सवारी साधनलाई ‘फलाम’का रुपमा न अर्थ्याउन आग्रह – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

सवारी साधनलाई ‘फलाम’का रुपमा न अर्थ्याउन आग्रह

काठमाडौं । २० वर्षपछि सार्वजनिक सवारी चलाउन नपाइने सरकारी व्यवस्था खारेज गर्न व्यवसायीले आग्रह गरेका छन् । गाडीलाई ‘फलाम’का रुपमा मात्र नअर्थ्याएर आयु तोक्न संघ र प्रदेश सरकारहरुमाथि व्यवसायीले दबाव दिएका थिए ।

दुर्घटना न्युनीकरण गर्ने तथा सवारी सुरक्षा बढाउने उद्देश्यले सरकारले २०७३ मा २० वर्ष पुगेका सवारी सञ्चालनमा रोक लगाएको थियो । २०७३ फागुनयता सडकमा उक्त गाडी चल्न दिएको छैन । निजी र सरकारी गाडीको भने आयु तोकिएको छैन ।

अब व्यवसायीको मागअनुसार सार्वजनिक सवारीको पनि आयु असीमित बनाउन सरकार उदार देखिएको छ । तर सरोकारवालाले भने उक्त २० पर्षे आयु यथावत राख्न माग गरेका छन् ।

आइतबार सातवटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातसम्बद्ध अन्तरतह समन्वय बैठकमा २० वर्ष पुराना सवारी साधन चलाउन नपाइने २०७३ सालको निर्णय पुनरावलोकन गर्ने सहमति गरेका थिए ।

त्यसअनुसार कानुनी गृहकार्य पनि सुरु भएको यातायात मन्त्रालयका एक अधिकारीले बताए । पुराना सवारीलाई विशेष जाँचपास गराएर चल्न दिने व्यवस्था गर्ने तयारी भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको सचिवालयले नाएको छ । र्णय सच्याउनपर्ने उनीहरुको सुझाव छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २०७९ श्रावण २६, ११: ०४

काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...

अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
  • २०७९ श्रावण २६, ११: ०४

काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
  • २०७९ श्रावण २६, ११: ०४

काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...