हतियारको बलमा सरकारमा र सत्तामा जाने, त्यही हतियार समातेर जनतालाई अहिले पनि दमन गर्नेले हतियारको विरोध गर्न मिल्छ ? – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

हतियारको बलमा सरकारमा र सत्तामा जाने, त्यही हतियार समातेर जनतालाई अहिले पनि दमन गर्नेले हतियारको विरोध गर्न मिल्छ ?

मोहन वैद्य (किरण)
महासचिव, नेकपा क्रान्तिकारी

नेपालको राजनीतिक परिवर्तन गर्नका लागि भन्दै २०५२ सालदेखि २०६२ सालसम्म १० वर्षे जनयुद्धमा लागेका र जनयुद्ध नेपाली राजनीतिमा ढोका हो भन्दै झापा विद्रोहबाट सत्तासिन हुन पुगेका तत्कालीन एमाले पंक्तिहरुबीच यतिबेला जनयुद्ध दिवस मनाउने क्रममा सुरुका दिनमा विवाद बल्झिरहँदा अन्त्यमा श्रद्धाञ्जलीसभामा मनाउने वर्तमान नेकपाको पार्टी, सरकार सञ्चालन र विगतका राजनैतिक घटनाक्रमका बारेमा विवादको भुमरीमा पर्दै आएको छ ।

यसपटक पनि यस्तै भयो । पुराना अग्रज कम्युनिष्ट नेता मोहनवैद्य किरण यतिबेला पनि संघीय लोकतान्त्रिक गणतन्त्रले अझै पनि जनताको चाहना पुरा गर्न नसकेको भन्दै आइरहनुभएको छ । यिनै समसामयिक विषयमा आधारित रहेर हाम्रा विशेष संवाददाताले नेकपा क्रान्तिकारीका महासचिव मोहन वैद्य (किरण)सँग गरेका कुराकानीको सम्पादीत अशंः

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि पनि किन जनयुद्ध दिवस मनाइरहेको हो ? के मुलुकमा फेरी पनि द्वन्द्वको सम्भावना छ र ?
जनयुद्ध दिवस मनाउने कुरा यो रुपान्तरणको लागि झण्डैझण्डै २४ वर्ष अगाडि सुरु भएको हो । अहिले २५औं वर्षमा प्रवेश गरेको छ । त्यो बेलादेखिको वर्षगाठ जनयुद्ध दिवस मनाउँदै आइरहेको कुरा यहाँहरुलाई थाहा भएकै कुरा हो । यसमा एउटा ऐतिहासिक सन्दर्भ रहेको छ ।

दोस्रो कुरा के हो भनेदेखि हामीले जुन उद्देश्य पुरा गर्नको निम्ति जनयुद्ध सुरु गरेका थियौं अथवा भनौं नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवादी वैधानिक समाजवादतर्फ लैजाने उद्देश्यले गरेका कारण आज पनि हामी जनयुद्ध दिवस भनेर मनाइरहेका छांै । त्यसैको मूल्यकै आधारमा जगमा टेकेर फेरी अगाडि रुपान्तरणको प्रक्रियामा अगाडि बढ्नुपर्छ भन्ने दुई वटा अर्थ रहेको छ । जस्तै विगतको संङघर्ष र दोस्रो भावी दिनको निम्ति कसरी जाने भनेर एउटा दिशानिर्देश हिसाबले हामीले जनयुद्ध दिवस मनाउदै आइरहेका छौं ।

जुन उद्देश्य पुरा भइसकेपछि पनि जनयुद्धको कुरा गरिरहँदा नेपाली जनताको चाहना विपरित हुँदैन र ?
यहाँले जनताको चाहनाको कुरा गर्नुभयो यसमा दुुईपक्ष छन् । पहिलो कुरा त अहिलेको यो गणतन्त्र जुन अहिले आंशिक परिवर्तन भएको हो । अब त्यो निश्चित रुपमा जनयुद्धको उपलब्धी हो भनेर हामीले भन्दै आएका छौं, भने यो आंशिक मात्रै हो । पूर्ण रुपमा होइन भन्ने खालको कुरा यो सरकारमा रहेर जुन कामहरु भइराखेको छ, यसबाट त केही पनि भएन भन्ने कुरा देखियो नि त हो कि होइन भन्नुस् त ? यही जनयुद्धमा संलग्न भएका झापा विद्रोहका पनि नाइके अहिलेको सरकारमा छन् । खोइ त के गरिरहेका छन् ? यिनीहरुको काम, क्रियाकलाप र सबै गतिविधिहरु हेर्दा फेरी पनि परिवर्तनको आवश्यक भयो भन्ने कुरा प्रमाणित भएको छ ।

