दुर्भाग्यवश अहिले देश उल्टो गतिमा हिँडिरहेको छ । लगानी कम हुँदै छ, विदेशी लगानी निरुत्साहित भइरहेको छ – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

दुर्भाग्यवश अहिले देश उल्टो गतिमा हिँडिरहेको छ । लगानी कम हुँदै छ, विदेशी लगानी निरुत्साहित भइरहेको छ

प्रकास शरण महत्त–सहमहामन्त्री, नेपाली काँग्रेस

संसदबाट स्वास्थ्य विद्येयक जर्बजस्ती पास गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सडकबाट आन्दोलन गर्ने रणनीतिमा पुगेको छ । गएको माघ २१ गते देशव्यापी विरोध जनप्रदर्शन ग¥यो । विरोध प्रदर्शनपछि जनताको समर्थन आएको भन्दै काँग्रेस हौसिएको छ ।

केन्द्रीय समितिको बैठक पनि चलिरहेको छ । ने.वि.संघको महाधिवेशनबारे छलफल कायमै रहेको छ । विधान संशोधनको बारेमा महासमितिले दिएको माइण्डेड संस्थापन पक्षले उल्लघन गर्न लागेको आरोप डा. शेखर कोइराला र गगन थापाले लगाइरहेका छन् ।

सरकार र प्रमुख प्रतिपक्षी दलसँग कुनै वार्ताको वातावरण बनाइरहेको छैन भने काँग्रेस आन्दोलनको तयारीमा रहेको छ । भर्खरैमात्र प्रचण्डले दिएको वक्तव्यबारे राजनीति वृत्तमा निकै चासो बढिरहेको छ । उक्त वक्तव्यको बारेमा नेपाल कम्युनिष्ट पार्टीभित्रै विवाद चुलिदै गएको छ । प्रचण्ड पक्षले आफ्नो बचाउ गरिरहेको छ भने प्रधानमन्त्री के.पी शर्मा ओलीले आलटाल गरेर यो प्रकरणलाई टार्न खोजेका छन् ।

काँग्रेसभित्रको वर्तमान संस्थापन पक्षको खुलेर समर्थन र बचाउ गर्दै आउनुभएका पूर्व परराष्ट्रमन्त्री एव्म अर्थविद् डा. प्रकास शरण महत्तले यो परिदृश्यलाई निकै नजिकबाट नियालिरहनु भएकोले यिनै विषयलाई केन्द्रविन्दु बनाएर पत्रकार ऋषि धमलाले नयाँ विकल्प साप्ताहिकका लागि नेपाली काँग्रेसका सहमहामन्त्री, डा. प्रकास शरण महत्तस“ग गरेका कुराकानीको सम्पादीत अशंः

संसदमा स्वास्थ्य विद्येयक पास भईसकेपछि प्रमुख प्रतिपक्षी दल काँग्रेस आन्दोलन गर्ने भन्दै जन प्रदर्शन गरिरहेको छ नि, अब केका लागि आन्दोलन ?
सरकारले संसदलाई आफुअनुकुल बनाउने र सरकारबाट संसदलाई रुलिङ्ग गर्ने गलत परिपार्टी गर्न लागेका कारण हामी जनताका माझ गएका हौं । संसदमा सबैभन्दा ठुलो पार्टी भयांै भन्दैमा सरकारले सबै कुराको उल्लघन गर्न मिल्दैन ।

अहिले सरकारले संसदमा प्रतिपक्षीको आवाजलाई दबाउने र जर्बजस्ती ऐन, नियमहरु पास गर्ने काम गरिरहेको छ । यस्तो अवस्थामा काँग्रेसले आन्दोलनको बाटो नरोजेर के गर्ने त ? हामीले जनतालाई भन्नुप¥यो नि ! के हामीले संसदलाई एकलौटी ढंगले चल्न दिने हो भनेर जनतासामु सोध्नु त प¥यो नि ! त्यसैले गएको माघ २१ गते देशभर व्यापक जनप्रदर्शन भएका छन् । सरकारका विरुद्ध जनता अब सडकमा आइसकेका छन् ।

