फूटको संघारबाट बचाउने एनआरएनएकाे पाँच बुद्दे सञ्जीवनी बुटी यस्ताे छ – Naya Bikalpa
July 27, 2026, Monday      Epaper
१०औं महाधिवेशनः

फूटको संघारबाट बचाउने एनआरएनएकाे पाँच बुद्दे सञ्जीवनी बुटी यस्ताे छ

काठमाडौं । एनआरएनए अभियानलाई एकताबद्ध गरौं, विभाजनका लागि गरिने सबैखाले गतिविधि बन्द गरौं भन्ने नाराकासाथ गैरआबासीय नेपाली संघ अगाडि बढेको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको १०औं महाधिवेशन र विश्व सम्मेलनलाई लिएर बिगत लामो समयदेखि आन्तरिक विवादमा फसेको थियो ।

विभिन्न चरणमा शृङ्खलाबद्ध सस्थाभित्र र बाहिर गुटबन्दी मौलाइरहेको बेला आफू केन्द्रीत गतिविधि गरेका कारण पछिल्लो समय प्रवासमा बस्ने लाखौं नेपालीहरुको आस्थाको केन्द्रमा रहेको गरीमामय संस्था विभाजित हुने र संस्थाको बदनाम गर्ने जस्ता गतिविधि भईरहेकोले सस्थाको सर्वापरि हितलाई मध्यनजर गरी नेपाल, नेपाली र संस्थाको स्वार्थ अनुरुप यस सस्थालाई बचाउन अभियान थालिएको छ ।

संसारभरी छरिएर रहेका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समितिमा रहेर अध्यक्ष, पदाधिकारी, सदस्य भई कार्य गरीसकेका, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका पदाधिकारी, सदस्य एंवम् विभिन्न उपसमितिमा बसेर कार्य गरीसकेका जनसम्पर्क समितिका अध्यक्ष,

पदाधिकारी र विभिन्न पदमा कार्य गरीसकेका, लामो समय देखि एनआरएन अभियानमा सहभागि भएकाहरुको बीचमा छलफल, सम्वाद र बैठक पछि सस्थाले गरेका गतिविधि र सस्थाले अझ गैरआवासीय नेपालीहरुको हकहितका निम्न अझ थप अभियान गर्नु पर्ने आवाश्यक्ता बमोजिमको सबैको सहमति तथा प्रतिवद्धताकासाथ अभियान चलाउने निर्णय भएको सस्थाले जनाएको छ ।

एनआरएन बचाउ एकता अभियान
एनआरएनले संस्था बचाउन, नीति, नियम, पद्धति र बिधान अनुरुप सहमति सहकार्य तथा एकताबाट एनआरएनएको १०औ केन्द्रिय महाधिवेशन सम्पन्न गर्ने उदेश्य बोकेको एनआरएनएले जनाएको छ । हालसम्म भएका राम्रा र नराम्रा गतिविधिको जिम्मेवारी वर्तमान अध्यक्ष कुमार पन्त र उनको नेतृत्वमा नबाैं केन्द्रीय महाधिवेशनबाट निर्वाचित पदाधिकारी, संरक्षक, सल्लाहकार र सदस्यहरुले लिनु पर्ने बताएको छ ।

१० औं अधिवेशन र विश्व सम्मेलन समयमा नै सम्पन्न गर्न वातावरण तयार गर्न नसकेको प्रति गैर आवासीय नेपालीका बीच क्षमायाचना गर्दै सबै पक्षलाई एकतावद्ध गरी अबिलम्ब विवाद समाधान तथा विभाजन रोक्न वार्ता समति गठन गर्नुपर्ने सस्थाको ठहर छ । संस्थाको नीति र पद्धति तथा पदिय जिम्मेवारी, भुमिका र महत्वलाई समेत ख्याल नगरि

नबौ केन्द्रीय अधिवेशनका अध्यक्ष कुमार पन्तसहित निर्वाचित समितिका उपाध्यक्षको नेतृत्वमा छुट्टै महाधिवेशन आयोजना भन्ने चर्चामा आएको प्रसङ्गलाई तत्काल खारेज गरी अबिलम्ब एकताको महाधिवेशन गर्न सम्बन्धीत पक्षलाई समेत आग्रह गर्ने बताएको छ ।

गुट उपगुट बनाउनु भन्दा पनि संरक्षक परिषद् अभिभावकको भूमिका निभाउन पक्ष र विपक्षको भूमिका निभाउन सबैले पहल गर्नुपर्ने सस्थाले जनाएको छ । मुख्यगरी संस्थाको हीतलाई सर्वोपरि हितठानी सहजकर्ताको भूमिका निभाउनु पर्ने ठाउँमा पक्ष र विपक्ष भएर मैदान मै आ–आफ्ना उम्मेदवार लिएर उत्रिनु विभाजनको प्रमुख कारण भएको ठहर गर्दै गुटबन्दीबाट माथि उठेर सस्थाको हितलाई सोच्न हालै बसेको जुम मिटिङ्गले निर्णय गरेको छ ।

