व्यक्ति केन्द्रीत, आत्म केन्द्रीत, स्वार्थ केन्द्रीत, राजनीतिले राष्ट्रलाई बद्नाम गराउने, ओरालो लाग्ने अवस्था सिर्जना गराउँछ – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

व्यक्ति केन्द्रीत, आत्म केन्द्रीत, स्वार्थ केन्द्रीत, राजनीतिले राष्ट्रलाई बद्नाम गराउने, ओरालो लाग्ने अवस्था सिर्जना गराउँछ

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिषद् विस्तार गर्न निकै ढिलाई गर्नु भयो । तपाईहरुले दवाव दिन त सक्नु भएन नि ?
ढिलै भएपनि मन्त्रीपरिषद् विस्तार भयो । यति लामो समय लगाउन हुँदैनथ्यो । विभिन्न कारणवश राजनीतिक संक्रमणकाल पनि पार गर्नुपर्ने थियो । तर त्यो पुरा भएको छ, अब सरकारले गति लिन्छ ।

तपाईहरुले केही गर्न नसक्नुको कारणले जनताले तपाईहरुलाई विश्वास गर्न छोडे नि तपाई के भन्नुहुन्छ ?
विश्वास त जनताले यिनै राजनैतिक दलहरुलाई, यिनै नेताहरुलाई नगरे कसलाई गर्ने ? अरु कोही अन्तरिक्षबाट आउँदैन । जनताको मन जित्ने काम गर्नुपर्छ । अब सरकार विस्तार हुन्छ । यो सरकारले प्रभावकारी तरिकाले काम गरेर देखाउनुपर्छ ।

जनताको अलिकति निराशा छाउने होकी जनतामा भन्ने जुन आशंका छ, त्यो आशंकालाई मेट्नलाई अलिकति यो पछिल्लो चरणमा लाएको धुलोमैलो पखालेर टकटक्याएर जनताको अगाडी सफा रुपमा पेश हुन, प्रस्तुत हुन सक्रिय रुपमा लाग्नुपर्छ ।

तपाईहरु खाली भागवण्डामा रुमलिएर बस्नु भएको त होइन ? किन तपाईहरु व्यक्ति केन्द्रीत राजनीति गरिरहनु भएको छ ?
यो सबैको लागि दुःखको विषय हो । यो राजनीतिक अवसरवाद पनि हो । जुनसुकै पार्टीमा होस् यो राजनैतिक अवसरवाद माथि उठ्नुपर्छ । अहिलेको राजनीतिक प्रणाली भनेको जुन समावेशी समानुपातिक सिद्धान्तको आधारमा निर्वाचन प्रणालीबाट बनेको सरकार छ । राजनीतिक प्रणाली छ, यो प्रणाली भनेको सहमतीय सिद्धान्तको आधारमा चल्ने संस्कृतिलाई विकास गरेर जानुपर्ने हो ।

हाम्रो सहाकार्य, सहमतिको संस्कार संस्कृतिको विकास भइनसकेको अवस्था हो । त्यसकारणले सहमति र सहकार्यको संस्कारलाई अगाडि बढाउनुपर्छ । सानातिना, झिनामसिना स्वार्थहरुमा केन्द्रीत भएर राष्ट्रको राष्ट्रिय राजनीतिको हलो अड्काउन कहिले पनि हुँदैन । दलहरु त्यो भन्दा माथि उठ्न बल गर्नुपर्छ ।

अहिलेसम्म कोसिस त भइराखेको छ, पछिल्लो चरणमा त्यही पनि अझै पनि त्यो भन्दा बढी उदारता, फराकिलो, उच्च राष्ट्र र जनतालाई केन्द्रमा राखेर आफ्नो दल, आफ्नो पार्टी, आफ्नो नेता व्यक्ति विशेषलाई केन्द्रमा राखेर झै-झगडा गर्ने, मिलाउन नसक्ने, पार्टीभित्र पनि मिलाउन नसक्ने, त्यसपछि राष्ट्रिय समस्या समाधान पनि गर्न नसक्ने राष्ट्रिय समस्या समाधान दिनुभन्दा पनि आफ्नो किचलोमा रुमलिने जुन नेपाली राष्ट्रिय राजनीतिको रोग छ ।

यो राष्ट्रिय राजनीतिको रोगको राम्रो उपचारको आवश्यकता छ । त्यो उपचारमा सोंचमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता छ । राष्ट्र र जनतालाई केन्द्रमा राखेर राजनीतिक दलहरुले काम गर्नुपर्छ ।