वर्तमान नेकपाको नेतृत्वमा रहेको सरकारले जनचाहना अनुसार काम गर्न सकेन भन्ने भनाई र निष्कर्ष निकाल्न खोज्नु भएको हो ?
हो, ठ्याक्कै यही हो । चाहना अनुसार परिवर्तन भएन, हुन सकेन । जे हुनुपर्नेथ्यो, त्यो भएन र चाहना अनुसार किन काम भएन भन्ने कुराको एक किसिमको अवस्था देखिएको छ । त्यसैले रुपान्तरणको माग गर्दा राष्ट्रियता र जनताको समस्यताहरु झन्झन् जटिल बन्दै गएको यो स्थितिमा जनताले परिवर्तन र समाजलाई रुपान्तरण गर्न खोजेका थिए ।

त्यसैले गणतन्त्र उत्तम व्यवस्था हो भनेर हामीले लोकतान्त्रिक गणतन्त्र लेराआयौ । हामीलाई यो भन्दा पनि उच्च प्रकारको जनगणतन्त्रको आवश्यक छ भनेका थियौं । त्यसैले यसको प्रयोग गर्दाखेरी जनताले एउटा राष्ट्रियताको बारेमा, जनजिविकाको बारेमा जुन समस्याहरु छन्, यि सबै समस्यताहरुको समाधान यो लोकतान्त्रिक गणतन्त्रको अभ्यासबाट मात्रै हुन्छ भन्ने मान्यताबाट यो सरकार अगाडि बढेको देखिएन ।

वर्तमान प्रधानमन्त्री के.पी शर्मा ओली तपाईहरुले जनविद्रोह सुरु गर्दा निकै कठोर र तपाईहरुकै विरोधी हुनुहुन्थ्यो, तर अहिले आएर के.पी शर्मा ओलीले नै जनयुद्ध दिवस मनाउन थाल्नुभयो नि तपाई के भन्नुहुन्छ ?
प्रधानमन्त्रीले आत्मसाथ गर्नुभयो भनेर त भन्नुभयो तर उहाँले कसरी आत्मसाथ गर्नुभएको छ भन्ने खालको कुरा पनि छ । ओलीजीले ऐतिहासिक झापा विद्रोह गलत छ भनेर उहाँले भनिसक्नु भएको छ । आफूले गरेको झापा विद्रोह गलत थियो भन्ने मान्छेले १० वर्षे जनयुद्ध ठिक थियो भनेर जनयुद्ध दिवस मनाउनु भएको होइन, विल्कुलै होइन ।

आजको दिनमा शहिदहरुको सम्झना गर्ने हिसाबले जनयुद्ध दिवस मनाएको हो । केही अवशेष माओवादीहरु पनि सरकारमा गएको हुनाले जनता र कार्यकर्तालाई देखाउनका लागि ओलीजीले पनि जनयुद्ध दिवस मनाउनु भएको हो । जनयुद्धको गरिमा र मूल्यलाई आत्मसाथ गरेर उहाँहरुले गर्न खोज्नुभएको होइन ।

तपाईहरुले सुरु गरेको जनयुद्धको स्मरण गर्दा नेपाली जनताको निकै ठुलो क्षति भयो होइन र ? यसलाई कसरी तपाईले समीक्षा गरिरहनु भएको छ ?
कुनैपनि आन्दोनलन हुँदाखेरी मानिसहरुको साहदत्त हुन्छ नै । मानिसहरु मर्छन भन्ने त्यो त एउटा मात्रै आन्दोलनको कुरा होइन, समग्र विश्वको राजनीतिक आन्दोलन हेर्दा इतिहास साँची नै छ । सबै आन्दोलन मान्छेलाई मारेर भयो भन्ने हिसाबले गर्ने कुराहरु हुँदैन ।