हामी जिम्मेवार प्रतिपक्षी हुँदाहुँदै पनि अहिलेको सरकारले हामीलाई सडकमा धकेल्ने काम गरेको छ । स्वास्थ्य विद्येयक जुन जर्बजस्ती पास गर्नुभयो त्यो उहाँहरुको ठुलो स्वार्थ लुकेको छ । त्यो भविष्यले देखाउला । त्यसकारण काँग्रेस २१ गतेको जन प्रदर्शन मात्रै होइन, ठुलो आन्दोलनको आधिबेहरी लिएर सडकमा आउन सक्छ ।

तपाई अर्थविज्ञ पनि भएको कारणले वर्तमान अवस्थामा देशको आर्थिक वृद्धिदर कस्तो छ, प्रगति गर्न के गर्नुपर्ला ?
नेपाली काँग्रेसको इतिहासमा २०४६ साल पछिको कुरा गर्ने हो भने हाम्रै नेतृत्वमा देशका आर्थिक वृद्धिदर बढेको थियो । हामीले दुई प्रतिशतबाट आर्थिक वृद्धिदर ७.५ प्रतिशतसम्म पु¥याएका थियौं । तर तत्कालीन अवस्थाबाट मुलुक द्धन्द्धमा फस्दै गयो । तत्पश्चात आर्थिक बृद्धिदरको गति रोकिदै गए । मुलुक द्धन्द्धमा फसेपछि संक्रमणकालिन परिस्थितिका कारण निकै लामो समयसम्म वृद्धिदर बढ्न समय लाग्यो ।

नेपाली काँग्रेसलाई थाहा छ की देशमा आर्थिक वृद्धि कसरी गर्न सकिन्छ, देशमा समृद्धि कसरी ल्याउन सकिन्छ भन्ने कुरा काँग्रेसलाई राम्रोसँग थाहा छ । दुर्भाग्यवश अहिले देश उल्टो गतिमा हिँडिरहेको छ । लगानी कम हुँदै छ, विदेशी लगानी निरुत्साहित भइरहेको छ, गतवर्ष भन्दा अहिले पाँच प्रतिशतले विदेशी लगानी कम भएको छ । स्वदेशी लगानी समेत निरुत्साहित भइरहेको अवस्था छ । त्यसोहुनाले मलाई लाग्छ जबसम्म विधिको शासन र कानुन अनुसार काम गर्दा कतैबाट हस्तक्षेप हुँदैन । स्वदेशमा लगानी गर्दा लगानीको सुरक्षा पनि चाहिन्छ ।

त्यो सुरक्षा गर्ने काम सरकारको हो । त्यसैले गैह्रकानुनी शर्त, सेवाहरु बन्द गर्नुपर्दछ । त्यसैले हामीले पहिलादेखिनै एन.जि.ओ., आई.एन.जि.ओको बारेमा धेरै कुरा उठाउँदै आयौ ।

तपाईले यो कुरा उठाउँदै गर्दा तपाईको पार्टीले सरकार चलाउँदा यो विषयमा किन कुरा उठान गर्न सक्नुभएन र पहल गर्नुभएन त ?
तपाईलाई थाहानै होला, त्योभन्दा अगाडि पनि कम्युनिष्ट सरकार थियो । उहाँहरुको जुन नियमनकर्ता निकाय थियो, त्यो नियमनकर्ताले किनबेच गर्दाखेरी नियमनकर्ताको अनुमति चाहिने व्यवस्था छ । कर विभाग, दुरसञ्चार प्राधिकरण जस्ता स्थानहरुमा विवादास्पद व्यक्तिलाईनै सरकारकाले लेरआयो ।

