
वर्तमान नेकपाको सरकारभित्र विवाद चर्कदै गएको छ । अहिले वर्तमान प्रधानमन्त्री के.पी.शर्मा ओली मिर्गौला प्रत्यारोपण गरेर टिचिङ अस्पतालमा स्वास्थलाभ गर्दै हुनुहुन्छ । तर सरकार र पार्टीभित्र भने विवाद चुलिँदै गएको छ ।
सचिवालय बैठकले पार्टीका उपाध्यक्ष तथा बर्दियाबाट आमनिर्वाचनमा प्रत्यक्षतर्फबाट पराजित बामदेव गौतमलाई राष्ट्रियसभामा लगेर संविधान संशोधन गर्ने विषय नेकपाभित्र राजनीतिक रडाकोको रुपमा अगाडि बढिरहेको छ । यद्यपि सचिवालय बैठकको सर्वसम्मत निर्णय भईसक्दा पनि सरकारले उक्त प्रस्ताव राष्ट्रपतिकहाँ लगिसकेको अवस्था छैन ।
यसअगाडि उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभामा नजाने भनेर उम्मेदवार बनाइएन । तर पछिल्लो समय यो प्रस्ताव पेचिलो बन्दै गइसकेपछि गौतम राष्ट्रियसभामा जान नयाँ बाटो तय भएपश्चात् नेपाली राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ । यही २० गतेदेखि अर्थमन्त्री युवराज खतिवडा लगायतका व्यक्तिहरुको राष्ट्रियसभामा दुई वर्षे कार्यकाल सकिएता पनि पुनः अर्थमन्त्रीमा युवराज खतिवडालाईनै नियुक्त गरिएको छ ।
तर उपाध्यक्ष बामदेवको प्रस्ताव भने प्रधानमन्त्री के.पी शर्मा ओली अस्वस्थ भएका कारण उक्त प्रस्ताव राष्ट्रपति समक्ष पेश हुन बाँकी नै छ । उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभामा जाने र संविधान संशोधन वहसको विषयलाई लिएर पूर्व अर्थमन्त्री एवम् पुराना राजनीतिज्ञ राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृतका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसँग हाम्रा विशेष संवाददाताले नयाँ विकल्प साप्ताहिकका लागि गरेको कुराकानीको सम्पादीत अंशः
देशको पछिल्लो राजनीतिक घटनाक्रमलाई यहाले कसरी नियालिरहनु भएको छ, समग्रमा भन्नुपर्दा कस्तो अनुभव गर्नुभएको छ ?
वर्तमान अवस्थामा देशको अवस्था हेर्ने हो भने, लोभी र पापीहरुको संगमले गर्दा भद्रगोल हुँदै गएको छ । नेपालीमा एउटा उखान छ नि ‘जब मान्छेको अहंकार धेरै बढेर जान्छ, अहंकार धेरै बढेर गएपछि बुद्धि हराएर जान्छ, बुद्धि हराएपछि विवेक हराएर जान्छ र विवेकनै हराएपछि मान्छेको पतन भएर जान्छ’ हो यस्तै दिशामा गइरहेको छ अहिलेको नेपालको राजनीति ।
वर्तमान अवस्थामा नेकपा पार्टीको बहुमतको सरकार भएको र त्यही पार्टीभित्र आन्तरिक द्वन्द्व चर्किदै गएको भन्ने छ यहाँलाई के लाग्छ र के कारणले होला ?
