
नेकपाको दुइतिहाइको सरकारले हाल संसद्मा पेस गरेको विभिन्न विद्येयकहरुको बारेमा जनताहरु आक्रोसित हुन थालेका छन् । सरकारले विवादित विद्येयकहरु मानवअधिकार आयोगदेखी मिडिया काउन्सिल हुँदै गुठी विद्येयक संसद्मा पेस गरिसकेपछि सबैतिर आक्रोस बढ्दै गइरहेको छ ।
सरकार बिहान गरेको निर्णय अपरान्हनै फिर्ता लिन बाध्य भइरहेको छ । मन्त्री परिषद्बाट भएको निर्णय सार्वजनिक गरे लगत्तै फिर्ता लिने र सोही निर्णयका विरुद्ध मन्त्रीहरुनै लाग्ने सरकारका मन्त्रीहरु दिनप्रतिदिन अलोकप्रिय बन्दै गएका छन् ।
सदनदेखी सडकसम्म विद्येयकका बारेमा जनता तात्न थालेका छन् । यसैगरी प्रमुख प्रतिपक्षी दल काँग्रेसले पनि गुठी विद्येयकको बारेमा सरकारलाई पछि हट्न भनिरहेको छ । यिनै समसायिक विषयमा केन्द्रीत रहेर नेपाली काँग्रेसका नेता प्रदीप पौडेलसँग नयाँ विकल्प साप्ताहिकका लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादीत अशंः
सरकारले संविधानअनुसार विभिन्न ऐनहरु बनाउने क्रममा गुठी विधेयक सम्बन्धी कुरालाई लिएर जनता सडकमा आइरहेका बेला नेपाली काँग्रेसको भुमिका न्यून देखिन्छ नि किन ?
नेपाली काँग्रेस पार्टीले संसद्मा पेस भएको गुठी विद्येयक लगायत विभिन्न विद्येयकहरुका बारेमा जोडदार रुपमा आवाजहरु नउठाएको होइन । नेपाली काँग्रेसले विभिन्न विषयहरुमा संसद्देखी सडकसम्म विषयहरुको उठान गर्दै आएको छ । चाहे त्यो भ्रष्टाचारको होस्, अथवा महँगी कालाबजारीको विषयमा कुराहरु उठाउँदै आएको छ ।
अहिले गुठी विधेयक निकै विवादित बन्दै गएको छ । त्यसैले नेपाली काँग्रेसले यि विषयहरुमा संसद्मा जोडदार रुपले जनताको कुरालाई सम्बोधन गर्न भनेर हाम्रा माननीयहरुले आवाज उठाइरहनु भएको छ । तर विषयहरु उठाएर मात्रै दायित्व पुरा भएको मानिदैन । त्यसलै संसद्देखी सडकसम्म उठेका विषयहरुलाई प्रतिपक्षी दलको हैसियतले परिणाममा पु¥याउन सक्नुपर्छ । परिणाममा पु¥याउनका निम्ति हाम्रो त्यही अनुसारको रणानीति हुन आवश्यक छ । संसदमा हामीले त्यो विषयहरु उठायौ ।
हामीले विषय उठाएको त छ नि भनेर हामी चित्त बुझाएर बस्न सक्ने अवस्थामा हामी छैनौं । हामीले उठाइसकेका विषयहरु संसददेखी जनताको माझमा लगेर जनताको मतअनुसार ती विषयहरुलाई परिणाम नपुगेसम्म उठाइरहने हामीले संसद अवरुद्ध गरिरहने र सडकमा पनि हामी लागि रहने छौं ।
नेपाली काँग्रेसले पटक पटक आन्दोलन ग¥यो, त्यो आन्दोलनमा जनताले सँधै साथ दिइरहे तर यसपटकको आन्दोलनमा तपाईहरुलाई जनताको साथ छैन भन्ने पनि आएको छ नि, के लाग्छ यहाँलाई ?