राजनीतिक दलहरुले काम गर्नुपर्छ भनेर भन्दैगर्दा तर कसैले गरेनन् र गर्नको लागि चाहना र इच्छा शक्ति नेताहरुमा देखिएन नि तपाई के भन्नुहुन्छ ?
राजनीतिमा बिग्रिएको स्थिति भनेकोनै यही हो । राजनीति व्यक्ति केन्द्रीत भयो । आत्मकेन्द्रीत भयो । राजनीति स्वार्थ केन्द्रीत भयो राजनीति । आत्म केन्द्रीत, व्यक्ति केन्द्रीत र स्वार्थ केन्द्रीत राजनीतिले राष्ट्र उभो लाग्दैन । यसले राष्ट्रलाई बद्नाम गराउने, ओरालो लाग्ने अवस्था सिर्जना गराउँछ । त्यसकारण यसबाट अब हामी माथि उठ्नैपर्छ । हामी बदलिनुपर्छ ।

हाम्रो शरीरमा लागेको अनुहारमा लागेको धुलोमैलो पखाल्नको लागि राम्रो प्रकारले प्रयत्न नगर्ने हो भने राष्ट्र अगाडि बढ्दैन । न्यायको संघर्ष सकिएको छैन । राजनीतिक परिवर्तन हामीले ग¥यौ । संविधान पनि लेख्यौ । त्यसमा जनताको मौलिक अधिकारहरुलाई अन्य देशको संविधानमा भन्दा अझ परिस्कृत रुपले त्यहाँ व्यवस्थित पनि गरेका छौं ।

तर पनि जसरी हामीले राजनीतिक अधिकारलाई संविधानमा व्यवस्थित ग¥यौ तर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने जुन प्रश्न छ, त्यो प्रश्नमा हाम्रो संरचनागत परिवर्तन भएन । संरचनागत परिवर्तन नहुँदाखेरी आँखिरीमा जनता समानताको लागि, न्यायको लागि संघर्ष गर्नुपर्ने आवश्यकता बाँकीनै रहन्थ्यो । त्यसै कारणले त्यो पनि एउटा संघर्षको रुप हो ।

अझै पनि जनताले संघर्ष गर्नुपर्ने, आवाज उठाउनुपर्ने, आवाज बुलन्द गर्नुपर्ने जरुरी छ । संरचनागत परिवर्तन, राजनीतिक परिवर्तनका साथसाथै हाम्रो प्रशासनिक संरचनागत परिवर्तन गर्न नसक्दासम्म, सोंचमा परिवर्तन गर्न नसक्दासम्म जनताहरुले आफ्नो आवाज बुलन्द गर्नैपर्छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले गरिब, असहाय र निमुखा जनतालाई दशै मनाउनको लागि खर्च दिन्छौ भनेको छ, तर अहिलेसम्म कसैले पनि एक रुपियाँ पनि पाएका छैनन् नि किन ?
आजभोली नै हुन्छ भन्ने छैन । सरकारले पछिल्लो चरणमा त्यो चिज गर्न अलिकति संकेत गरेको छ । यो सकारात्मक छ, यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।

त्यसको लागि एउटा ठोस् मापदण्ड बनाएर जो चाहीँ बास्तवमै विपन्न छन्, गरिब छन् तिनीहरुको पहिचान गरेर उनीहरुलाई दिनुपर्ने आवश्यकता भएको हुनाले अर्थमन्त्रालयले सरकारले त्यसको लागि मापदण्ड बनाउने, पहिचान गर्ने र विना भेद्भाव हिजो पहिचानको नाममा अथवा जनतालाई राहत दिने नाममा कार्यकर्ताहरु आफ्नै पार्टी विशेषका कार्यकर्ताहरुलाई पोषण गर्ने जुन परम्परा थियो, त्योबाट अलिकति माथि उठेर त्यसलाई अझै बढी व्यवस्थित गरेर ठोस रुपमा जो विपन्न छन्, जो गरिब छन् तिनीहरुलाई दिनको लागि कार्यविधि बनाएर अगाडि बढ्नुपर्छ ।

सम्बन्धित समाचार

Как вывести деньги с 1win официального сайта
  • २०७८ आश्विन २५, १५: १७

Как вывести деньги с 1win официального сайта Меня зовут Алексей Смирнов, и в этой статье я расскажу вам, как вывести...

Pinco Casino: A Safe Space for Responsible Gaming
  • २०७८ आश्विन २५, १५: १७

Pinco Casino: A Safe Space for Responsible Gaming Salam, mənim adım Elvin Həsənov. Bu gün sizə “Pinco Casino: A Safe...

Najpopularniejsze gry z darmowymi spinami w Mostbet – rozpocznij przygodę
  • २०७८ आश्विन २५, १५: १७

Najpopularniejsze gry z darmowymi spinami w Mostbet – rozpocznij przygodę W świecie gier online, kasyna oferujące darmowe spiny są wyjątkowo...