सबैभन्दा पहिलो कुरा त अहंकार नै हो । मैले गरेपछि मलाई प्रश्न गर्ने कोही छैन । मेरो यत्रो सफलता भएको छ, मेरो बहुमतको सरकार भएको छ र मलाई छुन सक्ने को ? भन्ने अहंकारले हाम्रो प्रधानमन्त्रीजीमा सिमा नै नाघिसकेको छ । के ठिक ? के बेठिक ? भन्ने कुराको निर्णय गर्ने बुद्धि उहाँमा घट्दै गएको छ । अहंकारले रिस गराउँछ, रिसले बुद्धि घटेर जान्छ । उहाँमा कति रिस छ, सबैलाई थाहा भएकै कुरा हो ।
उहाँमा कसरी आवेगहरु आइराखेका छन्, तपाईहरुको सञ्चारमाध्यमहरुले देखिरहनु भएकै छ । रिसले बुद्धि घटेर जान्छ, बुद्धि घटेपछि निर्णय गर्ने क्षमता विवेक हराएर जान्छ र विवेक हराइसकेपछि त्यो मान्छेको पतन हुन्छ भनेर त मैले अगि पनि भनिसके र त्यही दिशामा उहाँहरु हिँडिरहनु भएको छ । प्रधानमन्त्रीलाई हिजोका दिनसम्म हेर्ने हो भने उहाँमा यति धेरै अहंकार बढेर गएको छ कि उहाँले आफ्नोे सिमा के हो भन्ने कुरा पनि बिर्सिसक्नु भएको छ ।
उहाँका साथीहरुले पनि कि तिमीले हामीले भनेअनुसार निर्णय मान, नभएदेखि तिमीले टाउकोले टेकेर गर्नुपर्छ भनेर भनेका छन् । त्यसैले तपाईले भनेका नमानेपछि तपाईलाई रिस उठेर आउँछ । रिसले गर्दा आफूले आफूलाई नहेर्ने हो भनेदेखि उहाँहरुको बिचमा नराम्रो भएर जान सक्ने सम्भावना बढेको छ । अनि देश संकटमा जाने सम्भावना छ । देश अराजक दिशामा जान्छ र फेरि यसै हुन्छ भनेर भन्न सकिदैन ।
सरकारका एक मन्त्रीले वर्तमान प्रधानमन्त्री जनताको म्याण्डेडबाट सरकार प्रमुख हुनुभएको हुँदा उहाँसँग धेरै विकल्पहरु छन् भनेर भन्नुभएको छ नि, त्यसको अर्थ के होलाजस्तो लाग्छ ?
के–के विकल्पहरु छन्, त्यो भन्ने मन्त्रीलाई नै थाहा होला । जनताको म्याण्डेड भन्दा पनि उहाँ आउनुभएको, उहाँको पार्टीलाई म्याण्डेड दिएका हुन् जनताले । एकजना व्यक्तिलाई दिएको होइन, पार्टीलाई दिएको हो । पार्टीको निर्णयले उहाँ प्रधानमन्त्री हुनुभएको हो । पार्टीलाई त्यसरी चुनौति दिएर पार्टी भनेको केही होइन सबै कुरा म नै हुँ भन्ने उहाँमा अहंकार बढी देखेको छु ।
त्यसैले उहाँमा सबैको मालिक मनै हुँ भनेर हिँड्ने जुन मनस्थिति बढेको देखिरहेको छु । जसरी यो मुलुकमा भ्रष्टाचार भन्ने कुराको संस्कारनै बसेर गएको छ । भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षकको रुपमा उहाँ आउनुभएको जस्तो देखिएको छ । प्रधानमन्त्रीको उहाँका सहयोगीहरुसँग द्वन्द्व शिवाय अरु के छ र ? द्वन्द्व गर्दा के हुन्छ ? कोही जित्छ, कोही हार्छ अनि सबै लथालिङ्ग, भताभुङ्ग र भद्रगोल हुन्छ । पार्टीले एउटा निर्णय गर्ने अनि पार्टीको निर्णयलाई म मान्दिन भनेर भनिसकेपछि जनताले मत दिएको त मलाई लाग्छ पार्टीलाई हो ।
मेरो प्रधानमन्त्रीसँग कुनै आग्रह पूर्वाग्रह छैन । तर उहाँ जनता समक्ष उहाँ कस्तो देखिनुभएको छ भने उहाँ भ्रष्टाचारीको संरक्षकको रुपमा देखिनु भएको छ । भ्रष्टाचार गर्ने मान्छेलाई प्रोत्साहन गर्ने रुपमा देखिनु भएको छ । यथार्थलाई नबुझेर नाङ्गो भएर काबु भइसकेको तर सबै कुरा राम्रो छ भनेर सम्झने स्थितिमा उहाँ देखिनु भएको छ । अब पार्टीले उहाँलाई कसरी तह लगाउँछ भन्ने कुरा हेर्न बाँकी छ ।
उसोभए वर्तमान प्रधानमन्त्री केपी. शर्माले त नारा नै तय गरेर ‘म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार गर्न पनि दिन्न’ भन्ने कुरालाई यहाँले कसरी लिनुभएको छ ?
