
नेपाली काँग्रेस पार्टीभित्र सँधै गुटको राजनीति भएका कारण आन्तरिक विवाद बढ्दै गएको भन्ने भनाईसँग यहाँ कत्तिको सहमत हुनुहुन्छ ? स्पष्ट रुपमा देखिनेगरी गुटको रेखा कोरिनुको मुख्य कारण के हो ?
म नेपाली काँग्रेस पार्टीभित्र छु र तपाईले गर्नुभएको गुटको कुरा हाम्रो आन्तरिक विषय हो । पार्टीभित्र गुट निर्माणको प्रक्रिया भइनै रहन्छ । तर गुट निर्माण के आधारमा भन्ने विषय आफ्नो ठाउँमा छ । व्यक्तिलाई बलियो बनाउने कि विचारलाई ? बहस गर्नका वैचारिक बहसको क्षेत्र ठुलो बनाउनको लागि भन्ने एउट विषय बन्दै आएको छ । तर यो काँग्रेस पार्टीभित्रको आन्तरिक विषय हो । यो रणनीति उपभोगका निम्ति गरिएको विषय मात्र हो भन्ने लाग्छ ।
तपाईहरुजस्ता युवा नेताहरु जसले यो मुलुकको राजनीतिक भविष्यलाई समेत ठुलो प्रभाव पार्न सक्छ, त्यही व्यक्ति काँग्रेसभित्र गुटमा टाँसिएको देखिन्छ नि होइन र ? जस्तो तपाई पनि अहिले कृष्ण प्रसाद सिटौलाको गुटमा हुनुहुन्छ होइन र ?
यो कुरा एकदम गलत कुरा हो । म कता छु के छु यो आधिकारीकताको विषय होइन यो हाम्रो पार्टीको आन्तरिक विषय हो । यो कुनै वैचारिक पक्षबाट एउटा नेतासँग नजिक हुने परिस्थिति होला त्यो हाम्रो आफ्नो विषय हो । हाम्रा शिर्ष नेताहरु हाम्रा अभिभावक हुन् । रामचन्द्र पौडेलले मात्र होइन, शेरबहादुर देउवा वा कृष्ण प्रसाद सिटौला अथवा अरु नेताहरु सबैले पार्टीका सबै कार्यकर्ताहरुलाई संरक्षण गर्ने अभिभावकत्व ग्रहण गर्ने, क्षमता अनुसारको अवसर दिने भन्ने कुरा स्वभाविक कुरा हो ।
यो आम रुपमा जनतासँग सरोकार राख्ने विषय होइन । नेपाली काँग्रेस पार्टी आज कहाँ छ ? यसको लक्ष्य के हो ? यो कुन ढंगबाट अगाडि जानुपर्छ भन्ने कुरा नै आजको दिनको मुख्य विषय हो । हाम्रो नेताहरु सम्मानित हुनुहुन्छ । मर्यादित हुनुहुन्छ । उहाँहरुलाई सम्मान गर्ने एउटा विषय भयो । नेतृत्वले आफु बलियो हुनका लागि सबैलाई समेट्छु, अभिभावकको भुमिका निर्वाह गर्छु भन्ने पनि स्वभाविक विषय हो ।
त्यसकारणले यो सार्वजनिक महत्वको विषय हो भन्ने मलाई लाग्दैन । राष्ट्रिय राजनीतिमा जनताले अपेक्षा गरे अनुसारको काम गरिरहेको छ कि छैन ? हाम्रो नेतृत्व अहिले समय सापेक्ष भुमिका निर्वाह गर्न सकिरहेको छ कि छैन भन्ने विषय महत्वपूर्ण हो जस्तो मलाई लाग्छ ।
वर्तमान अवस्थामा प्रतिपक्षको भुमिका उत्साहजनक देखिएन भनेर पार्टी नेता शेखर कोइरालाले भनिरहनुभएको छ नि, यहाँले उक्त भनाईलाई कसरी लिनुभएको छ ?