सरकारको काम देखेर नेपाली जनता आन्दोलित हुन बाध्य भएको छ । अहिले सरकारले जसरी संसद्मा ल्याइरहेका विद्येयकका कुराहरुदेखी सरकारले गरेका कामबाट नेपाली जनताहरु पटक्कै सन्तुष्ट हुन सकेका छैनन् । अहिले सरकार काँग्रेसप्रति भन्दा नेपाली जनताप्रति बढी आक्रोशित भएको देखिन्छ । नेपाली काँग्रेस पार्टीले त्यसलाई सच्याउनको निम्ति, दबाब दिनका निम्ति सशक्त प्रतिपक्षीको भुमिका राम्रोसँग खेल्न सकेन भन्ने कुरामा सन्तुष्ट नभएको अवस्था पनि छ ।
तर त्यो भन्दा बढी जसका कारणले यो परिस्थिति निर्माण भएको हो, यि कमीकमजोरीका विरुद्ध जनता बढी आक्रोसित भएका छन् । त्यो कुरालाई हामीले प्रयास गर्न सक्नुप¥यो । जनताको बीचमा गएर सरकाले गरेको एकाधिकारका बारेमा हामीले प्राथमिकताका आधारमा भन्न सक्नुप¥यो । भ्रष्टाचार मौलाएको छ, कमिसन मौलाएको छ, मौलिकतामाथि प्रहार भएको छ, संस्कृतिमाथि प्रहार भएको छ र सभ्यतामाथि प्रहार गरेको कुरालाई हामीले जनताकाबीचमा लिएर जान सक्नुप¥यो । यो कुरालाई प्राथमिकताका आधारमा जोडदार ढंगले जनताकाबीचमा लिएर जान सक्यो भने नेपाली जनता फेरी पनि हामीलाई समर्थन नगर्ने कुरै छैन ।
किनकी नेपाली काँग्रेस नेपाली जनताबाट बहिस्कृत भएको पार्टी होइन । सरकारले गरेका कामहरुबाट जनता खुसी छैनन् । त्यसैले जनताले यि विषयहरु उठाउन सक्ननै खोजिरहेका छन् । कसले यि विषयलाई जोडदार ढंगबाट उठाउन सक्छ ? अथवा जनताको नजर नेपाली काँग्रेस पार्टीतिर छ । नेपाली काँग्रेसले नै ति विषयहरुलाई जोडदार ढंगबाट उठाइ देओस् । सशक्त ढंगले उठाइदेओस् र सरकारलाई सच्चिन बाध्य बनाओस् भन्ने जनताको अपेक्षा छ ।
त्यो अपेक्षाअनुसार हामीले गर्न नसकेका कारणले जनताको उपस्थिति नदेखिएको हो । हामीले मुद्दाहरुलाई उठान जोडदार ढंगबाटनै उठाएर फेरीपनि जनताका माझ जान्छौं ।
नेपाली काँग्रेस पार्टीले सुरु गरेको राष्ट्रिय जागरण अभियान उपलब्धीमुलक भएन भन्छन् नि ? यो त नेताहरुको मनोमानी देखियो भन्छन् नि, के भन्नुहुन्छ तपाई ?
राष्ट्रिय जागरण अभियानबाट केही पनि उपलब्धी भएन भन्ने चाँही होइन । हामीले हाम्रो संगठनलाई गतिशिल बनाएका छौं । कार्यकर्ता साथीहरुको सक्रियता क्रियाशिलता बढिरहेको छ । हाम्रो सबै वडाहरुमा कार्यालयहरु खुलेका छन् । हामीले स्थानीय तहमा पनि छायाँ सरकार गठन गरेका छौं । जनजागरण अभियान चलिरहँदा अन्य पार्टीबाट ३०÷३१ हजारको संख्यामा नेपाली काँग्रेस पार्टीमा नयाँ साथीहरुको प्रवेश भएको छ ।
सत्तासिन पार्टीहरुबाटै साथीहरुको असन्तुष्टि बढेर प्रतिपक्षी दल रहेको पार्टीमा देशभरीबाटै नयाँ साथीहरु प्रवेश हुनुलाई उपलब्धी नै भएन भन्न चाँही किल्दैन । तर यही कुरा सबै थोक होइन । पार्टीभित्र सबै कुरा ठिकठाक भयो भनेर हात बाँधेर बस्ने कुरा होइन । यति कुराले सन्तुष्टि गरेर सन्तुष्ट भएर त्यतिकै यसलाई बन्द गर्ने अथवा हामीले सच्याउनुपर्ने नयाँ कुराहरु अरु गर्नुपर्ने कामहरु नगरिकन रहने कुराले त्यो उपलब्धी संस्थागत हुन सक्दैन ।
त्यसकारण हामीले संगठनलाई केही हदसम्म चलायमान बनाएका छौं । यो गतिलाई अझ तिव्र ढंगले अगाडि लिएर जान सक्नुपर्छ । हामी कहाँ यो कुरालाई एकदमै ठुलो उपलब्धी हो भन्दै बहस भइरहेको छ ।
सरकारले संसद्मा पेस गरेको विद्येयक लगायत सरकारदेखी जनता आक्रोसित पनि छन् भन्नुहुन्छ, अनि नेपाली काँग्रेस पार्टी चाँही गुटबन्दीको सिकार बन्दै जाँदा यि कुरालाई सम्बोधन गर्न सक्ला ?
