्रिक पार्टीको कार्यकर्ताले त्यसलाई सहजतापूर्वक लिन्छन् ।
तर वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशिल सदस्यता वितरणमा शेरबहादुर देउवाले धाँधली गर्नुभयो भनेर भन्नुभएको छ नि तपाई के भन्नुहुन्छ ?
हाम्रो पार्टीमा सक्रिय सदस्यताको बारेमा केही समस्या भएपछि रामचन्द्र दाइले सिफारिस गर्नुभएका केही साथीहरु र पार्टीका अन्य केही साथीहरु मिलेर नेताहरुले सहमतिपूर्वक एउटा छानविन समिति बनाउनुभयो । त्यो छानविन समितिले काम गरिरहेको हो ।
त्यसलाई हामी सबैले ग्रहण गर्नुपर्छ । छानविन समितिमा रामचन्द्र दाइसँग नजिक हुनुभएका साथीहरु पनि त्यही हुनुहुन्थ्यो र सभापति शेरबहादुर देउवासँग नजिक भएका साथीहरु पनि त्यही हुनुहुन्थ्यो । यसरी एउटा छानविन समिति बनेर त्यो समितिलाई निचोड निकालेको हो । त्यस निचोड निकालेको कुरालाई सबैले आत्मसाथ गरेका छन् ।
सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस पार्टी कब्जा गर्ने रणनीति लिनुभयो भनेर गुनासो छ नि तपाई के भन्नुहुन्छ ?
कब्जा गर्ने कुरै छैन नि, प्रतिस्पर्धा गरिसकेपछि म जहाँ प्रतिस्पर्धा गर्छु म जित्न चाहन्छु । अरु ज–जसले जहाँ प्रतिस्पर्धा गर्छ त्यसले त्यही जित्न चाहन्छ । त्यसैले हार्नको लागि मात्रै भन्ने कुरा छैन ।
जहाँसम्म कब्जाको कुरा छ, कब्जा भनेको के हो ? स्वस्थ प्रतिस्पर्धा गर्दाखेरी त्यसलाई कब्जा भन्न मिल्दैन । जित्नेले कब्जा ग¥यो भन्न मिल्दैन । सक्रिय सदस्यताको विवाद समाधान गर्न छानविन समिति गठन भएको हो । जुन छानविन समितिमा सदस्यहरु पार्टीले सहमतिमा निर्माण गरेको हो ।
त्यो छानविन समितिमा एकलौटी भयो भनेर रामचन्द्र दाईले भनेको मैले सुनेको पनि छैन । अरु कोही पनि नेताहरुले छानविन समिति बनाउँदाखेरी एकलौटी गर्नुभयो सभापतिले भनेर भनेको आजसम्म मैले सुनेको छैन । सबैको सहमतिबाट बनेको छानविन समितिले सहमतिबाट टुंग्याएको कुरालाई कब्जा ग¥यो भन्न चाही मिल्दैन ।
तर शेरबहादुर देउवा फेरि पनि सभापति बन्छु भनेर घोषणा गर्नुभएको छ, अब यो अवस्थामा उहाँलाई सरकार चलाउन गाह्रो छ, पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न सक्नु भएन भने काँग्रेस संकटमा जान्छ नि होइन र ?
मैले उहाँले घोषणा गरेको त सुनेको छैन । उहाँले चाहना व्यक्त गरेको भन्ने चाहि सुनेको छु । त्यसैले गर्दाखेरी उहाँले चाहना व्यक्त गर्दाखेरी भोली सभापति हुँदाखेरी पार्टी र सरकार कसरी समय छुट्याएर सञ्चालन गर्ने भन्ने कुरा उहाँले आधिकारिक रुपमा उम्मेद्वार घोषणा गर्नुहुनेछ । त्यो बेलामा पनि उहाँले आफ्नो कुरा राख्नुहुनेछ ।
पहिला त्यो समयको त प्रतिक्षा गरौं कसरी उहाँले समयलाई व्यवस्थापन पार्टी र सरकारलाई अगाडि बढाउने भन्नुहुन्छ, त्यो कुरानै नसुनिकन कसरी गर्छ भनेर टिप्पणी गर्नु त्यति सान्दर्भिक हुँदैन ।
शेरबहादुर देउवा सभापति भइसकेपछि समयमा महाधिवेशन हुन्छ भन्ने अनुमान गरेको थिए, तर सँढे चार वर्षसम्म पनि गर्न सक्नु भएन फेरि पनि उहाँ नै सभापति बन्दाखेरी युवा पुस्ताले चाहि कहिले गर्छ काँग्रेसको नेतृत्व ?
मैले यस बारेमा पहिले पनि भनिसकेको थिएन कि, पाँच वर्षमा महाधिवेशन हुन सकेन भन्ने कुरामा त्यतातिर धेरै नअल्झिउ जस्तो मलाई लाग्छ । यो केवल व्यक्तिगत कारण मात्रै छैन ।
एउटा पार्टीको आन्तरिक व्यवस्थापनको पनि कुरा आउँछ । कोरोना महामारीले पनि महाधिवेशनलाई प्रत्यक्ष असर गरेको थियो । त्यसकारण पनि महाधिवेशन समयमा हुन नसकेको हो । म पुरानो र नयाँ दुईवटै पुस्ताको समिश्रणबाट पार्टी सञ्चालन गर्नुपर्छ भन्ने पक्षमा हो । न नयाँ पुस्ता मात्र हुनुपर्छ, न पुरानो पुस्तामात्रै हुनुपर्छ । अहिले लगभग तिस÷पैत्तिस प्रतिशत साथीहरु जो प्रतिनिधि बन्नुभएको छ । अझ त्यो भन्दा बढी हुनुहोला सायद मेरै जिल्लालाई हेर्ने हो भने पनि युवा पुस्ताहरु प्रतिनिधि बनेर आउनुभएको छ ।
ठाउँठाउँमा वडा तहमा रहनुभएको छ । यो त क्रमिक रुपमा भोली जिल्लामा पनी हुन्छ । क्षेत्रमा पनि यसरीनै जान्छ । त्यो क्षेत्र र जिल्लामा जान्छ भने केन्द्रमा नजाने कुरै भएन । त्यसैले अबको नयाँ पुस्ता मैले चाहे पनि नचाहे पनि शेरबहादुर देउवा र रामचन्द्र पौडेलले चाहे पनि नचाहे पनि नयाँ पुस्ताको अनुहार अब सबैले देख्छन् ।
केवल सभापति र पदाधिकारीहरुमा को–को जाला नजाला पुरानै दोहोरिएला कि नयाँ आउलान् भन्ने मात्रै कुरा हो । नभए अब क्रम नयाँ पुस्ताको बाहुल्यता सबै समितिहरुमा हुने निश्चित भयसक्यो काँग्रेस पार्टीभित्र ।
1. The Pulse of a Rapid‑Fire Session When you log on to Red Stag Casino, the first thing that catches...
Welcome to GAME4U: Where Every Spin Counts GAME4U has carved out a niche for players who crave instant gratification without...
Proč je BDM Bet přizpůsobený pro rychlou hru BDM Bet si vybudoval pověst díky uživatelsky přívětivému rozhraní, které vám umožní...