हामी हाम्रो पार्टीका कार्यकर्ता हौं । त्यसैले पार्टीका आफ्ना विषयहरु बाहिर कति लैजाने भन्ने एउटा विषय हुनसक्छ, त्यसका सीमाहरु हुन सक्छन् । तपाईले भनेका कुरा म कहाँनिर सहमत हुन सक्छु भने प्रतिपक्षी भुमिका प्रभावकारी ढंगले हामीले निर्वाह गर्न आवश्यक छ । तर त्यो हामी आफैले अपेक्षा गरे अनुसार पनि हुन सकिरहेको छैन ।
यो मुलुकमा देशको मन्त्रीले एउटा बिचौलियासँग भष्टाचारको सेटिङ्ग मिलाइरहेको अडियो बाहिर आयो । त्यति ठुलो प्रमाण हुँदाहुँदै पनि त्यो मन्त्रीले राजीनामा दिएर उनले त्यसबाट छुटकारा प्राप्त गर्ने स्थिति बन्यो । न हामीले संसद अवरुद्ध ग¥यौ, न हामीले संसद बन्द ग¥यौ । त्यसैले यतिबेला हामीले मुलुकका विशेष मुद्दाहरुलाई मुलुकमा सुशासन कायम गर्ने विषयलाई सरकारले जसरी वैधानिक रुपबाट भ्रष्टाचारलाई प्रसय दिने काम गरिरहेको छ । कमिसनमा आधारित भएर काम गरीरहेको छ । सरकारसँग जुन अपेक्षा थियो ।
त्यो अपेक्षा अनुसार काम नगरेको जुन स्थिति छ, त्यस अनुसार हामीले यि विषयहरुलाई उठान गर्ने सवालमा धेरै ठाउँमा चुकेको कुरालाई म स्विकार गर्छु । हामीले खास पार्टीभित्र उठाएको विषय नै यही हो ।
सरकारका गलत क्रियाकलापको मुद्दामा प्रतिपक्षी दल काँग्रेसनै कमजोर देखियो भनेर तपाईले भनिरहँदाखेरी काँग्रेसका नेताहरुनै व्यक्तिगत स्वार्थको लागि पार्टीभित्रै आन्तरिक लडाई लडिरहेका छन् भन्ने पनि छ, तपाई के भन्नुहुन्छ ?
तपाईले भनेका कुरा सबै स्विकार नगरे पनि तपाईले भनेका कुराहरु केही हदसम्म सत्यता छ । हाम्रो नेतृत्वले आफ्नो प्राथमिकता छुट्याउन सकेन । यतिबेला नेपाली काँग्रेस पार्टीको १४औं महाअधिवेशननै पहिलो प्राथमिकताको विषय हो । १४औं महाधिवेशन समयमा सम्पन्न गर्ने हाम्रो दायित्व हो । साधारण समयमा हामीले चारवर्ष भित्रमा हाम्रो अधिवेशन सम्पन्न गर्नुपथ्र्यो, त्यो बेलामा असाधारण स्थिति केही पनि थिएन ।
तर असाधारण स्थिति नभएको अवस्थामा पनि हामीले अधिवेशन सम्पन्न गर्न सकेनौ र विशेष परिस्थिति भनेर हामीले एकवर्ष पछाडि धकेलिएका कारण आशंका उत्पन्न भएको छ । किनकी यसले जुन कार्यतालिका निर्माण गरेको थियो, त्यो कार्यतालिका अनुसार कुनैपनि काम हुन सकेको छैन, भएको छैन । हामीले पुस मसान्तसम्म समायोजना भन्यौ, माघ मसान्तसम्म समायोजन आधाभन्दा केही बढी मात्रै भएको स्थिति छ । त्यसकारणले हाम्रो कार्यतालिका पुरै प्रभावित हुने अवस्थामा पुगेको छ, त्यसकारण हाम्रो अहिले मुख्य दायित्व भनेको १४औं महाधिवेशन हो । अहिले हाम्रो संस्थापन नेतृत्वले पनि अथवा हाम्रो नेताहरुले अब अरु कुनै कुरासँग नलागिकन, विषयान्तर नभइकन १४औं महाधिवेशनलाई भव्य र सशक्त ढंगबाट सम्पन्न गर्ने विषयमा विशेष ध्यान दिन जरुरी थियो, जरुरी छ ।
दोस्रो विषय भनेको नेपाली काँग्रेस पार्टीको आन्तरिक विषय उठाउनु हुँदैन भन्ने होइन । पार्टीको आन्तरिक विषयहरुबाट नै हामी हाम्रो आन्तरिक लोकतन्त्रप्रति कति सशक्त छौं भन्ने कुरा प्रमाणित हुनसक्छ । हामीले नेपालको राजनीतिलाई नेपालको लोकतन्त्रलाई आफुभित्र कसरी प्रयोग गर्न सकेको छौं, त्यो कुरालेनै भोली राष्ट्रिय राजनीतिमा हाम्रो प्रतिबद्धता देखिन्छ । त्यसैले यो आन्तरिक विषयहरु उठाउने सवालमा झन् नयाँ विषयहरु उठिरहेको छ । यसले चाही के देखाएको छ भने विषयान्तर भएको स्थिति देखिएको छ ।
अहिले मुख्यगरी १४औं महाधिवेशन समयमा सम्पन्न गर्ने । समयमा भनेको अबको ११ महिनाभित्रमा सम्पन्न गर्ने र अहिलेको प्रतिपक्षीको भुमिकालाई प्रभावकारी ढंगले अगाडि बढ्ने हो । राष्ट्रिय मुद्दाहरु जति पनि आएका छन्, ति मुद्दाहरुका बारेमा नेपाली काँग्रेस पार्टीले सशक्त ढंगले अडानका साथ यि विषयहरुलाई प्रस्तुत गर्ने । संसदमा हामी थोरै छौं, तर थोरै भएपनि हामीले त्यहाँ के गर्छौ भन्ने कुरा महत्वपूर्ण हो ।
नवलपरासी बर्दघाटबाट कार्यवाहक जिल्ला सभापतिलाई हटाइसकेपछि रामचन्द्र पौडेलले असन्तुष्ट भएर उहाँले तत्काल त्यो निर्णय फिर्ता लिनुपर्छ भनेर भन्नु भएको छ नि तपाई के भन्नुहुन्छ ?