त्यसकारणले मलाई के लाग्छ भने सरकारलाई त्यस विषयमा चासो चिन्ता दिनै सकेन । म स्वयं मन्त्रीपरिषद्मा हुँदा यो कुरा जोडदार ढङ्गबाट उठाएको थिए । त्यो भन्दा पहिला पनि उठाएको हो, त्यसलाई कसैले पनि ध्यान दिएन । विदेशीले बेचेर हिँडिसकेपछि कारवाही गर्ने कुरा आउँछ ? त्यसलाई कारवाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ भनेर हामीले भन्दै आइराखेका कुरा सरकारले सुन्दै सुनेन ।

उसोभए एनसेल प्रकरण लगायत भ्रष्टाचार काण्डमा धेरै नेताहरुको नाम मुछिएको पनि हल्ला छ, तपाईलाई के लाग्छ, यस्तै ठुल–ठुला भ्रष्टाचारले मुलुकको आर्थिक वृद्धिदरमा कसरी वृद्धि हुन सक्छ ?
यसमा हात क–कसको छ भन्ने कुरा यथेष्ट तथ्य रुपमा नियमनकारी निकायहरु छन् । कहाँबाट त्रुटि भएको छ, कुनबेला त्रुटि भएको छ भन्ने कुराको छानविन हुनुप¥यो । अहिले फेरी फोर.जि को कुरा आइरहेको छ । फोर.जि मा धेरै ठुलो घोटला, संस्थागत भ्रष्टाचार भइरहेको अवस्थामा आर्थिक वृद्धि कसरी सम्भव हुन्छ त ? हामीले महासमिति बैठकमा आर्थिक नीति सम्बन्धी प्रस्ताव पेश ग¥यौ ।

हामीले आर्थिक वृद्धि विषयमा समिक्षा गरेका छौ र त्यसको आधारमा हामी के नतिजामा पुगेका छौं भन्दाखेरी मुलतः हाम्रो नेपाली काँग्रेस पार्टीले अख्तियार गरेको आर्थिक नीति ठिक हुँदै गएको छ । त्यसकारणले देशमा धेरै ठुलो आर्थिक वृद्धिको बाटो अख्तियार गर्न हामी सफल भयौ । तर त्यसलाई पनि अझ समयानुकुल परिमार्जन गर्नुपर्ने आवश्यकता छँदैछ । कृषिको कुरा गर्ने हो भने कृषिजन्य उत्पादनमा हामी आत्मनिर्भर हुन सकिरहेका छैनौ ।

सामान्यभन्दा सामान्य उपभोग्य वस्तु पनि आयात गर्नुपर्ने स्थिति छ । जो खास, सही र राम्रो उत्पादन गर्ने कृषकहरु छन्, तिनीहरुलाई हामीले संरक्षण गन सकेका छैनौ, उनीहरुलाई कुनै न कुनै किसिमबाट सहयोग गर्नुपर्ने हुन्छ, उनीहरुलाई अनुदान दिनुप¥यो । अहिलेको अनुदानको नीति उपयुक्त छैन । त्यस्तैगरी भन्सार दरमा पनि हामीले उत्पादनशील सामाग्रीमा गर्न सम्भव छ ति वस्तुहरुमा संरक्षण दिनुप¥यो ।

उत्पादन कर्ताहरुलाई प्रोत्साहन गर्ने र आयातमा अलिअलि कर लगाएर राजस्व बढाउने नीति सरकारको छ । यसरी कदापी देश अगाडि बढ्न सक्दैन । त्यसबाट समृद्धि सम्भव छैन । देशभित्रै रोजगार सम्भव छैन । कृषि प्रधान देशको कुरा गर्ने हो भने हाम्रो देशमा तरकारी आयात हुन्छ । धेरै ठुलो व्यापार घाटा छ । आयात बढेको बढै छ, निर्यात कम हुँदै गएको छ । त्यसो हुनाले हामीले पहिलो कुरा आयातलाई कम गर्ने नीति अपनाउनु प¥यो । आयात कम गर्नको लागि देशमा ति वस्तुहरुको उत्पादन हुनुप¥यो ।