हामीले विगतको घटना प्रक्रियाहरुबाट शिक्षा लिँदै कम भन्दा कम क्षति होस् भन्ने कुरामा पनि ध्यान दिँदै अगाडि बढ्नुपर्ने कुरा हुन्छ । त्यसकारण के हो भन्दाखेरी क्षति भन्ने कुरा मात्रै होइन । रुपान्तरणको प्रक्रियामा क्षति हुन्छ । यो हाम्रो सन्दर्भ मात्रै होइन कि समग्र इतिहासको सन्दर्भ नै हो ।

नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले आएर द्वन्द्व, विवादको कुरा गर्नु गलत हो, जनयुद्धको सफलताले आज नेकपा पार्टी सरकारमा छ, हामीले यसैलाई आत्मसात गरेर जानुपर्छ र अब विद्रोहको कुरा गर्नेहरु असफल हुन्छन् भनेर प्रचण्डको भनाईलाई तपाईले कसरी लिनुभएको छ ?
उहाँले आज एउटा विचार व्यक्त गर्नुहुन्छ, भोली फेरी अर्को विचार व्यक्त गर्नुहुन्छ । उहाँको कुरा गरी साध्य छैन । हामीलाई दुनिया रुपान्तरण गर्नको लागि क्रान्तिको आवश्यकता छ । हामीले नकारात्मक रुपमा भनेका छैनौं । सकारात्मक तरिकाले जनताको आवश्यकता पुरा गर्नका निम्ति आन्दोलनको आवश्यकता छ ।

युद्धको अन्त्यको लागि युद्धको आवश्यकता हुन्छ भनेर सैद्धान्तिक विवेचना पनि हुने गरेको छ । त्यसो हो भनेदेखि हरेक कुराको तर्क गर्न थाल्ने हो भने त सरकारले किन हतियार बोकेर बसेको हो भन्ने तर्क आउँछ । सरकारले हतियार बोकेर मान्छेलाई किन ठिक गर्न खोजेको हो त ? कयौं आक्रमणकारीहरुलाई सरकारले नै मारेको हुन्छ नि त विभिन्न ठाउँहरुमा । त्यसकारणले के हो भने हतियारको अन्त्य गर्नको निम्ति, युद्धको अन्त्य गर्नको निम्ति युद्धको आवश्यकता हुन्छ । यसलाई नकारात्मक ढङ्गले पनि प्रस्तुत गर्न हुँदैन । यसलाई सापेक्षतामा हामीले हेर्नुपर्ने हुन्छ । जनयुद्ध जुन गरियो त्यो ठिक गरियो । अब फेरी ठ्याक्कै त्यस्तै खालको जनयुद्ध तरिकाले दोहोरिन्छ भन्ने कुरा पनि हुँदैन ।

तपाईहरुले जनयुद्ध गरेर राम्रै ग¥यौ भनिरहँदा समग्र नेपाली जनताले स्वीकारेको देखिदैन नि तपाई के भन्नुहुन्छ ?
२००७ सालमा नेपाली काँग्रेसले हतियार उठायो गलत ग¥यो भन्ने कुरामा आउनु प¥यो नि त । फ्रान्सको राज्य क्रान्तिमा त्यहाँको जनताले हतियार उठाए त्यो पनि गलत गरे ? अमेरिकाको मुक्ति संग्राममा अमेरिकी जनताले हतियार उठाए त्यो पनि गलत गरे ? यो त सापेक्षता हो । यस अर्थमा हामीले त्यो बुझ्नु पर्ने हुन्छ । हतियारको अन्त्यको निम्ति र युद्धको अन्त्यको निम्ति एउटा विशिष्ट परिस्थितिले उठ्छन् यो अलग कुरा हो । मुख्य कुरा के हो भने जनताको समस्याहरु के के छन् भन्ने कुरा हो । हामी राजनीतिकर्मीहरुले त्यो कुरा बुझ्न आवश्यक छ ।

तपाईले फेरीपनि जनताको समस्या समाधानको लागि हतियार उठाएर विद्रोह गर्नुपर्छ भनिरहँदा यतिबेला त जनताले युद्ध होइन विकास र समृद्धि खोजिरहेका छन् नि ?
खोई के विकास भयो ? तपाईले के विकास भएको देख्नुभयो ? भन्न त प्रधनमन्त्रीजीले विकास–विकास भनिरहनु भएको छ । तर प्रधानमन्त्रीजीको विकासले ३ करोड जनतामा १ करोड जनता त स्वदेश भन्दा बाहिर छन् । के विकास भयो भन्नुस् त ? यस्ता खालका विकासले हुन्छन् ? त्यसकारणले जनताको वास्तविक विकासको लागि रुपान्तरण परिवर्तनको आवश्यकता छ ।

