
सरकार दिनप्रतिदिन अलोकप्रिय हुँदै गइरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सशक्त रुपमा अगाडि बढ्न सकिरहेको छैन । जनचाहना अनुसार प्रतिपक्षी भुमीकामा रहेको काँग्रेसले यतिखेर पनि जनताको चाहनालाई सम्बोधन गर्न सकिरहेको छैन ।
सरकारले गरेका कमीकमजोरीलाई वैचारीक रुपमा जनतामाझ लगेर स्वस्थ प्रतिस्पर्धामा आफुलाई खरो रुपमा उतार्न नसक्नु र पार्टीभित्रको आन्तरिक व्यवस्थापन गर्न नसक्नु नेताहरुको मुख्य कमजोरी हो । दुई धुव्रका पार्टीहरु राज्यशक्तिका लागि एकै हुँदा पनि चेत नखुलेको काँग्रेस यतिबेलासम्म पनि आन्तरिक भुमरीमै रुमल्लिरहेको छ ।
काँग्रेसभित्रको आन्तरिक गुटबन्दी जतिजति महाधिवेशन नजिकिदै छ, उतिउति झन् छताछुल्ल हुँदै गइरहेको छ । पार्टीको विधानअनुसार गठन हुनुपर्ने विभागहरु समेत चारवर्ष बितिसकेपछि बल्ल पचास प्रतिशतभन्दा कम मात्र गठनको प्रक्रिया सुरु भएको छ । विभाग गठन गरेर हजारौंको संख्यामा पार्टीमा समेट्न सक्ने कार्यकर्ताहरुलाई काम विहिन बनाइएको छ । संगठनलाई चुस्तदुरुस्त बनाउनुको सट्टा कार्यकर्ताहरुसमेत गुटबन्दीमा लिप्त भएका छन् । जतिजति महाधिवेशन नजिकिदै गयो, उतिउति गाउँ, क्षेत्र, नगरमा समेत कार्यकर्ताहरु गुटबन्दीमा व्यस्त हुन थालेका छन् ।
केन्द्रीयस्तरका नेताहरुसमेत प्रदेश स्तरमा आफ्ना पक्षका भेला गर्न सुरु गरेका छन् । राज्य सञ्चालनमा ओली सरकार दिनप्रतिदिन आलोचित हुँदै गइरहँदा प्रतिपक्षमा रहेको काँग्रेस अशक्त र सत्तापक्षको उन्मात सडकमा छताछुल्ल भइरहेको छ । तरपनि काँग्रेसभित्र चेत नखुलेको अवस्थामा देउवा खेमाकै एक केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री समेत भइसकेका मिन विश्वकर्मासँग हाम्रा विशेष संवाददाताले नयाँ विकल्प साप्ताहिकका लागि गरेको कुराकानीको सम्पादीत अंशः
नेपाली काँग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाको कार्यकालमा पार्टीले के कति कुरामा सफलता प्राप्त गर्न सक्यो, वर्तमान अवस्थामा पार्टीको भुमिका कस्तो हुनुपथ्र्यो ?
वर्तमान सभापति शेरबहादुर देउवाको कार्यकालको विस्तृत रुपमा समिक्षा गर्दा पार्टी सभापतिमा निर्वाचन पश्चात् पार्टी भित्रको सबै गुटबन्दीलाई अन्त्य गरेर पार्टीलाई एक ढिक्का बनाउँछु र पार्टीलाई बलियो बनाउँछु भनेर उहाँ सभापति बन्नुभयो, सभापति बनिसकेपछि संविधान कार्यान्वयन गर्नुपर्ने, संविधानले व्यवस्था गरेअनुरुपको तिन तह स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन गर्नुपर्ने बाध्यकारी परिस्थिति अनुसार मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नुपर्ने जिम्मेवारी उहाँमा आइपरेका कारण पार्टीको समग्र कार्यमा भने केही अलमल भएको हो ।
तथापि राज्यको जिम्मेवारी अत्यन्तै राम्रो गर्दागर्दै पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न भने सक्नुभएन । राज्य सञ्चालनमा सफलता मिलेपछि पार्टीभित्रको गुट व्यवस्थापन गरेर पार्टी अगाडि चलाइरहनु भएको छ । त्यसो भएको हुनाले उहाँको राज्यप्रति र अन्य राजनीतिक दल, समग्र मुलुकको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुभएता पनि आफ्नै पार्टीको आन्तरिक व्यवस्थापनमा अलि विलम्ब भएको कारणले गर्दा केहीकेही असफलता पनि देखा परेको हो ।
वर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको निर्वाचन अगाडि सबैलाई मिलाएर लैजान्छु भन्नुभएको थियो तर कसैलाई मिलाउन सक्नुभएन नि किन ?
