एक दुई दिन कुरेर समाधान हुने कुरालाई अप्ठ्यारो मान्नै पर्दैन । आकाश खस्न लागेको छैन, धर्ती भासिन थालेको छैन – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

एक दुई दिन कुरेर समाधान हुने कुरालाई अप्ठ्यारो मान्नै पर्दैन । आकाश खस्न लागेको छैन, धर्ती भासिन थालेको छैन

मधु आचार्य
जिल्ला सभापति, काभ्रे, नेपाली काँग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र देखिएको असन्तुष्टि मत्थर हुनेभन्दा झन्झन बल्झिन थालेको छ । यसको ज्वलन्त उदाहरण वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरुलाई पार्टी कार्यालयमै भेला बोलाएर महाधिवेशनको कार्यतालिकादेखि विभाग गठन सम्मका विषयमा छलफल गर्न भन्दै बोलाइएको सभापतिहरुको भेला विना निश्कर्ष टुंगिएको छ ।

यही पुस २१ गतेदेखि २३ गतेसम्म ४६ जना सभापतिहरुको भेलाले पार्टीको बहुमतबाट गरिएको निर्णय सच्याउन र पार्टीभित्र देखिएको गुटगत स्वार्थ त्याग्न अनुरोध गरेपनि केन्द्रीय नेताहरुलाई यति ठुलो प्रभाव भने परेको देखिदैन ।

व्यापक रुपमा प्रचार गरेर गुटको भेला गरेपनि यस पटक भेला भएका सभापतिहरुले गुटलाई त्यति प्राथमिकता दिएनन् । केन्द्रीय नेताहरु सच्चिन र गुट त्याग्न आग्रह गर्दै अन्तिममा नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढालिकण्ठमा लन्चसहितको भेटघाट भेलामा भएको कुराकानीलाई दोहो¥याए । यही विषयलाई लिएर नेपाली काँग्रेस काभ्रे जिल्लाका सभापति मधु आचार्यसँग हाम्रा विशेष संवाददाताले गरेको कुराकानीको सम्पादीत अशंः

नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमै जिल्ला सभापतिहरुको असन्तुष्ट भेलाले के–के निर्णय ग¥यो ?

नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व खासगरी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शंशाक कोइरालाले पछिल्लो घटनाक्रमलाई लिएर सभापतिहरुसँग परामर्श गर्न आवश्यक ठान्नुभयो र उहाँहरुलेनै सभापतिहरुलाई पार्टीको केन्द्रीय कार्यालयमै भेला बोलाइएको हो ।

हामी सभापतिहरु गएर छलफल ग¥यौ । सबै सभापतिहरुको परामर्शपछि पार्टी सभापतिलाई मुलतः विधिसम्वत चल्नका लागि आग्रह गर्ने निर्णय ग¥यौ । त्यसैले अहिलेको यो विषय राजनीतिक परिस्थितिमा जहाँ संघीय लोकतान्त्रिक गणतन्त्र माथिनै सत्तापक्षबाट सुनियोजित ढंगबाट विभिन्न विधेयकका नाममा, विभिन्न निर्णयबाट आक्रमक शैलीमा सरकार उत्रिरहेको छ ।

सिंगो लोकतान्त्रिक व्यवस्थामाथिनै आक्रमक शैलीमा सरकार उत्रेको हुँदा त्यसबाट जोगाएर जनताको शासन व्यवस्थाको मजबुतिका लागि अन्य लोकतान्त्रिक तागतलाई समेत मिलाएर जाने बेलामा आफ्नै पार्टीभित्र बहुमत, अल्पमत सहमत असहमतको रुपमा लैजानु जायज होइन भन्ने सबैलाई लागेको हुँदा हामीले त्यो पहल गरेका हौं । त्यसैले यो सम्पूर्ण जिम्मेवारीका साथ पार्टीलाई एकताबद्ध र सुदृढ बनाएर लैजाने जिम्मेवारी नेपाली काँग्रेसको पार्टी सभापतिकै हो ।