म तपाईको लोकप्रिय पत्रिका नयाँ विकल्प साप्ताहिक मार्फत एउटा कुरा बताउन चाहन्छु । मान्छे जतिसुकै खराब भएपनि म ठिक छु नै भन्छन् । लामो लामो दारी, कपाल पालेका भगवान्लाई प्राथना गर्दै हिँडेका मान्छेहरु पनि भ्रष्टाचार, हत्या र बलात्कारमा फसेका छन् । मान्छेमा खराबीपन त छ नि, आफ्नो खराबीपनलाई आफूले नदेख्ने हो भने नचिन्ने हो भने अरु के नै भन्न सकिन्छ र ?
अहिलेको अवस्थामा हाम्रो देशमा बहुमत प्राप्त नेकपाको सरकार छ, यो सरकारले पाँच वर्षसम्म काम गर्न नसक्ने अवस्थामा पुग्दै छ भन्ने तपाईको विश्लेषण हो ?
मैले देख्दाखेरी हाम्रा प्रधानमन्त्रीजीले यही तरिकाले उहाँले निरन्तरता पाउनुहुन्छ भन्ने छैन । उहाँका वरिपरिकाले त भन्लान् नि उहाँका वरिपरिका सल्लाहकार जो छन् जसको तेज, पावर प्रधानमन्त्रीजीबाट आउँछ उनीहरुले जसरी भएपनि कहाँ हामी कम छम र भनेर उहाँलाई उचाल्ने, सन्काउने काम त गर्लान् । तर उहाँ यसरीनै सन्किदै जानुभयो भनेदेखि बहिर्गमनको बढ्दै आउने सम्भावना मैले देखेको छु ।
तर बहुमतको सरकारमा संकट निम्तियो भने राजनीतिक अस्थिरता उत्पन्न हुन्छ नि होइन र ?
संकट भनेको नै जब तपाईको खराबीपन बढेर जान्छ अनि संकट आउने हो । तपाई हामीले यस्तो आउन लाएको छ भनेर बाटो देखाउने हो, अथवा आफूले देखेको कुरा भनिदिने हो, गर्दैनन् भने संकट आउँछ । गिरिजाबाबु पनि त २०४८ मा बडो शक्तिशाली भएर आउनुभएको थियो । तिन वर्षमा नै हिँड्नुभयो, त्यही त हो नि ।
अहिले नेकपाभित्रै बामदेव गौतमलाई राष्ट्रिय सभामा लगेर प्रधानमन्त्री बनाउन, संविधान संशोधन प्रस्तावको वहस चल्दा यहाँलाई कस्तो लागिरहेको छ ?
एकजना व्यक्तिको लागि संविधान संशोधन गर्नु भनेको चाही पागलपन हो । अहिले संविधान यो हाम्रो खेलौना हो, यसलाई हामी जे पनि गर्न सक्छौं भन्ने अर्को घमण्डीपन र पाखण्डीको उदाहरण हो । मलाई बामदेव गौतमसँग व्यक्तिगत लेनदेन केही छैन । प्रधानमन्त्री हुन्छु भन्ने उद्देश्य राख्नु पनि स्वभाविक हो ।
भोली चुनाव जितेर आएर अहिलेको संविधान अन्तर्गत भोली उहाँले बहुमत ल्याएर प्रधानमन्त्री हुनुभयो भनेदेखि नमस्कार प्रधानमन्त्रीजी भनेर हामीले नै भन्ने छौं । उहाँको कार्यकाल पनि सफल होस् भन्ने छौं । तर अहिले एकजना व्यक्तिको लागि संविधान संशोधन गर्ने भनेको चाहिँ पाखण्डीपन हो, मलाई लाग्छ । उहाँको पार्टीले उहाँलाई रोकेर ठिकै गरेको हो । त्यो नभइकन मेरो सासनै चल्दैन, अर्थमन्त्री नभइकन मेरो सासनै चल्दैन । एउटा मन्त्रीको लागि सारा पार्टीनै ध्वस्त पार्छु भनेर प्रधानमन्त्रीको अहम हो भनेदेखि ध्वस्त हुन्छ ।
तपाई पूर्व अर्थमन्त्री भएको नाताले संसद छलेर इन्धनमा कर थप गरेको कुरालाई यहाँले कसरी लिनुहुन्छ ?