नेपाली काँग्रेस पार्टी गुटबन्दीको सिकार भएको छ । अब तर गुटरहित राजनीतिक दल हुन्छ भन्ने मलाई लाग्दैन । हामीले गुट निर्माणको प्रक्रिया पनि बदल्न जरुरी छ । मुख्य विषय चाँही गुट निर्माण गर्ने स्वार्थले पार्टीनै कमजोर हुने स्थिति देखिएको छ । व्यक्तिलाई बलियो बनाउन बनाइएको गुटहरुले पार्टीलाई बलियो बनाउन सक्दैन ।
त्यसैले गुटहरु विचारमा आधारित हुनुपर्छ । कार्यक्रम र योजनामा आधारित हुनुपर्छ । गुटले संगठन भत्काउने कमजोर गराउने होइन बलियो बनाउने स्थिति हुनुपर्छ । त्यसैले गुट निर्माणको पद्धतिलाई बदल्न जरुरी छ । हरेक विषय अन्तर विरोध हुने, आफ्नो गुट अनुकुल व्याख्या गर्ने त्यो खालको परिस्थितिलाई बदल्न जरुरी छ । परिवर्तन गर्न जरुरी छ ।
अहिले भएको पनि त्यस्तै छ । एउटा कुनै काम भयो भने त्यसलाई एकदमै धेरै अतिरञ्जित तरिकाले बढावा गर्ने, बढावा दिने र बढी भयो भन्ने अनि अर्को पक्षले केही पनि भएन भन्ने त्यो दुवै खाले कुरा गलत हुन् । हामी यथार्थको धरातलमा उभिएर अगाडि बढनुपर्छ । हामीले आफ्ना कुराहरुको समिक्षा गर्नुपर्छ । आफुलाई पनि सच्याउनुपर्छ ।
पार्टीलाई प्रभावकारी बनाउनका निम्ति कार्यकर्तासँग अन्तरक्रिया गरेर हामी संगठन विस्तार गरेर सशक्त र मजबुत बनाएर आजको स्थितिमा प्रतिपक्षी भुमिकालाई प्रभावकारी बनाउने गरी अगाडि बढनुपर्छ ।
तपाईले प्रभावकारी बनाउन सकिन्छ भनिरहँदा प्रमुख प्रतिपक्षी दलका हैसियतले परिणाममा त पु¥याउन सक्नु भएन नि हैन र ?
केही कुराहरु नेपाली काँग्रेसले परिणाममा पनि पु¥याएको छ । सबै कुरालाई परिणाममा पु¥याउन सकेको छैन । अपेक्षा अनुसारका काम हुन सकेको छैन । त्यो कुरालाई हामी स्वीकार गर्छौ । हामीले त्यो प्रयत्न गरिरहेका छौं कि पार्टीभित्र पनि हामीले छलफल गरिरहेका छौं । संसद्मा अलि रणनीतिक हिसाबबाट विषयहरु उठाउनु त्यसलाई परिणामुखी बनाउनु हामीले रणनीति अख्तियार गर्नुपर्छ । सरकारले गणितका आधारमा हामीलाई पेल्न खोज्यो भने हामीले संसदनै बहिष्कार गर्ने स्थिति पुग्न सक्ने हुन सक्छ ।
किनकी हामीले जायज विषयहरुको पक्षमा आफुले गर्नसक्ने कुरा सबै गरेका थियौं भन्ने सन्देश बाहिर दिन सक्नुपर्छ । त्यस्तो भइरहेको छैन । अनि हामीले संसदको सिमित भुमिकाबाट विषयहरुलाई परिणाममा पु¥याउन सक्ने अवस्था पनि छैन । त्यसको लागि हामी जनतासँग सडकमा जानुपर्छ ।
जनताको घरदैलोमा गएर सरकारले गरेको ज्याजतिका बारेमा, एकाधिकारका बारेमा हामीले जनतालाई सुसूचित गराउनुपर्छ । जनतालाई लिएर सडकमा जाने एउटा परिस्थिति हामीले गराउन सक्नुपर्छ । त्यसैले संसदमा हाम्रो सिमित भुमिकाले मात्रै सरकारलाई सच्याउन सक्दैनौ ।
आम निर्वाचनपछि काँग्रेसले जनताको पक्षमा केनै काम गरेको छ र, नेपाली जनताले फेरी साथ दिन्छन् भन्ने विश्वास गर्ने ?