हाम्रो विधानमा कुन अवस्थामा सभापति पद रिक्त हुन्छ भन्ने कुरा पनि प्रष्ट उल्लेख छ । रिक्त भएको सभापति पदलाई कसरी पूर्णता दिने, त्यो रिक्ततालाई कसरी पूर्ति गर्ने भन्ने कुरा पनि प्रष्ट उल्लेख छ, त्यसैले वैधानिक व्यवस्था जे हो त्यो व्यवस्था अनुसार त्यसलाई पूर्णता दिनुपर्छ भन्ने विषय स्वभाविक हुन सक्छ, किनकी विधानले व्यवस्था गरेको छ, त्यो अनुसार पूर्णता दिन सकिन्छ ।
महासमितिकै सदस्य हुनुपर्छ भन्ने पनि छैन । उपसभापति हुन जिल्ला कार्यसमितिको सदस्यमध्यबाट मनोनित गरेर उपसभापति बनाइन्छ । त्यो महाधिवेशन प्रतिनिधि महासमिति हुनु पर्दैैन, उपसभापति कार्यबाहक हुन सक्छ । हाम्रो वैधानिक व्यवस्था त्यो हो । त्यसैले वैधानिक व्यवस्था अनुसार ति निर्णयहरु हुनुपर्छ । दोस्रो कुरा यस्ता निर्णयहरुले गर्दा पार्टीमा आमसहमतिको आधारमा निर्माण गर्ने कोसिस पनि गर्नुपर्छ ।
किन कि यो विधि विधानलाई पूर्ण रुपमा लागु गर्न नसक्ने अवस्था रह्यो भने विधानले व्याख्या नगरेको कुनैपनि विषय भयोभने त्यो व्याख्या नगरेको विषयलाई व्याख्या गर्नका निम्ति, लागु गर्नका निम्ति आम सहमतिको आधारमा गरिनु पर्दछ । त्यसैले कार्यसम्पादन गर्ने सम्बन्धमा, निर्णयहरु गर्ने सम्बन्धमा यि विषयहरुलाई आधार बनाएर गरिनुपर्छ ।
पार्टी सभापति शेरबहादुर देउवाले अर्जुन पोखरेललाई हटाएर अर्को मान्छेलाई बनाउँदा तपाईहरुलाई के–को आपत्ति ?
अर्जुन पोखरेलजीलाई हटाएर आफ्नो मान्छेलाई बनाउने भन्ने कुरानै आपत्तिजनक छ । त्यो आफ्नो मान्छे भन्ने शब्द नै आपत्तिजनक छ । मैले भने कि एउटा जिल्ला सभापति रिक्त हुँदा त्यसलाई कसरी पूर्ति गर्ने ? त्यसलाई कसरी पूर्णता दिने भन्ने व्यवस्था चाही हाम्रो विधानमा प्रष्ट रुपमा उल्लेख छ ।
वैधानिक व्यवस्था जे हो त्यो व्यवस्था अनुसार गरिनुपर्छ भन्ने विषय हो । बिष्णु पौडेल पुरानो नेता हुनुहुन्छ, उहाँलाई बनाउने कुरामा व्यक्तिगत रुपमा असहमतिको कुरा छैन । तर कुरा के हो भने वैधानिक प्रक्रिया पुरा भयो कि भएन भन्ने सवाल मात्रै हो । वैधानिक प्रक्रिया पुरा नभएको अवस्थामा प्रश्न उठ्ने कुरा पनि स्वभाविक नै हो । त्यसैले वैधानिक प्रक्रिया पुरा गरेर गर्नुपर्छ भन्ने मुख्य विषय हो ।
अन्त्यमा तपाईको लोकप्रिय पत्रिका नयाँ विकल्प साप्ताहिक मार्फत् मेरा विचारहरु प्रवाह गर्ने अवसर दिनुभएकोमा पत्रिका परिवारलाई विशेष धन्यवाद !
There is a certain type of player who doesn’t have time for a three-hour saga. They have twenty minutes, a...
Het eerste wat je opmerkt wanneer je MyStake op je telefoon opent, is de pure snelheid van alles. Er is...
Es gibt eine bestimmte Art von Spieler, die keine Zeit für langsam verlaufende Erzählungen hat. Sie suchen nicht nach einer...