शेरबहादुर देउवा सभापतिको उम्मेदवार हुँदै गर्दा नेपाली काँग्रेस पार्टीभित्र तिनजना सभापतिको उम्मेदवार हुनुहुन्थ्यो । तिनवटा गुट थियो । उहाँले के भन्नुभयो भने गुटले गर्दा पार्टीभित्र आन्तरिक द्वन्द्व बढाउँछ, त्यसैले आमनिर्वाचनमा सशक्त भएर अन्य दलहरुसँग प्रतिस्पर्धा गर्न सकिएन, म सबैलाई समेट्छु र पार्टीलाई एक ढिक्का बनाउँछु भन्नुभएको थियो ।
उहाँ सभापतिमा निर्वाचित हुनुभयो । निर्वाचित भइसकेपछि उहाले तेरोमेरो भन्नुभएन । झट्ट हेर्दा थाहा पाउनुनै हुन्छ । सबै गुटबाट उठेका पदाधिकारीहरुलाई केन्द्रीय समितिको सदस्यमा मनोनित गरिदिनुभयो । पार्टीको विधानले दिएको बिस प्रतिशत मनोनित गर्ने के–का लागि भन्दा कथमकदाचित केन्द्रीय कार्यसमितिमा निर्वाचनबाट सभापतिको बहुमत आएन भने बहुमतबाट पनि निर्णय गरेर पार्टी सञ्चालन र निर्णायक बनाउनका लागि दिएको सुविधामा पनि उहाँले आफ्नो अरुको नभनिकन मनोनित गर्नुभयो ।
उहाँको खरो विरोध गर्नेहरुलाई पनि मनोनित गर्नुभयो । हुँदाहुँदै यतिसम्म आयो कि उहाँले मनोनित गरेका केन्द्रीय सदस्यहरुले सभापति देउवा असफल हुनुभयो भन्दै बैठक बहिष्कार गर्न लाग्नुभयो । आजका मितिसम्म पनि देउवाले मनोनित गरेका केन्द्रीय सदस्यहरुले देउवाको बैठक बहिष्कार गरिाखेका छन् । काँग्रेस केन्द्रीय समितिको बैठक बहिष्कार गरिराखेका छन् । म एउटा कुरा स्मरण गराउन चाहन्छु कि जतिबेला सुशील कोइराला पार्टी सभापति हुनुहुन्थ्यो त्यो बेला ने.वि.संघ, तरुण दल र महिला संघ भङ्ग गर्ने निर्णय गर्नुभयो । तिनवटै भातृसंस्थाहरु पार्टी कार्यालयमा अनसन बसेका थिए ।
पार्टी सभापति, उपसभापति, महामन्त्री कसैले पनि त्यो अनसन हेर्नपनि जानुभएन । दशैको बेला थियो जमरा राखेर बसेका थिए । सोह्रश्राद्ध पितृहरुको श्राद त्यही गरेका थिए । त्यो बेला हामीले भनेका थियौ । पार्टीमा अत्यन्त नराम्रो विकृति बढ्यो । शेरबहादुर दाई तपाईबाट भएपनि जुस खुवाएर अनसन तोड्दिनुस् भनेर भन्दा म सुशील कोइरालाको विरुद्धमा गएर अनसन तोड्न मलाई नैतिकताले दिँदैन किनभने म सभापति हारेपछि केन्द्रीय समितिमा मलाई सुशील कोइरालाले मनोनित गर्नुभएको हो । म सुशील कोइरालाको मनोनित केन्द्रीय सदस्य भएको हुनाले केन्द्रीय सदस्य रहँदै गर्दा म सुशील कोइरालाको विपरित जान सक्दिन समेत भन्नुभएको थियो ।
तर शेखर कोइरालाले पार्टी संगठन भताभुङ्ग भयो पार्टी सभापति असफल हुनुभयो भनेर प्रतिक्रिया दिनुभएको छ नि तपाई के भन्नुहुन्छ ?