नेपाली काँग्रेस पार्टीले के–के गरेको छ भनेर तपाइले प्रश्न गरिरहँदा सबै कुराको व्याख्या गरेर भन्न सक्ने अवस्था नभएपनि केही कुरा चाँही तपाईको लोकप्रिय पत्रिका नयाँ विकल्प मार्फत् म भन्न चाहन्छु कि कसैले नेपाली काँग्रेस पार्टीले केही पनि ग¥या छैन भन्ने कुराको बुझाइ पनि मलाई गलत हो भन्ने लाग्छ । इतिहासमा ती कुराहरु एकदम प्रष्ट ढंगले देखिएका छन् । अहिलेको सन्दर्भमा हामीले गर्ने कुराहरुको विषयमा मैले अघिनै भने विषयहरु थुप्रै आएका छन् । त्यसलाई प्रभावकारी ढंगबाट हामीले चाँही लिएर जान सक्नुपर्छ ।
गुठीको बारेमा हामीले कुरा नउठाएको होइन । संसदमा पनि हामीले कुराहरु उठाइरहेका छौं । बाहिर सरोकार वालाहरुसँग पनि निरन्तर परामर्श गरेर त्यो आन्दोलनमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता हामीले व्यक्त गरिरहेकै छौं । अब हामी आफै आन्दोलतमा जाने चरणसम्म जनताको र हाम्रो एकै ठाउँमा भेट हुने स्थिति हुन्छ । सरोकारवाला पक्षको र हाम्रो एकै ठाउँमा भेट हुने स्थितिको निर्माण हुँदैछ । हामीले प्रस्तुत गरेको विधेयक गलत छ भन्ने बुझेर सरकारले सच्याउँछ भन्ने एक खालको अपेक्षा अझैपनि हामीले राखेका छौं ।
त्यसकारण यो गुठी विधेयक सरकारले सच्याइएन भने यी सबै कुरा सरकारले बलजफती अगाडि लिएर जान खोज्यो भने हामी जोडदार ढंगले सडकमा आउँछौं । त्यतिबेला सरकारले हामीलाई रोक्न सक्दैन । त्यतिबेला सरकारनै बदलिने खालको परिस्थिति बन्न सक्छ ।
वर्तमान केपीशर्मा ओलीको नेतृत्व दुईतिहाइको भएको हुँदा यो नेतृत्वको सरकारलाई तपाईहरु कसरी सडकबाट ढाल्न सक्नुहुन्छ भनेर हामीले कल्पना गर्ने सम्भव छ ?
हामीसँग यो सरकार ढाल्न पर्याप्त मत छ भनेर भनिरहेका छैनौ । हामीले सरकार ढाल्न गणितका आधारमा सक्छौ भनेर हामीले भनिरहेका छैनौ । तर सरकारले जसरी विद्येयकहरु ल्याइरहेको छ । यसरी जबरजस्ती गर्न खोजिरहेको छ कि दुईतिहाइका आधारमा सबै थोक हुन्छ भनेर । जनविरोधी कामहरु गर्न पाइन्छ ? जनताका मौलिक अधिकारहरु खोस्न पाइन्छ ? स्वतन्त्रतामाथि हस्तक्षेप गर्न पाइन्छ ? संविधान उल्लंघन गर्न पाइन्छ ? मानिलिउँ नेपालमा भएको संविधान हामी भन्दा कमजोर हो । हामी सबैभन्दा शक्तिशाली हो ।
हामी संविधान भन्दा माथि छौं । संविधानको कुनै पनि मान्यताहरुलाई हामीले स्वीकार्न जरुरी छैन भन्ने मनोविज्ञानका साथ यो सरकार अगाडि बढ्न खोजेपछि जे पनि हुन सक्छ । त्यसैले सरकारले यो हदसम्म ज्याजति गरिरहेको छ । यो ज्याजतिलाई जनताले वा हामीजस्ता राजनीतिक दलहरुले टुलुटुलु हेरेर बस्ने स्थिति रहँदैन । जनताले चाहे भने जे पनि हुन्छ ।
त्यसैले यो जनविरोधी काम सरकारले आफ्नो पार्टीको प्रभाव विस्तार गर्नका लागि आफ्ना कार्यकर्ताको मनोविज्ञान अनुसार काम गर्नका निम्ति जुन ढंगबाट अगाडि बढाइरहेको छ । त्यसले गम्भीर परिस्थति ल्याउन सक्छ । त्यसैले सरकारले समयमा सचेत भएर यो कुरालाई तत्काल करेक्सन गरोस् ।
अन्त्यमा निरन्तर रुपमा प्रकाशित हुँदै आएको लोकतन्त्रको पहरेदार नयाँ विकल्प साप्ताहिक यसै अंकदेखी २६औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा पत्रिकाको उत्तरोत्तरको कामना गर्दै पत्रिकाले उठाउँदै आएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका बारेमा सशक्त भएर अगाडि बढ्न शुभकामना व्यक्त गर्दछु ।
1. The Pulse of Stake’s Short‑Session Landscape Stake Casino heeft een niche gevonden voor spelers die verlangen naar directe opwinding...
L’essor du Quick Gaming chez Betify Dans la culture actuelle où tout va vite, les joueurs recherchent une gratification instantanée....
Betify a créé une niche pour les joueurs qui aiment tourner, parier et gagner en déplacement. Cette plateforme mobile‑first vous...