मैले बुझेसम्म यसरी संसद् छलेर कर लगाउन पाइदैन, बरु कर घटाउन चाहिँ पाइन्छ । अब अहिले नयाँ कानूनहरु लिएर आएको भए कुन्नी, कर घटाउनलाई नेपाल सरकारले पाउँछ । कर घटाउनलाई संसदमा स्विकृति लिनुपर्छ । उहाँले कर बढाउने जुन नीति लिनुभएको छ, यसमा मैले १० रुपैयाँ दाम बढाइदिए भनेर जे–सुकै तरिकाले भन्नुहोस् उहाँले ।
जनताको टाउकोमा थप भार थपेर, यसको लागि संसद्को स्विकृति नलिइकन पाइदैन । अहिले के पाइन्छ के पाइदैन भन्ने कुरा नै छैन । कानून भनेको खेलौना हो, त्यसललाई श्री ३ हरुको सरकार भएको जस्तो बेलामा जे गरेपनि भयो ? त्यो संस्कारलाई निरन्तरता दिने अहिलेको सरकारको शासन देखेको छु मैले ।
करलाई जसरी बढाउनका लागि जुनसुकै नाम भन्नुहोस् जनताको टाउकोमा त्यसरी थुपार्न संसद् चलेको बेलामा जनताबाट स्विकृति लिनुपर्छ । त्यो नगरिकन दनादन कर बढाउने हो भनेदेखि यो त एकतन्त्रीय जस्तै राज भयो ।
वर्तमान मुलुकको राष्ट्रपतिले भन्नुभएको छ, कि ‘समृद्धिको लागि सहकार्य’ भनेर तपाई के भन्नुहुन्छ ?
उहाँ जहाँ जानुुहुन्छ, त्यही बिदा हुन्छ । अहिले उहाँ उत्तर कोरियाको किमजङअनको जस्तै रुपमा हुनुभएको छ । राष्ट्रपति गइसकेपछि सारा स्कूल समेत बन्द गर्ने प्रचलन आएको छ । सबैलाई छुट्टि दिइएको छ ।
संसार नै भगवान्नै उत्रियको जस्तो भएको छ । यो कस्तो संस्कार हो भनेदेखि श्री ३ भन्दा पनि माथिको भएको जस्तो आभास भएको छ । सबै श्री ३ हुन लागिसकेका छन् । प्रधानमन्त्री झन् श्री ३ होइन श्री ५ नै हुनुभएको जस्तो छ ।
आर्थिक क्रान्ति र सम्पन्नताको कुरा गर्दाखेरी बजेट खर्च ५० प्रतिशत होइन ९० प्रतिशत खर्च हुन्छ भनेर अर्थमन्त्रीले भन्नुभएको छ नि तपाई के भन्नुहुन्छ ?
असार महिनामा सबैलाई बाँडिदिए हुन्छ । ज–जसलाई इच्छा लागेको छ, असार महिनामा बाडेपछि खर्च भइहाल्छ नि खर्चको लागि योजना, सिर्जना, कार्यक्रम अनुसार खर्च गर्नुपर्ने होइन क्यारे । बाँडिदिने हो सबैलाई बाँडिदिए हुन्छ ।
प्रधानमन्त्रीको जो–जो इच्छा भएका मान्छे छन् उहाँहरुलाई बाँडिदिए हुन्छ । खर्च कति प्रभावकारी भएको छ ? कुनै योजनाअनुसार भएको छ कि छैन, त्यसको हिसाब केही गर्नुपर्दैज जे गरिदिए पनि हुन्छ ? यो त शतप्रतिशत श्री ३ को सामन्ती शासन भएको छ । कसैप्रति उत्तरदायी नहुने सामन्ती शासन भएको छ अहिले ।
अन्त्यमा तपाईको लोकप्रिय पत्रिका नयाँ विकल्प साप्ताहिक मार्फत् मेरा विचारहरु प्रवाह गर्ने अवसर दिनुभएकोमा पत्रिका परिवारलाई विशेष धन्यवाद !
Бүгінгі жарыс қарқыны әлемінде, mostbet qazaqstan тез әсер алуды қалайтындар үшін өз орнын тапты — марафондық еңбектенусіз. Платформаның дизайны пайдаланушыларды...
1. The Payid Casino Experience in Minutes Payid Casino offers a crisp, streamlined interface that feels almost like a mobile...
When the lights flicker on a new gaming session, the urge to hit a big win and move on is...