मैले आफैले पनि भनिसके कि पार्टीको गुटबन्दी अन्त्य गर्न उहाँले सक्नुभएन । पार्टी गुटबन्दीमा सबै सहमति गर्छु भनेर यहाँ अगाडि बढ्नुभयो । सहमति भन्नेहरु जो समकक्षी प्रतिस्पर्धी नेताहरु हुनुहुन्थ्यो उहाँहरुले सहमतिको नाममा सहमति कहिल्यै नगर्ने र सबै कुराहरु पार्टी अगाडि बढ्नका लागि जुन निर्णय गर्नुपथ्र्यो, पार्टी जुन ढङ्गबाट अगाडि बढ्नुपथ्र्यो, विधान बमोजिम अगाडि बढ्नुपर्नेमा विधान बमोजिम सभापतिलाई पार्टी अगाडि बढाउन दिइएन ।
बहुमतको निर्णय गर्न पनि दिइएन र विधानसम्मत चल्नुपर्ने सभापतिलाई विधानसम्मत पनि चल्न दिइएन, जब विधानभन्दा बाहिर सहमति गरिन्थ्यो फेरि आफैलाई ल सभापतिले विधान मिच्यो भनेर हो–हल्ला गर्ने सही निर्णय गर्दाखेरी पनि बहुमतको निर्णय नमान्ने भन्ने, फेरि सहमति गर्दा त्यही निर्णयमा सहमति गर्ने गरेर पार्टी सभापतिलाई र पार्टीलाई अनिर्णयको बन्धक बनाइएको छ र ज–जसले त्यसो भन्नुभएको छ यसका मुख्य पात्र उहाँहरुनै जस्तो देखिन्छ । त्यो दुनियाको सामुन्ने छर्लङ्ग छ ।
गुटबाट गुटिय आवाजलाई उहाँले व्यवस्थापन गर्दै अगाडि बढ्नुपर्ने र गुट समाप्त गर्नुपर्ने कुरामा उहाँ चुक्नुभएको छ । उहाँ अलमलिनु भएको छ । ज–जसले सभापति देउवाले पार्टी असफल बनाउनुभयो भनेर भनिराख्नु भएको छ, उहाँहरुकै क्रियाकलाप बाहिर देखिएको छ कि बैठकमा नआउने, बैठक बहिष्कार गर्ने, सबै एजेण्डामा सहमति भइसकेपछि पनि ति एजेण्डा नमान्ने ।
सबै एजेण्डामा सहमति हुने वातावरण भएपछि बैठकमा नबस्दिने र जब बहुमतले निर्णय गर्छ फेरि बाहिर अन्यत्र अन्य भेलाहरु बोलाएर फेरि त्यसको विरुद्धमा अभियान सुरु गर्ने, गाली गलौज गर्ने गरेर अहिले समग्रमा भन्ने हो भने सभापतिलाई विभिन्न खालका कुरा झिकेर अलमल्याएको कारणले पार्टी अलमलिएको हो । साधारण निर्णय गर्दाखेरी नेपाली काँग्रेस पार्टीले अब भ्रष्टाचार विरुद्ध आन्दोलन गर्ने भन्दा त्यो आन्दोलन भन्ने शब्द झिक भन्ने नेताहरु बाहिर गएर यसले आन्दोलन गर्न सक्ने भन्नुहुन्छ । महाधिवेशन गरौ भनेर महाधिवेशनको मिति तोकेको निर्णय पनि बहुमतले ग¥यो यसले हामीले मान्दैनौं भन्नुहुन्छ ।
विभाग र समिति गठन गरौं न त भन्यो भने हाम्रा मान्छे यति राख्नैपर्छ भन्नुहुन्छ । त्यति राख्दैखेरी विधानमा अट्दैन । बसुन्जेलसम्म उहाँ त्यहाँ बसेर संसदीय बोर्डमा काम गर्नुभयो, कार्यसम्पादन समितिमा बसेर काम गर्नुभयो । जब काम गरि सकियो अनि शेरबहादुर देउवाले विधान विपरित कार्यसम्पादन समिति बनायो, संसदीय बोर्ड बनायो, यो खारेज गर्नुपर्छ भन्नुहुन्छ । बसेर आफ्नो स्वार्थ पुरा गरिसकेपछि खारेजीको माग गर्नुभयो त्यो पनि उहाँले खारेज गरिदिनुभयो । त्यस पछाडि निर्णय गर्दै जाने उहाँहरु अर्को बैठक बस्दै जाने, बैठक बस्नुभन्दा पहिले गुटको बैठक बस्ने, गुटको बैठकमा बैठक अवरोध गरेर आउने भनेर निर्णय गर्ने, त्यस कुराले गर्दा यो दुनिया सामुन्ने छर्लङ्ग छ, पार्टी पंक्तिमा मात्र होइन न कि पार्टी बाहिर पनि छर्लङ्ग छ ।