हतियारको बलमा सरकारमा गएका साथीहरु हतियारको बलमा सरकारमा र सत्तामा जाने, त्यही हतियार समातेर जनतालाई अहिले पनि दमन गर्ने अनि हतियारको विरोध गर्न मिल्छ उहाँहरुले ? बाबुराम भट्टराई र उहाँहरु पनि पुरानो सत्तालाई स्वीकार गरेर सत्तामा बसि सक्नुुभयो । हामीले रुपान्तरण परिवर्तनको कुरा गरेका हौं । हतियारको मात्र कुरा गरेका छैनौं । रुपान्तरणका विभिन्न प्रक्रियाहरु हुन्छन् । हतियारको पनि कुरा त हुन्छ, यो त समग्र विषयको कुरा हो । यसलाई नकारात्मक रुपले मात्र पनि लिनुहुँदैन । हतियारको भूमिकामा जनयुद्धको गरिमामा र ऐतिहासिक झापा विद्रोह समेतको एउटा जगमा उहाँहरु सरकारमा बसेको भन्ने कुरा उहाँहरुले बिर्सन हुँदैन ।

तर वर्तमान नेकपाका अध्यक्ष प्रचण्डले हामी शान्ति प्रक्रियामा आइसक्यौ, तपाईहरुको बाटो गलत छ भनेर भन्नुभयो नि तपाई के भन्नुहुन्छ ?
२००७ सालमा नेपाली काँग्रेसले हतियार उठाएको कुरा गलत थियो कि थिएन ? उहाँहरुले पनि हतियार उठाउन गलत हो भन्नुहुन्छ भने उहाँहरु सरकारमा बस्न कसरी मिल्यो ? बाबुराम भट्टराईजीको त कुरै छोड्नुस । बाबुरामजीले माक्र्सवाद नै गलत छ भनेर हिँडिसक्नुभयो ।

बाबुरामजीका कुरा गलत खालका कुराहरु भए । सयचोटी बोली फेर्नेलाई के भन्छन् ? हिँड्दै छ पाईला मेट्दै छ अनि बोली पिच्छे लाइन फेर्नेलाई के भन्ने ?

जनयुद्धका मूल्य–मान्यता विरोधी केपी शर्मा ओलीको नेतृत्वमा यसका उपलब्धी जोगाउँदै अगाडि बढ्छु भन्नु उल्टो बाटो हिँडेको जस्तै होइन र ? पछिल्लो पटक बाबुराम भट्टराईको प्रतिक्रियालाई तपाईले कसरी लिनुभएको छ ?
यस्ता कुरा छोड्नुस् । मूल कुरा के हो भने देश र जनताको हितका निम्ति जाने भन्ने खालको कुराहरु हो । देश र जनताको हितमा जुन एउटा रुपान्तरण हुनुपर्ने थियो, त्यो रुपान्तरण हुन सकेको छैन । हामीले देश र जनताको पक्षमा रुपान्तरणको प्रक्रियामा लाग्नुपर्छ मूल कुरा यही नै हो ।

सम्बन्धित समाचार

Betify Casino : Gains Rapides et Sessions Courtes pour le Joueur Moderne
  • २०७६ फाल्गुन ५, ०७: ३९

L’essor du Quick Gaming chez Betify Dans la culture actuelle où tout va vite, les joueurs recherchent une gratification instantanée....

Betify Mobile Gaming : Gains Rapides et Frissons Instantanés
  • २०७६ फाल्गुन ५, ०७: ३९

Betify a créé une niche pour les joueurs qui aiment tourner, parier et gagner en déplacement. Cette plateforme mobile‑first vous...

Golden Crown Casino – Quick‑Hit Slot Action for the Fast‑Paced Player
  • २०७६ फाल्गुन ५, ०७: ३९

1. Why Speed Matters in Modern Gaming When you’re on the move—between meetings, catching a ride, or simply scrolling while...