ति वस्तु तथा सेवा उत्पादन गर्नका लागि कृषकहरुलाई प्रोत्साहन गर्ने, कृषिको उत्पादकत्व बढाउने नीति हामीले लिनुपर्छ । त्यस्तैगरी औद्योगिक उत्पादन, सेवामूलक वस्तुको उत्पादन वृद्धि गर्नको लागि संरक्षणको नीति सँगसँगै प्रोत्साहनको नीति हामीले लिनुपर्छ । शान्ति सुरक्षाको सुनिश्चितता हुनुप¥यो । स्थिर सरकार आएपछि लगानी बढ्छ भन्ने अपेक्षा थियो । तर दुर्भाग्यवश उहाँहरुले यस्तो खालको अभिव्यक्ति दिन थाल्नुभयो । अब हामी सत्तामा आयौ । हामीले अब जे गरेपनि हुन्छ भन्ने खालको मानसिकतामा उहाँहरुबाट हुन थालेकोले आर्थिक वृद्धिदर हुन नसकेको हो ।

धेरै पहिलेदेखि मेलम्चीको पानी जनताले खान पाउने भन्दै आउनुभयो, तर जुन सरकारले पनि मेलम्चीको पानी ल्याउँछु भन्ने तर पानी नआउने कारण के हो ?
मेलम्चीको पानीमा पनि कमिसनको कुरा आइरहेको छ । त्यसबाट चाँही ठेकेदारले काम छोड्यो भन्ने कुराहरु पनि आइरहेको छ । अनेक प्रश्नहरु उठिराखेको छ । अब यहाँ के छ भनेदेखि विकास निर्माणका कामहरुलाई पारदर्शी ढङ्गबाट सञ्चालन गर्ने, उद्योग व्यवसायहरुलाई कानुन अनुसार चल्न हाम्रो सहयोग हुन्छ भन्नुको सट्टा हामीलाई के प्राप्त हुन्छ ? हामीले के पाउँछौं ? हाम्रो कुरा हुन्छ की हुँदैन । भन्ने मानसिकताबाट चाँही यो कम्युनिष्ट सरकार चलिरहेको छ ।

फेरी यो विषयमा काम रोकिने, ठेक्काको नाममा अनेक अरुखाले चलखेल हुने जस्ता प्रवृत्ति बढिराखेका छन् । यस्तो अवस्थामा देशमा लगानी बढ्न सक्दैन । सरकारी स्तरबाट सञ्चालन भएका आयोजनाहरु पनि समयमा पूरा हुन सक्दैन । त्यसको लागत बढ्दै जान्छ । देशमा यस्ताखाले अवस्था सिर्जना भइरहेको छ । पारदर्शी शुन्य छ । कर्मचारीतन्त्रलाई पूरै राजनीतिकरण गरिरहेको अवस्था छ । पार्टी एकीकरण गरिएको अवस्था छ । सुरक्षा निकायलाई समेत राजनीति र पार्टीकरण गर्न खोजिदै छ ।

शान्ति सुरक्षाको प्रत्याभुति छैन । त्यसले गर्दा उद्योग, व्यवसाय गर्ने वातावरण छैन । उद्योग, व्यवसाय गर्ने वातावरण छैन भनेर विश्व बैंकले रिपोर्ट दिइसकेको अवस्था छ । भ्रष्टाचारको तालिकामा माथि उठ्दै जाने प्रगति भईरहेको छ । उद्योग, व्यवसाय गर्ने ¥याङ्किंङमा झन तल झ¥यो । सम्माननीय प्रधानमन्त्रीका कुराहरु ठुला–ठुला हुन्छन् ।

तर काम भने शुन्य छ । उहाँहरु विपक्षीलाई कसरी नियन्त्रण गर्ने, कसरी निषेधित गर्ने कसरी दबाउने, कसरी संसदीय मर्यादा नाघेर अगाडि बढ्ने जस्ता कुराहरुमा मात्रै सरकारको ध्यान गएका कारण मुलुक अस्तव्यस्त हुँदै गएका कारण ठुला आयोजनाहरु पनि समयमा सम्पन्न नभएका हुन् । हाम्रो सरकारको पालामै धेरै काम सकिएको थियो । कहिले ठेकेदारलाई भगाउने, कहिले काम गर्न नदिने जस्ता कारणले गर्दा मेलम्चीको खानेपानी रोकिएको हो जस्तो लाग्छ मलाई ।