शेरबहादुर देउवाको सभापतित्वलाई हृदयदेखिनै स्विकार नगरेर उहाँले गरेका कुनैपनि काम स्विकार नगर्ने अनि बाहिर गएर चाहिँ शेरबहादुर देउवाले पार्टी एकलौटी चलायो, पार्टी कब्जा ग¥यो, पार्टीमा गुट हावी भयो भनेर भन्नुहुन्छ । आफुहरु नै पहिला गुटको बैठक बसेर बैठकमा जाने अनि देउवाको बैठकमा पुग्दा यसले गुटको बैठक बसाल्यो भन्ने ? यस्तो क्रियाकलाप गर्ने नेताहरुलेनै आज पार्टीलाई यस्तो बनाउनुभयो ।
सभापति शेरबहादुर देउवा भएको हुनाले यि सबै चुनौतिहरुलाई सामना गर्दै त्यसबाट बच्दै पार्टीलाई राम्रोसँग सञ्चालन गर्नुभएको छ । पार्टी सञ्चालन गर्दाखेरी आउने चुनौतिहरु थियो नै यि सम्भावित चुनौति नै हुन् । यसरी नै उहाँलाई काम गर्न दिन्न भन्ने कुरा उहाँ सभापतिको उम्मेदवार हुँदोखेरी नै थाहा थियो । तर थाहा पाइ राखेका चुनौतिलाई पनि पन्छाउँदै अगाडि बढ्न नसक्नु एक किसिमको कमजोरी नै हो भन्ने कुरा मैले पनि स्विकारेको छु ।
तर त्यतिबेला शेरबहादुर देउवाले सुशील कोइरालालाई व्यापक असहयोग गर्नुभएको थियो होइन र ?
असहयोग हो की सहयोग हो तपाई जान्नुस् । शेरबहादुर देउवाले मलाई केन्द्रीय समितिमा मनोनित गरेको मान्छेको विपरित जादिन भनेर पहिला उहाँले केन्द्रीय सदस्यबाट राजीनामा गर्नुभयो । राजनीनामा सार्वजनिक गरेर त्यही दिन राती गएर जुस खुवाएर आफ्नो भातृ संगठन तरुण दल, ने.वि.संघ र महिला संघका प्रमुखहरुलाई जुस खुवाएर अनसन तोडेर पार्टीमा सहज वातावरण सिर्जना गर्नुभयो । अनि वार्ता सुरु भयोे ।
वार्ताबाट पार्टी अगाडि बढ्यो । सुशील कोइरालाले विभाग पनि गठन गर्नुभयो । पदाधिकारी पनि बनाउनुभयो र आज तपाईले देख्नुभएकै होला नेपाली काँग्रेस पार्टीको महाधिवेशन छिटो गर छिटो गर मात्र भन्नुभयो न त महाधिवेशन छिटो गरौं भनेर क्रियाशिल सदस्यता बाढ्ने, समायोजन गर्ने सबै कार्यतालिका पास गर्यौ ।
उहाँहरुले सहमति दिनुभयो त्यस पछाडि उहाँहरु बैठकमा आउनुभएन । हामीले निर्णय गर्यौ त्यसका विरुद्धमा फेरी बहुमतको निर्णय मान्दैनौं भनेर सभापतिहरुको बहुमतको भेला गरिदिनुभयो । त्यस्तो नाटकीय नौटंकी पार्टीभित्र भइसकेपछि सभापति शेरबहादुर देउवा होइन सभापति महादेव भएपनि चलाउन सक्नुहुन्न । त्यसैले पार्टीभित्र यो बेथिति ल्याउने, पार्टीलाई यस्तो थिलोथिलो बनाउने कुरामा सभापतिको मात्रै भुमिका हुँदैन यो दृश्यभित्रका सबै नेताहरुको हात छ पार्टी यस्तो हुनुमा ।
अन्त्यमा तपाईको लोकप्रिय पत्रिका नयाँ विकल्प साप्ताहिक मार्फत् मेरा विचारहरु प्रवाह गर्ने अवसर दिनुभएकोमा पत्रिका परिवारलाई विशेष धन्यवाद !
L’essor du Quick Gaming chez Betify Dans la culture actuelle où tout va vite, les joueurs recherchent une gratification instantanée....
Betify a créé une niche pour les joueurs qui aiment tourner, parier et gagner en déplacement. Cette plateforme mobile‑first vous...
1. Why Speed Matters in Modern Gaming When you’re on the move—between meetings, catching a ride, or simply scrolling while...