
काठमाडौं । देशको विभिन्न भागमा आएको बाढी र पहिरोमा परी १५ जनाले ज्यान गुमाएका छन् । धेरै मानिस सम्पर्कविहीन छन् । दुई दिनदेखि लगातार परेको पानीले व्यापक क्षेती पु¥याएको छ ।
पश्चिमी वायुको प्रभाव नेपालमा परेका कारण पानी लगातार परीरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षासँगै आएको बाढी–पहिरोमा परी डोटीमा ८ जना, बैतडीमा तीनजना र सुनसरीमा दुई जना, कालीकोट र डडेलधुरामा एक–एक जनागरी १५ जनाको मृत्यु भएको छ भने २३ जना बेपत्ता भएका छन् ।
बाढी, पहिरामा परी मृत्यु हुनेमा जिल्लाको शिखर नगरपालिका–११ की अन्दाजी ३५,३६ वर्षीया मन्दरा बलायर, जोरायल गाउँपालिका–३ का अन्दाजी ६२, ६३ वर्षीय जोगी सार्की, सोही गाउँपालिका–४ का अन्दाजी ४२ का शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीया पवित्रा विक, १६ वर्षीय रविन विक रहेको जिल्ला प्रहरी कार्यालय, डोटीका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए । त्यस्तै सायल गाउँपालिका–६ मेल्लेखका वीरबहादुर कुन्जेडाको घर भत्किँदा १५ वर्षीय सागर र ११ आशिष कुन्जेडाको मृत्यु भएको छ । छत्रे खोलाले बगाउँदा ७४ वर्षीय वीरे रोकाया बेपत्ता भएका छन् ।
उता केआइसिंह गाउँपालिका–४ मा जोखिममा परेकाहरुलाई गाउँपालिकाको कार्यालय, स्वरोजगारको कार्यालय, प्रहरी चौकी वायल र मन्दिरमा राखिएको प्रहरी कार्यालयले जनाएको छ । यता बैतडीको शिवनाथ गाउँपालिका ६ मा घर माथिबाट खसेको पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोमा परी भालु पार्कीका १८ वर्षीया बुहारी पवित्रा पार्की र २४ वर्षीया बुहारी भानु पार्की र उनको तीन वर्षीया नाती सोम पार्कीको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले बताइन् ।
अविरल वर्षासँगै मंगलबार दिउँसो पौने २ बजे पहिरोले सुनसरीको धरान उपमहानगरपालिका–१३ नागेश्वर मार्ग बस्ने निसान राईको घर पुरिँदा उनकी ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहानको मृत्यु भएको छ । यता कालीकोटको महाबै गाउँपालिका–७ राम्नीका विष्णुलाल अधिकारीको घर भत्किँदा उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ । यस्तै डडेलधुराको गन्यापधुराका विष्णु अवस्थीको कच्ची घरमाथि पहिरो खस्दा उनको मृत्यु भएको छ ।
३२ वर्षीय अवस्थी र उनकी ६ वर्षीया छोरी सरिता घाइते भएका थिए । बझाङमा तीन दिनदेखि परेको अविरल वर्षासँगै गएको पहिरोका कारण चार घरपरिवार सम्पर्कविहीन भएको वताइएको छ । थलारा गाउँपालिका–४ को डिख्लामा मंगलबार बिहान पहिरो जाँदा चार परिवारका सदस्य सम्पर्कविहीन भएको स्थानीय शिक्षक मदन साउदले बताए ।
When you’re looking for a casino that lets you grab a win and move on in a flash, Simsinos has...
The Pulse of Quick Play When you open Reels of Joy, the first thing that hits you is the electric hum of...
1. The Pulse of Rapid Gaming at Chippy Casino When you hit the Chippy Casino login screen, the first thing...