नेपाली काँग्रेस प्रतिपक्षीमा हुँदा जसरी सशक्त भएर अगाडि बढ्छ, त्यसैगरी सरकारमा गएका बेला बेथिति बढ्छ भन्छन् नी अन्य राजनीतिक दल ? के यो कुरा हो ?
नेपाली काँग्रेस सरकारमा हुँदाको बेथितिको कुरा गर्नुभयो तर यो देशमा थिति बसाल्ने नै नेपाली काँग्रेस हो । नेपाली काँग्रेसकै नेतृत्वमा देशले आर्थिक प्रगतिको बाटोमा हिँडेको थियो । राजादेखि कम्युनिष्ट पार्टी सबैको टाउको दुख्यो, यसले गर्दा देश द्धन्द्धमा फस्यो । नेपाली काँग्रेसकै नेतृत्वमा बल्ल हामीले शान्ति स्थापना गर्न सफल भयौं । नेपाली काँग्रेसकै नेतृत्वमा संविधान निर्माण भयो र हाम्रै नेतृत्वमा निर्वाचन पनि सफल गरायौं ।

त्यही निर्वाचनको कारणले उहाँहरु ठुला–ठुला नाराहरु लिएर सपना बाड्दै हिँड्नुभयो । हामीले के–के न गर्छौ भन्नुभयो तर अहिले नतिजा देशका सम्पूर्ण जनताले देखिसकेका छन्, बुझिसकेका छन् । सरकारमा आइसकेपछि उहाँहरुको नीति हेर्नुस् लथालिङ्ग छ । के बोल्नुपर्ने हो ? के बोल्नु नपर्ने हो, के गर्नुपर्ने हो र के नगर्न पर्ने हो, उहाँहरुलाई केही अत्तोपत्तो छैन । जे मन लाग्यो त्यही अभिव्यक्ति आइराखेका छन् ।

त्यसले गर्दा विदेश सम्बन्ध बिग्रिराखेको छ । त्यसैले नेपाली काँग्रेसलाई दोष दिन मिल्दैन । यद्यपी नेपाली काँग्रेसको कमी–कमजोरी नै थिएन भन्ने पनि होइन । सानोतिनो कमी–कमजोरी भयोहोला, हामी एकदमै प्रफेक्ट थियौं, आदर्श थियौ भन्ने पनि होइन । तर हामीले देशलाई कसरी अगाडि बढाउने भन्ने सु–स्पष्ट हाम्रो दृष्टिकोण रहेको थियो ।

हामीले भेदभावको नीति लिदैनथ्यौ । यसले हामीलाई भोट दियो यसले भोट दिएन । यसलाई सेवा सुविधा दिनुपर्छ, यसलाई दिनुहुन्न भन्ने खालको हाम्रो दृष्टिकोण थिएन । कर्मचारीहरुमा समेत त्यस्तो भेदभाव गर्ने हाम्रो चलन थिएन, यसले हामीलाई भोट हालेको थियो कि थिएन भन्ने आधारमा यसलाई छनौटमा राख्ने, सरुवा गर्ने, घटुवा गर्ने जस्ता काम त नेपाली काँग्रेस पार्टीले कहिल्यै गरेको थिएन ।