महाधिवेशन जस्तो महोत्सव पनि पुरा गर्ने दायित्व पनि उहाँभित्रनै छ । पछिल्लो समय पार्टीभित्र जति विवाद उत्पन्न भएको छ, यसलाई सुल्झाएर पार्टीभित्र बृहत एकता र सहमति निर्माण गरेर समय सिमा भित्रै महाधिवेशन पनि सम्पन्न गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्र माथिका सारा प्रहारहरुलाई निस्तेज गर्ने कामम तपाई अगाडि बढ्नुहोस् । पार्टीलाई एकता बनाएर तपाईलाई हामी साथ दिन्छौं भनेर हामीले भन्ने निर्णय हामीले गरेका छौं ।

तपाईहरुले भनेजस्तै वर्तमान पार्टीसभापति शेरबहादुर देउवाले पार्टीलाई सुधार गर्दै लैजाने कुरामा तपाईहरु कत्तिको विश्वस्त हुनुभयो र सम्भावना के देख्नुभएको छ ?

उहाँहरुजस्तो निखारिएको नेताले परिस्थितिको गम्भीरतालाई बुझ्नुहुन्न भन्ने मलाई लाग्दैन । उहाँले पक्कै पनि यो पार्टीभित्रको पछिल्लो डेडलकको अन्त्य गर्नलाई फेरी संवाद तत्काल सुरु गर्नुहुन्छ भन्ने हामीलाई विश्वास लागेको छ । सहमति निर्माण गर्ने र निर्माण भएका सहमतिका आधारमा बैशाख ११ गते बहुमतले गरेको निर्णयलाई संशोधन परिमार्जन गर्ने काममा उहाँ लाग्नुहुन्छ भन्नेनै हाम्रो विश्वास हो ।

तर नेपाली काँग्रेसका सभापतिले महाधिवेशनको कार्यतालिका निकाली सकेपछि सच्याएर जानुपर्छ भन्ने पक्षमा तपाई हो ?

पहिलो महाधिवेशनदेखि अहिलेसम्म १३ वटा महाधिवेशन नेपाली काँग्रेसले गरिसकेको छ । सबै महाधिवेशनको कार्यतालिका कार्यविधि चाहिँ जहिले पनि सहमतिबाटनै निर्माण भएको छ । अहिले पनि सहमतिका आधारमा निर्माण हुनुपर्छ । अरु कुरा त छोड्दिनुस्, अघिल्लो महाधिवेशन जसले उहाँलाई सभापति बनायो, त्यतिबेला कार्यबाहक सभापति रामचन्द्र पौडेल हुनुहुन्थ्यो ।

उहाँको नेतृत्वमा महाधिवेशन भएको थियो । उहाँले पनि हरेक कार्यविधि र कार्यतालिका निर्माण गर्दाखेरी शेरबहादुर देउवाको सहमतिनै लिएर गर्नुभएको थियो । परम्परा त बिगार्नु भएन नि । सहमति भनेको एजेण्डामा र ठोस् निश्कर्षमा पुगेर गरेको मात्रलाई मान्न सकिन्छ । अहिले हामीले खोजेको सहमति त्यो हो, अझैपनि केही बिग्रेको छैन्, त्यो सहमति निर्माण गरेर अगाडिका निर्णयहरुलाई त्यही आधारमा परिमार्जन गरेर अगाडिको यात्रा तय गर्ने कार्यमा लाग्न सकिन्छ भन्ने हाम्रो सुझाव हो ।

तपाईहरुले गरेको भेला वैधानिक रुपमापार्टी सभापतिले किन मान्ने ? तपाईहरु गैरकानूनी रुपमा असंवैधानिक भेला गर्नुभयो भनेर काँग्रेस पार्टीकै नेताहरुले भनिरहेका छन् नि, तपाई के भन्नुहुन्छ ?

हामी संवैधानिक रुपबाटनै, पार्टीको विधि प्रक्रियाबाटनै जिम्मेवारीमा आएका सभापतिहरु हौं । जसरी त्यही विधान र त्यही प्रक्रियाबाट केन्द्रीय सभापति आदरणीय शेरबहादुर देउवा बन्नुभएको छ । त्यसकारणले गर्दा हामी हाम्रो पार्टीको विषयमा बसेर चिन्ता गर्ने, छलफल गर्ने र यस समस्याको समाधान निकाल्नलाई प्रयत्न गर्ने हो । मलाई लाग्छ हामीले अझ बढी जिम्मेवारी महसुस गर्न आवश्यक ठान्यौ र यो लेभलसम्म छलफलमा गएर निश्कर्षमा पुग्ने काम ग¥यौ ।

तर नेपाली काँग्रेस पार्टी कार्यालयमै समानान्तर संगठन निर्माण गर्न लागेको हला पनि छ नि तपाई के भन्नुहुन्छ ?

