
आमनिर्वाचनपछि विभिन्न कारणले विभिन्न पदहरुमा १४ गते उपनिर्वाचन सम्पन्न भएको छ । मुख्य राजनीतिक दल नेकपा र प्रमुख प्रतिपक्षी दल काँग्रेसबीच तीव्र प्रतिस्पर्धाबाट मिश्रित प्रतिक्रिया आएको छ । नेपाल भारत सम्बन्ध लिपुकेक, लिम्पियाधुरा, कालापानीको नक्सासम्बन्धी विवादका कारण कुटनैतिक सम्बन्ध चिसिदै गएको छ ।
छिमेकी राष्ट्र भारतसँग सम्बन्ध चिसिनु नेपालीका लागि त्यति सहज नहुने हुँदा राजनीतिक दल, बौद्धिक समाज र परराष्ट्रविद्हरु यो समस्या कुटनैतिक तवरबाटै समाधान हुनुपर्नेमा जोड दिँदै आएका छन् । भारतका प्रधानमन्त्री दुई दुई पटक नेपाल भ्रमण र नेपालका प्रधानमन्त्री भारतको राजकीय भ्रमण भइसक्दा पनि उच्चस्तरीय स्तरमा उक्त समस्या समाधानको बारेमा वार्ता नभएको भन्दै राजनीतिक दलहरु आक्रोसित हुन थालेका छन् ।
सरकारले हालै मन्त्री परिषद्बाट परराष्ट्र मन्त्रालयमार्फत् नक्सा विवाद सम्बन्धी पत्राचार गर्ने भनेको छ । तर परराष्ट्र मन्त्रीस्तरीय हुँदै उच्च स्तरीय वार्ता कहिले हुने ? भन्ने अन्यौलता कायमै रहिरहेको समयमा हामीले यिनै समसायिक विषयलाई लिएर प्रमुख प्रतिपक्षी दलका नेता एव्म पूर्व मन्त्री आनन्द प्रसाद ढुङ्गाना सँग हाम्रा विशेष संवाददाताले गरेका कुराकानीको सम्पादीत अंशः
नेपाली काँग्रेस पार्टी एउटा जिम्मेवार राष्ट्रिय पार्टी भएको हुँदा देशमा भइरहेको राजनैतिक गतिविधिको बारेमा मूल्यांकन र भावी रणनीतिका बारेमा लागि परेको छ । काँग्रेसको गतिविधिको कुरा गर्ने हो भने उपनिर्वाचनमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ । त्यसैले काँग्रेस एउटा जिम्मेवार पार्टी भएको र जिम्मेवारी समेत बोकिसकेको हुँदा नेपालको राजनीतिक परिवर्तनमा आन्दोलनको नेतृत्व गरेकोले यो उपनिर्वाचन काँग्रेसलाई जिताउन लागि परेको छ । किनभने नेपाली काँग्रेस सँधै नेपाली जनताको हितका लागि जिम्मेवार भएर काम गर्ने पार्टी हो ।
प्रमुख प्रतिपक्षी दलको हैसियतले सरकार र नेकपाले गरेको गैरजिम्मेवारपूर्ण कार्यको बारेमा कहाँ गएर बोलेनौं र ? चाहे त्यो ललिता निवास जग्गा प्रकरणको होस्, अथवा वर्तमान सरकारबाट विभिन्न भ्रष्टाचारका बारेमा जे–जति उजागर भएका छन् त्यसैका बारेमा हामी बोलिरहेका छौं । प्रमुख प्रतिपक्षी दलको हैसियतले जतिपनि कुराहरु संसद्मार्फत् उठाउनुपर्ने हो, त्यो हामीले उठाइ रहेका छौं । नेपाली काँग्रेसको सभापतिले सार्वजनिक सभाहरुबाट सररकालाई खबरादरी गरिरहनु भएको छ, तर सरकार सुनिरहेको छैन ।
तपाई हामीले एउटा के कुरा बुझ्न जरुरी छ भने नेपाली काँग्रेस पार्टी भनेको एउटा जिम्मेवार पार्टी हो । जिम्मेवार पार्टीको हैसियतले हामीले गर्नुपर्ने काममा कहिल्यै पनि कही पनि हामी चुक्दैनौं । छोड्दा पनि छोड्दैनौ । हामी मिलिजुली खाने कुरा नै गर्दैनौ । हिजो पनि प्रतिपक्षीको भूमिका हामीले खेलेका थियौं र आज पनि हामीले प्रतिपक्षीको भूमिका खेलेका छौं ।
जिम्मेवार भएर हामीले प्रतिपक्षीको काम गरिरहेका छौं । राष्ट्रिय राजनीतिदेखि लिएर सबै ठाउँमा समस्याग्रस्त छ । जुन किसिमको परिस्थितिहरु देशमा उब्जिइ रहेका छन् । त्यो कतबाट पनि लुकेको छैन । त्यसैले मेरो भनाई के हो भने समस्याहरु छ । दुई तिहाईको सरकार छ, अहिले तर दुई तिहाईको सरकारले गर्नुपर्ने कामहरु अहिलेसम्म गर्न सकेको मैले देखिरहेको छैन । सरकार बन्ने निर्माण हुनासाथ सिण्डिकेट रोक्ने कुरा ग¥यो, त्यो रोक्न सकेन ।
