
काठमाडौं । अधिकारकर्मी रुवी खानलाई सशरीर उपस्थित गराउन आदेश दिएको छ । गैर न्यायिक हिरासतमा राखिएकी नेपालगञ्जकी अधिकारकर्मी रुवी खानलाई यहि असोज २८ उपस्थित गराउन आदेश दिएको हो । अधिवक्ता मोहना अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो फैसला गरेको हो ।
न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले दसैँको नवमीको दिन खानलाई लिखित जवाफ सहित सशरीर अदालतमा उपस्थित गराउन बाँके जिल्ला अदालत, बाँके सरकारी वकिलको कार्यालय, बाँके प्रहरी कार्यालय र काठमाडौँ प्रहरी कार्यालयलाई आदेश दिएको स्रोतले बताएको हो ।
प्रशस्त जग्गा जमिन भएका बाँके नेपालगञ्जका दुई महिलाको शङ्कास्पद मृत्यु भएपछि घटना सत्य तथ्य अनुसन्धानको माग अधिकारकर्मीहरुको रहेको थियो । बाँकेमा घटनाको कुनै वास्ता नगरेपछि खान सहित २० दिन पैदलयात्रा गरेर १२ जना न्याय खोज्न काठमाडौँ आएका थिए ।
यहि असोज २२ गते माइतीघर मण्डलामा प्रशासनलाई जानकारी दिएर धर्ना बसिरहेका बेला १२ जनालाई पक्राउ गरे पनि ११ जनालाई छोडेर रुवीको बारेमा जानकारी दिइएको थिएन । आइतबार अधिकारकर्मी अन्सारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् तर जिल्ला प्रहरी कार्यालय काठमाडौँले अदालतलाई स्पष्ट जवाफ नदिएपछि उनले मंगलबार रुवीको रिहाइका लागि पूरक रिट दायर गरेकी थिइन् ।
रुवीलाई पक्राउ गरी नेपालगञ्ज लगिएपछि अदालतले बाँके प्रहरी कार्यालय सहित काठमाडौँ प्रहरी कार्यालयसम्मलाई आदेश दिएको छ । बाँकेमा प्रशस्त जग्गा जमिन भएका २ महिला बेपत्ता पारिएपछि त्यहाँका महिला अधिकारकर्मीहरूले घटनाको छानबिनको माग गर्दै धर्ना तथा आन्दोलन गर्दै आइरहेका छन् ।
1. Royal Reels 10 – The High‑Intensity Playground royal reels 10 is a bustling online casino that thrives on fast,...
Quando cerchi una scarica di adrenalina in pochi minuti, Wazamba casino offre un parco giochi che sembra pensato per il...
1. Quick‑Hit Play in the Digital Age Σε έναν κόσμο όπου ένα διάλειμμα καφέ μπορεί να μετατραπεί σε μαραθώνιο παιχνιδιού,...