समानान्तर संगठन कदापी बन्दैन, बनाउँदैनौं । पार्टी कार्यालयमानै बसेर छलफल भएको कुरालाई कसरी समानान्तर भन्ने ? पार्टी नेताहरुकै बीचमा बसेर छलफल भएको छ । जिल्ला सभापतिहरु बसेर आफ्ना आफ्ना अनुभवका कुराहरु राखेका छन् । उहाँहरुले खबर गरेर बोलाउँदा पनि ७७ वटै जिल्ला सभापतिहरुलाई बोलाउनु भएको छ ।

यसलाई बोलाउने उसलाई नबोलाउने भन्ने कुनै गुटको रङ्ग छैन । सुझाव यहाँ पनि हामीले उहाँहरुलाई दियौं । त्यही सुझाव हामी आदरणीय पार्टी सभापति शेरबहादुर देउवालाई पनि दिएका हौं । आखिर चुरो कुरो पार्टी सभापतिनै हो भनेपछि मलाई लाग्छ हामीले यतिखेर गर्नैपर्ने जिम्मेवारीमा अगाडि बढेका छौं । हामीले यो पार्टीको एकतालाई बचाएर छोड्छौं र पार्टीको अहिलेको समस्याहरुको समाधान गरेर अगाडि बढ्छौंं भन्ने आत्मविश्वास ममा बढेको छ ।

जिल्लाका पार्टी सभापतिहरुले मात्र भनेर यो कुराको समाधान हुन्छ भन्ने कुरा आम कार्यकर्ताले कसरी बुझ्छन् ?

समाधान त हुन्छ । महाधिवेशनको तयारी एउटा कुरा हो । महाधिवशनको तयारीका क्रममा गर्नुपर्ने कामहरु चाहिँ एउटा हार्दिकतापूर्वक सहमतिपूर्वक लैजाने कुरा राजनीतिक विषय हो । यो कुरा त महाधिवेशन लाग्यो भन्दैमा टुट्दैन । दुई शिर्ष नेता हुनुहुन्छ र उहाँहरुलाई थाहा छ नि नेपाली काँग्रेस पार्टीले आफ्नो पहिचान बचाउने हो भने अहिले सबै कुराहरु छोडेर कसरी हुन्छ जनताको अधिकारहरुमाथि जुन अपहरण हुन खोज्दैछ । व्यक्तिगत स्वतन्त्रता माथि धावा बोल्न खोजिदैछ । विभिन्न विधेयकका नाममा मौलिक अधिकारमाथि आक्रमण भइराखेको छ । संस्थागत रुपमानै यति धेरै भ्रष्टाचार छ, अनैतिकता बढिरहेको छ ।

हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराध बढ्दो रुपमा छ । तस्करी बढेको छ, महँङ्गीकोे त झन् कुरै नगर्नुस । यतिबेला जनताको पक्षमा यत्रो लामो इतिहास बनाएको र सङ्घर्ष गरेको पार्टी अहिले आफ्नो कर्तव्यबाट बाहिर जान्छ भन्ने कुरा त म सोंच्न पनि सक्दिन । हाम्रो भनाई के हो भन्दाखेरी हामीले लड्नुपर्ने हामीले हाम्रो तागतलाई जनताको हितमा सदुपयोग गर्नुपर्ने अरु क्षेत्रहरु छन् । यतिबेला आफ्नो पार्टीभित्र नै बहुमत, अल्पमत भनेर जुन कुरा बाहिर आएको छ, यो गलत भइरहेको छ । यतिबेला पार्टीभित्रका सानातिना सबै मतभेद मिलाएर कसरी हुन्छ सबैलाई सहमतिमा लिएर जाने कुरा हो ।