विभिन्न योजनाका ठेकेदारहरुले काम गरेनन् । तिनीहरुलाई कारवाही गर्छु भनेर गृहमन्त्रीले भने, त्यो कारवाही पनि गर्न सकेनन् । अनि फेरी हामी ठूला माछालाई समात्छौं भने, तर बिडम्बना सानो माछा पनि समात्न सकिरहेका छैनन् । यसले के देखिन्छ भनेदेखि यो सरकारले जति कुराहरु अगाडि सा¥यो ति सबै कुराहरु भाषण र गफका रुपमा र नाराका रुपमा मात्रै सिमित रहन थाल्यो । ति विषयहरु कार्यान्वयन गर्ने र निर्णयमा पु¥याउने अवस्थामा यो सरकारले लिन सकिरहेको छैन । दुईतिहाइको सरकार भएरपनि गतिनै लिन सकिरहेको छैन ।
भ्रष्टाचारको कुरा गर्ने हो भने यस विषयमा हाम्रो सभापतिले धेरै ठाउँमा बोलिरहनु भएको छ । सरकारले वाइडवडी, सुनकाण्ड र अरु विभिन्न भ्रष्टाचारका बारेमा अनुसन्धान गर्नुप¥यो । त्यसमा संलग्न सम्पूर्णलाई बाहिर ल्याउनुप¥यो र उनीहरुलाई कारवाही गर्नुप¥यो भनेर उहाँले भनिरहनु भएको छ ।
संलग्नता कसैको छ भने समातेर कारवाही गर्नुस भनेर त हामीले भनिरहेका नै छौं । त्यसै कसैलाई आरोप लगाई दिने बित्तिकै आरोप प्रमाणित गर्न सक्नुप¥यो नि । प्रमाणित गरेर कारवाही गर्दा हामीलाई आपत्ति हुँदैन । नेपाली काँग्रेस पार्टी कहिल्यै पनि भ्रष्टाचारको पक्षमा थिएन र छँदा पनि छैन । तपाईलाई याद होला जुनबेला हामी राज्य व्यवस्था समितिमा थियौं ।
भ्रष्टाचारसम्बन्धी १० विषयहरुको विधेयक हामीले प्रष्ट रुपमा पास गरेका हौ । जो व्यक्ति अन्तिम रुपमा भ्रष्टाचारको आरोप लाइसकेको हुन्छ त्यो कुनै पनि पार्टीको सदस्यता बन्न पाइदैन भनेर दल सम्बन्धी ऐनमा पास भएको छ ।
प्रमाण त सन् १९५० को सन्धिमा नै छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्ने त हाम्रो पुरानो नक्सामा नै देखिन्छ नि । सन् १९५० को सन्धिमा पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो देखिएको छ । हामीले पनि यो कुरा उठाएका छौं । सुशील कोइरालाको पालामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदाखेरी कुराकानी उठेको होइन र ? संयुक्त रुपमा सिमाङ्कन गर्ने बारेमा कुरा गरेर एउटा निचोडमा पुग्छौं भनेर पनि कुरा भएको थियो ।
तर एउटा कुरा म के भन्छु भने ति कुराहरु उठ्दै गर्दा अहिलेको हाम्रो प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँग पनि भेट गर्नुभयो । चिन र भारत सम्झौता गर्दै गर्दा हाम्रो मुलुक हो हामी पनि त्यहा छौं भनेर अहिलेको प्रधानमन्त्री खड्क प्रसाद ओलीले भन्न सक्नुभयो ? उनीहरु वार्ता गर्दा संयौ विज्ञप्तिहरु निस्किए ति विज्ञप्तिहरुमा यि कुराहरु आएका छन् र ? ति कुरा के हो भन्दा अरुलाई आरोप लगाउन धेरै सजिलो छ ।
तर अरुलाई आरोप लगाउँदै गर्दा आफ्नो अनुहार पनि ऐनामा हेर्न जरुरी छ । पहिले पहल नभएको पनि होइन । पहिले पहल भएन भन्दैमा नेपालका प्रधानमन्त्री चिन र भारतले ट्रान्जिट रुट सम्झौता गर्दै गर्दा यि कुराहरुको बारेमा अहिलेका प्रधानमन्त्रीले यि कुराहरु किन राख्न सक्नु भएन ? अहिले प्रतिपक्षी दल र सम्पूर्ण जनताले साथ दिएको बेलामा सरकारले कुटनीतिक रुपमा भारतसँग विशेष वार्ता गर्नुप¥यो भन्दै गर्दा परराष्ट्र मन्त्रीले आफैंले सबैको वार्तालाई अगाडि बढाएको भए हुँदैनथ्यो ?