तपाई परराष्ट्रविद् पनि भएको कारण नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले दिनुभएको वक्तव्यले भेनेजुएला प्रकरणमा नेपालको परराष्ट्र नीतिबारे उक्त वक्तव्यले अहिले निकै चर्चा छ नि तपाई के भन्नुहुन्छ ?
यो कएदम अपरिपक्व अत्यन्त अदुरदृष्टिकोणबाट आएको वक्तव्य हो भन्ने लाग्छ । पहिलो कुरा भेनेजुएला आफैमा त्यो कुनै त्यहाँको आदर्श सरकार होइन ? त्यहाँ जर्बजस्ती शासन गरेको अवस्था छ । त्यहाँका जनता लाखौ गुणा छन् । एक्लै चुनाव जितेर बसेका त्यहाँका राष्ट्रपति छन् । संविधान कानुन सबै मिचिएको छ । अब त्यस्तो देशको पक्षमा उभिनुपर्ने चाँही के कारण के हो ? न हाम्रो त्यो देशसँग ठुलो आर्थिक, व्यापारिक सम्बन्ध छ ।

संयुक्तराज्य अमेरिकालाई गाली गर्ने हो ? अमेरिका लामो समयदेखि नेपाललाई सहयोग गर्ने पहिलो देश हो । सबभन्दा पुरानो कुटनीतिक सम्बन्ध राख्ने देश अमेरिकानै हो । अमेरिकालेनै आर्थिक सहयोग गरेका कारण हाम्रो देशमा ठुला योजनाहरु सञ्चालन भईरहेका छन् । शक्तिसाली राष्ट्रहरुलाई गालीगलौज गरेर हाम्रो परराष्ट्र नीति सुध्रदैन ।

परराष्ट्रनीति जोसुकै सरकारमा भएपनि एउटै हुनुपर्छ । उहाँहरु एउटै पार्टीको दुई वटा अध्यक्षहरुकै भेनेजुएला प्रकरणमा भनाई फरक फरक आएको छ । प्रधानमन्त्रीले प्रचण्डजी चिप्लिनु भयो भनेको छ, के हो चिप्लिनु भयो भनेको ? भेनेजुएलाजस्तो देशलाई प्रचण्डजीले समर्थन गरेर के मुलुकलाई भेनेजुएला बनाउन खोजिएको हो ? उहाँहरुको पार्टीभित्रै व्यापक विवाद सिर्जना भएको छ । किन त्यस्तो अभिव्यक्ति दिनुभएको हो । त्यो वक्तव्वयको आवश्यकता के थियो ।

त्यो उहाँलेनै जान्ने कुरा हो । हामी हाम्रो कुरा गर्दा कुनैपनि राष्ट्रका बारेमा बोल्दा परराष्ट्र नीति एउटै हुनुपर्छ भन्छौं । तर उहाँहरु एउटै पार्टी दुई अध्यक्षहरुको भनाईनै फरक किन आयो ? अहिले प्रचण्डजी आफ्नो वक्तव्यमा अडिक हुनुहुन्छ भने प्रधानमन्त्री चाँही भेनेजुएला प्रकरणमा कुन दुलोबाट बचिएला भनेर भाषण गरिरहनु भएको छ । यस्तो अवस्थामा सरकारमा रहने नेपाल कम्युनिष्ट पार्टीको न विदेश नीति स्पष्ट छ, न आर्थिक नीति स्पष्ट छ, न मुलुकको समृद्धिलाई अगाडि बढाउने कुनै खाका नै छ । त्यसकारण भाषण र हल्ला गरेर समृद्धि आउँदैन ।

सम्बन्धित समाचार

Stake Casino: Quick‑Play Thrills voor High‑Intensity Gamblers
  • २०७५ माघ २८, ०९: ३७

1. The Pulse of Stake’s Short‑Session Landscape Stake Casino heeft een niche gevonden voor spelers die verlangen naar directe opwinding...

Betify Casino : Gains Rapides et Sessions Courtes pour le Joueur Moderne
  • २०७५ माघ २८, ०९: ३७

L’essor du Quick Gaming chez Betify Dans la culture actuelle où tout va vite, les joueurs recherchent une gratification instantanée....

Betify Mobile Gaming : Gains Rapides et Frissons Instantanés
  • २०७५ माघ २८, ०९: ३७

Betify a créé une niche pour les joueurs qui aiment tourner, parier et gagner en déplacement. Cette plateforme mobile‑first vous...