जनक शिक्षाले तीन वर्षमा गर्यो ५१ करोड नाफा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

जनक शिक्षाले तीन वर्षमा गर्यो ५१ करोड नाफा

काठमाडौं । दशक देखि घाटामा रहेको जनक शिक्षा सामग्री केन्द्रले तीन वर्ष देखि नाफा कमाएको छ। आर्थिक वर्ष ०७७÷०७८ देखि हालसम्म जनक शिक्षाले ५१ करोड मुनाफा गरेको केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झाले बताए ।

विद्यालय स्तरको पुस्तक छपाइमा प्राथमिकता दिँदै आएको केन्द्रले अहिले मतपत्र, प्रश्न पत्र, उत्तर पुस्तिका, अन्तःशुल्क स्टिकर, यातायात कार्यालयका बिल, सवारी लाइसेन्स लगायतका सामग्री छाप्ने जिम्मेवारी पाएपछि मुनाफामा गएको प्रबन्ध निर्देशक झाले बताए ।

थप जिम्मेवारी सहित व्यापार बढेकाले जनक शिक्षा सामग्री केन्द्रले चार कलर छपाई गर्ने तीन वटा आधुनिक मेसिनसमेत थपेको छ । अहिले केन्द्रको दैनिक डेढ लाख छपाई उत्पादन क्षमता रहेको छ ।

संस्थाले कमाएको मुनाफाले नयाँ तीन वटा मेसिन किनेर व्यापार बढाएको जनक केन्द्रका सूचना अधिकारी रवीन्द्र कुमार शर्माले बताए । मुनाफा कमाउन थाले पछि केन्द्रले विगतका ऋणका ब्याज समेत तिरिसकेको छ ।

उत्पादन बढेकै कारण चालु शैक्षिक सत्रमा विद्यालय स्तरको पाठ्यपुस्तक समयमै विद्यालयमा पुराउन सकेको दावी गरेको छ ।

सम्बन्धित समाचार

What live casino games does Gransino offer?
  • २०८० पुष ६, ११: १०

Gransino puts live dealer tables next to a catalogue of 9,000 games and a sportsbook, so you can move between...

What should a beginner know before a first deposit at BetBlast?
  • २०८० पुष ६, ११: १०

Wondering what to sort out before you put money in? BetBlast is an online casino and sportsbook run by EOD...

How Do You Contact InstaSpin Customer Support and Fix Account Problems?
  • २०८० पुष ६, ११: १०

InstaSpin runs a casino and a sportsbook on one account with 3,793 games, and it takes Bitcoin, Ethereum, Tether, Visa,...