दायित्व राजनीतिक दलहरुको पनि हो । त्यही दायित्वको आधारमा हाम्रा सभापतिले सर्वदलीय बैठकमा प्रस्ट रुपमा कुराहरु राख्नु भएको हो । हाम्रा सभापतिले राजदुतलाई फोन गरेर भन्नुभएको छ । हाम्रो भातृ संगठनका मित्रहरुले जुलुस निकाल्नु भएको छ ।
सरकारलाई समर्थन गर्नुभएको छ । प्रधानमन्त्रीलाई समर्थन गर्नुभएको छ । यत्रो समर्थन पाएको बेलामा पनि यो कम्युनिष्ट सरकारले उच्चस्तरीय कुटनीतिक वार्ता गर्दैन भनेदेखि यो भन्दा कमजोर यो भन्दा दुई तिहाइको दम्भ गर्ने कमजोर सरकार अरु कोही हुनै सक्दैनन् । सरकार अगाडि बढ्न जरुरी छ । हामी नेपाली काँग्रेस कहिकतै चुकेको छैन । कालापानी जुन समयमा भारत सरकारले आफ्नो सैनिक राख्ने त्यो समय पञ्चायतकाल थियो ।
नेपाली काँग्रेस पार्टी सरकारमा भएदेखि २०४८ देखिनै यो कुरा संसदमा नउठेको पनि होइन । खड्ग प्रसाद ओली प्रधानमन्त्री बनेपछि त्यो कुरामा रुचि राख्न पर्दैनथ्यो ? चुनाव भन्दा अगाडि राष्ट्रियताको गफ हानेर चर्चामा आउने उहाँ प्रधानमन्त्री बनिसकेपछि खोई कहाँ गयो उहाँको देशप्रतिको राष्ट्रियता ?
भारतको प्रधानमन्त्रीसँग पटक पटक भेट गर्दा कहा उठाउनु भयो उहाँले यो कुरा ? पहिलो चोटी खड्ग प्रसाद ओली प्रधनमन्त्री भएर चिन भ्रमण गर्दा एउटा विज्ञप्ति निकाल्नु भयो तर यो कुरा कहाँ उल्लेख भयो ? अहिले प्रतिपक्षी दलदेखि लिएर सम्पूर्ण नेपाली जनताकोे बलियो साथ दिएर अगाडि बढेको बेलामा कालापानी, लिपुलेक र लिम्पियाधुराको बारेमा कुराहरु उठाइ रहँदा यो दुई तिहाइको सरकारले नेतृत्व गर्न सक्दैन भने यो सरकारलाई कमजोर सरकार भन्नु बाहेक अरु कुनै विकल्प छैन ।
नेपाली काँग्रेस पार्टी सङ्घर्षशील पार्टी हो । यसले आफ्नो महाअधिवेशन समयमा गर्छ । हामीले महासमिति बनाएका छौं । महासमितिमा बसेर निर्णय गरेका छौं । १४औं महाअधिवेशनका निर्णयहरुलाई कार्यान्वयनका लागि अगाडि बढाएका छौं ।
हामीले संघीयताको आधारमा विधान बनाएका छौं । नेपाली काँग्रेसले आफ्नो महाअधिवेशन जहिले पनि गरेको छ । लिपपोत गरेर काम गरेको छैन । देशमा जब संघीयता लागु भयो । संघीयताको आधारमा संविधान जारी भयो ।
त्यो संविधानको आधारमा काँग्रेसको विधान बनिसकेको छ । काँग्रेसले समानुपातिक समावेशीको विधान बनाएको छ । स्वभाविक रुपमा हाम्रो विधानमा चार वर्षको अवधि छ । त्यो भित्रै हामी गर्छौ ।
तपाईले के बुझ्नुस् भने हामीले विधान नै बनाएका छैनौं । हामी समयमानै महासधिवेशन गर्छौ । किनभने नेपाली काँग्रेस पार्टी राष्ट्र र जनताप्रति जिम्मेवार छ । हामीले नै यो संविधान जारी गराएका हौं । यो संविधान जारी गर्दा कति सकस थियो त्यो तपाईलाई नै थाहा छ । पहिलो संविधानसभाबाट चार÷चार वटा वामपन्थी प्रधानमन्त्री भए । संविधान जारी गर्न सकेनन् ।