विवाद दिन प्रतिदिन बढ्दै जानुमा व्यवसायीक, व्यक्तिगत र राजनितिक मनमुटावले नेपाली ड्यासपोरालाई झिङ्गेल्दै जानाले संस्थालाई जिताएर जित्ने भन्दा पनि अरुलाई हराउनै पर्ने र संस्था हराएर आफू जित्नु पर्छ भन्ने बिचारलाई निश्तेज गर्न जरुरी भएको वैठकले ठहर गरेको छ ।

सामाजिक, राजनैतिक, भौगोलिक प्रतिनिधित्व हुने गरी सबै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समितिको उच्च सम्मानलाई ध्यानमा राखेर आवश्यक समिति गठन र परामर्श गरी विवाद निरुपरण गरीने समतिले जनाएको छ ।

संसारभरबाट सहभागि यो अभियान थालनीको भर्चुअल बैठकले सबै नेपालीहरुलाई एकजुट हुन र संस्था बचाउँन सामुहिक आव्हान गर्ने प्रतिवद्धता जाहेर गरेको छ । यी पाँच सञ्जीवनी वुटीले एनआरएनएलार्य फुटको संघारबाट बचाउने अभियान कर्ताहरुले नयाँ विकल्पलाई बताएका छन् ।

प्रमुख अभियान कर्ताहरमा आनन्द बिष्ट, अमेरिका, बालकृष्ण पान्डे, भारत, पुर्ण हमाल, पोर्तुगल, युवराज गुरुङ, बेलायत, नरेन्द्र भाट, कतार, हिक्मत थापा, नाइजेरिया, हरिहर शर्मा, फ्रान्स, योगेन्द्र क्षेत्री, बेलायत, सुदर्शन थापा, मकाउ, गिरिराज कुवर, दक्षिण कोरिया, कृष्ण गिरि, अस्ट्रेलिया, रोशन केसी, जापान रहेका छन् ।

त्यसैगरी एनआरएनएको भर्चुयल बैठकमा प्रतिबद्धता व्यक्त गर्ने हरुमा शशी पौडेल, नेदरल्यान्ड, चोलाकान्त पङेनी, मलेसिया, नवीन थपलिया, स्विडेन, जितेन्द्र शाही, नर्बे, ओकिल केसी, पोर्तुगल, शुरेश गुरुङ, अस्ट्रेलिया, एकराज गिरि, स्पेन, यमलाल सुबेदी, डेनमार्क, शरण केसी, जर्मनी, खेमराज बस्नेत, युएई, दिपिका भुसाल,

इजरायल, पदम क्षेत्री (रामचन्द्र), नेदरल्यान्ड, आस्थाबिन्दु मल्ल, दक्षिण कोरिया, पुस्प राज भन्डारी, स्पेन, नारायण सुवेदी, जापान, मन थापा, नाइजेरिया, सुनिल शाह, अमेरिका, गणेश केसी, अस्ट्रेलिया, अनुजा प्रधान, बेल्जियम, कमल पन्थी, बेल्जियम, गङ्गाधर गौतम, बेल्जियम रहेका छन् ।

सस्था भित्रको व्यक्तिगत मनपरी, गुटउपगुटको अन्त्य गरी सस्थाको सर्वोपरी हित कायम गर्न सबैले पहल गर्ने प्रतिवद्धता जनाउदै एनआरएन बचाउ एकता अभियानमा पूर्ण साथ दिने बताएका छन् । यो संस्थालाइर् बचाउन सम्पूर्ण एनआरएनएहरू एकजुटका लागि यो जुम बैठक गरिएको एनआरएनए मकाउका सुदर्शन थापाले नयाँ विकल्पलाई बताए ।

त्यस्तै २२ वर्षदेखि जापानमा व्यवसाय गर्दै आएका विद्यान कमिटिका सदस्य अजय गुरुङ भन्छन गैर आवाशीय नेपालीहरुको हिक हितका लागि एनआरएनए ठूलो सञ्जाल भएकाले यसलाई गुठउपगुठबाट बचाउनु पर्ने बताए ।

त्यसैगरी बैठकमा अर्का सहभागिले एनआरएनए भनेको गैर नाफामुलक, गैर राजनीतिक संस्था भएकोले राजनीति गर्नेहरुले आफ्नो ठाउँमा गर्नुपर्ने बताउँदै विश्वमाभर छरिएर रहेका नेपालीहरुको हिकहितका लागि र सिंगो नेपाल देश कसरी सहयोग गर्न सकिन्छ यसतर्फ लाग्नु पर्ने बताए ।

सम्बन्धित समाचार

1Red Casino Review: Snelle Winsten & Hoog‑Intensieve Slots voor de Snel‑Pace Speler
  • २०७८ चैत्र १, ११: ५५

Wanneer je op zoek bent naar een casino dat directe spanning biedt, biedt 1Red Casino een gestroomlijnde ervaring die draait...

Koning Casino: Quick‑Hit Slots en Hoog‑Intensieve Gaming voor de Moderne Speler
  • २०७८ चैत्र १, ११: ५५

In de wereld van online gokken verlangt een groeiend aantal spelers naar momenten van adrenaline in plaats van marathon sessies....

Verde Casino – Quick Wins en Intense Slots Play
  • २०७८ चैत्र १, ११: ५५

Waarom Korte Sessies Ertoe Doen In de wereld van online slots is momentum koning. Spelers die een handvol spins doen,...