विमल दाई, प्रकाश दाईहरु वार्तामा बसिराख्नु भएको छ । कतिपय कुराहरु सहमति नजिक पुगिसकेको कुरा पनि हामीले सुनिरहेका छौं । केही दिनमै पार्टी निश्कर्षमा पुग्दै छ तर केही कुराहरु बाँकी छन्, त्योे पनि चाडो भन्दा चाडो मिल्दै आउने आशा हामीले लिएका छौं । तर त्यो भन्दा अगाडि हामीले पार्टी भित्रका तिक्तताहरु मेटेर आपसी सहमतिबाट पार्टीलाई अगाडि बढाउन केही कुरा गर्न बाँकीनै छ । त्यो पनि चाडो भन्दा चाडो मिलाउने प्रयत्नमा लागिरहेका छौं । उहाँहरु पनि मिलाउने पक्षमा हुनुभएको हामीले देखेका छौं ।

यताबाट पनि मिलाउने पक्षमा हो भनेर वार्ता भइरहेको देखिन्छ । केही कुरा मिल्न बाँकी छ भने मंसिर २६ गते बोलाएको बैठक पुसको १० गते ११ बजेसम्म कुर्न मिल्यो भने अर्को केही घण्टा कुर्न, अरु एक दुई दिन कुरेर समाधानमा पुग्ने कुरालाई अप्ठ्यारो मान्नै पर्दैन । आकाश खस्न लागेको छैन, धर्ती भासिन थालेको छैन ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य डा.शेखर कोइराला लगायतलेनै पार्टीलाई बिगार्ने काम उहाँहरुबाटै भइरहेको भनेर पार्टी सभापतिले आरोप लगाइरहँदा तपाई के भन्नुहुन्छ ?

मलाई लाग्छ नेपाली काँग्रेस पार्टीलाई यहाँसम्म ल्याइ पु¥याउनलाई नेपाली काँग्रेसको जुन शक्ति तागत छ, त्यो निर्माण गर्नको लागि यि तपाईले नाम लिएका मानिसको योगदानलाई बिर्सने कुरा आउँदैन ।

आवेशमा आएर कुनै कसलाई व्यक्तिगत रुपमा लान्छना लगाउने यो सबै गलत कुरा हो । मलाई लाग्दैन कि आदरणीय पार्टी सभापति शेरबहादुर देउवाले नामनै किटेर यसले गर्दा, उसले गर्दा भन्नु भएको छ भन्ने कुरा यो उहाँको गरिमालाई घटाउनलाई कसले कहाँकहाँ के–के गरिरहेका छन्, त्यो त मलाई थाहा छैन । यो कुरा राम्रो पनि भइराखेको छैन । उहाँ गम्भिर हुनुहुन्छ ।

मलाई लाग्छ केही दिनमा नै यो वार्ता जहाबाट डेडलक भएको थियो, त्यहीबाटनै वार्ता पुनः आरम्भ हुन्छ । फेरि त्यसले सहमति निर्माण गर्ने कुरा हुन्छ । त्यो सहमतिका आधारमा फेरी अगाडि बढ्दाखेरी ११ गतेको बैठकको केही निर्णयहरु परिमार्जित भएर जान्छन् । महाअधिवेशन पनि हर्सोउल्लासका साथ सम्पन्न हुन्छ । अलोकतान्त्रिक गतिविधिका विरुद्धमा लड्नको लागि पार्टी एक ढिक्का भएर अगाडि बढ्छ भन्ने मलाई विश्वास लाग्छ ।

अन्त्यमा तपाईको लोकप्रिय पत्रिका नयाँ विकल्प साप्ताहिक मार्फत् मेरा विचारहरु प्रवाह गर्ने अवसर दिनुभएकोमा पत्रिका परिवारलाई विशेष धन्यवाद !

सम्बन्धित समाचार

Betify Casino : Gains Rapides et Sessions Courtes pour le Joueur Moderne
  • २०७६ पुष २८, ०७: १४

L’essor du Quick Gaming chez Betify Dans la culture actuelle où tout va vite, les joueurs recherchent une gratification instantanée....

Betify Mobile Gaming : Gains Rapides et Frissons Instantanés
  • २०७६ पुष २८, ०७: १४

Betify a créé une niche pour les joueurs qui aiment tourner, parier et gagner en déplacement. Cette plateforme mobile‑first vous...

Golden Crown Casino – Quick‑Hit Slot Action for the Fast‑Paced Player
  • २०७६ पुष २८, ०७: १४

1. Why Speed Matters in Modern Gaming When you’re on the move—between meetings, catching a ride, or simply scrolling while...