आँखिरमा नेपाली काँग्रेस पार्टीलेनै संविधान जारी गराउनु प¥यो । निर्वाचन पनि कुन अवस्थामा भयो त्यो पनि तपाई सञ्चारकर्मीहरुलाई थाहा नै भएको कुरा हो । अहिले नेपाली काँग्रेस पार्टी हारेको होला, तर देश हारेको छैन । संविधान आएको छ । हिजोका दिनमा पनि गिरिजाप्रसाद कोइरालाले भन्ने गर्नुहुन्थ्यो कि नेपाली काँग्रेस हार्ला तर जनताले हार्न हुँदैन । देशले हार्नु हुँदैन भनेर, आज काँग्रेस हारेको छ, तर देश हारेको छैन, जनता हारेको छैन । आज पनि डेमोक्रेसी कमजोर छैन ।
हाम्रो पार्टीमा जति डेमोक्रेसी संसारमा कही छैन् तपाई यो बुझ्नुस । नेपालमा यस्तो काँग्रेस पार्टी छ जसको विधान संसारमा कुनैपनि पार्टीको विधान नेपाली काँग्रेस पार्टीको जस्तो छैन । जहाँ समावेशी, समानुपातिकको निर्वाचन हुन्छ । आठवटा क्लस्टर छ । आठवटै क्लस्टरको उम्मेदारी हुन्छ अनि बल्ल निर्वाचन हुन्छ । सभापतिको निर्वाचन ५१ प्रतिशत हुन्छ ।
नभए सभापतिको निर्णय हुँदैन । सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री सबैको निर्वाचन प्रणाली यो विधानमा राखिएको छ । तपाईले नेपाली काँग्रेसको विधान पढ्नु भएकोछ भने काँग्रेस जस्तो डेमोक्रेटिक पार्टी, आन्तरिक डेमोक्रेटिक काँग्रेसले जति आफ्नो पार्टीभित्र गरेको छ अरु पार्टी कसैले गरेको छैन । विधान समयमा नआएको कारणले हामीलाई साँच्चैनै काम गर्न गाह्रो परिरहेको छ । तर विधान बनिसकेपछि हामीले जुन किसिमबाट जाने कोसिस गर्दै छौं, त्यो निकैनै राम्रो हुन्छ ।
सबैभन्दा डेमोक्रेटिक पार्टी भन्नुहुन्छ, विधानअनुसार गठन गर्नुपर्ने विभागहरु समेत गठन गर्न सक्नु भएन, १३औं महाअधिवेशन भएको चार वर्ष बितिसक्दा पनि विभागहरु बनाउन नसक्ने अनि हामी मिडियाहरुलाई चाहिँ सबैभन्दा ठूलो डेमोक्रेटिक पार्टी भनेर धक्कु लगाउन मिल्छ ?
हामीले कार्यसम्पादन विभाग पनि बनाएका हौं । हामीले संसदीय बोर्ड पनि बनाएका हौ । सबै गरेका हौ । तर विभिन्न कारणले पार्टीको आन्तरिक कारणले त्यसलाई विघटन गर्न परेको हो ।
यसको मतलब यो होइन कि नेपाली काँग्रेस पार्टी आफ्नो आन्तरिक काममा कमजोर छ चाहिँ भनेको होइन । हामीले निर्देशिका बनाएर जुन किसिमबाट समायोजन गर्दै छौं, त्यो पनि तपाईले देखिनै सक्नुभयो होला । नेपाली काँग्रेस पार्टी आफ्नो काममा लागेको छ । जुन गतिले अगाडि बढ्नुपथ्र्यो त्यो गति केही कमी अएको छ । यसका विभिन्न कारणहरु छन् । नेपाली काँग्रेस पार्टी यस्तो पार्टी हो जसले आफ्नो आन्तरिक डेमोक्रेसिमा हिजो नेपाली काँग्रेस पार्टीमा सभापतिको मात्रै निर्वाचन हुन्थ्यो र सबै मनोनित हुन्थे । निर्वाचन प्रणालीमा आन्तरिक रुपमा नेपाली काँग्रेस पार्टी जतिको डेमोक्रेसि प्याटर्न कसैको छँदै छैन् ।
काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...
१. मुलुक कता जाँदैछ ? मुलुक फेरि नयाँ द्वन्द्वमा फस्ने खतरा बढेको छ । चाहे संविधान संशोधनको कृत्रिम बहानामा होस्...
1. The Pulse of Stake’s Short‑Session Landscape Stake Casino heeft een niche gevonden voor spelers die verlangen naar directe opwinding...