एक हप्ता, दुई हप्तापछि नआउँला भन्न सकिदैन  – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

एक हप्ता, दुई हप्तापछि नआउँला भन्न सकिदैन 

डा. शेरबहादुर पुन
सरुवा रोग विशेषज्ञ

विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोना भाईरसका कारण यतिबेला हाम्रो मुलुक मात्र नभै विश्वनै त्रसित भईरहेको छ । चिनको बुहान प्रान्तबाट सुरु भएको यो महामारीले अहिले विश्वमा तेह्र हजारभन्दा बढीको ज्यान गएको तथ्यांक सार्वजनिक भईरहेको छ । चिनपछि यो रोगको ठुलो शिकार इटली भएकोे छ । युरोप, अमेरिका, अष्ट्रेलिया जस्ता ठुला मुलुकहरु समेत त्राईमाम भएका छन् ।

कतिपय मुलुकले संकटकालनै घोषणा गरेका छन् । छिमेकी राष्ट्र भारतमा जनता कफ्र्यु अर्थात जनताले आफैलाई कफ्र्युमा राख्नुपर्ने बाध्यता आएको छ । हाम्रो मुलुकमा पनि अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ । त्यसैगरी सरकारले अत्यावश्यक सेवाहरु बाहेक अन्य सेवा बन्द गर्न भनेको छ । यो मानवीय क्षति रोक्न सबै तह र तप्काबाट आ–आफ्नो जिम्मेवारी वहन गर्न सरकारले आव्हान गरेको छ ।

विश्वव्यापी रुपमा फैलिँदै आएको महामारी कोरोना भाईरसले हालसम्म नेपालमा आक्रमण गर्न नसकेको भएता पनि सर्तक रहन स्वास्थ्यकर्मीहरुले जनतालाई आव्हान गरी रहेका छन् । तर पनि मानिसमा अफवाहमा दौडने वानीले निकै त्रसित बनाएको हुँदा हामीले यस हप्ता सरुवा रोग अस्पताल टेकुका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग हाम्रा विशेष संवाददाताले नयाँ विकल्प साप्ताहिकका लागि गरेको कुराकानीको सम्पादीत अंशः

विश्वव्यापी रुपमा फैलिएको महामारी रोग नोभल कोरोना भाइरसको सम्भनावना हाम्रो देशमा कति छ र यसका चुनौतिहरु के–के होलान् ?

हामीले सम्भावनालाई कहिल्यै नकार्न सक्दैनौं । किनभने मैले के भन्दै आएको छु भन्दाखेरी संसारमा जबसम्म यो नोभल कोरोना भाइरसको संख्यामा वृद्धि भइरहन्छ, तबसम्म नेपाल अथवा कुनै पनि देशमा सम्भावना रहिरहन्छ । तर सम्भावना भइरहन्छ भन्नेमा चाहिँ अहिले हेर्ने हो भने चाहिँ कम्तिमा पनि नेपाल पहिलो भिक्टिम भएन, दोस्रो भिक्टिम पनि भएन तर अन्तिम हुनु भएन । धेरै मानिसहरुमा मैले के पाइरहेको छु भन्दा, सबैभन्दा बढि चाहिँ मनोभावना मनमा डर लिएर बसेको देख्छु र उहाँहरुको एउटा सोचाइ के रहेछ भन्दा संक्रमण हुने बित्तिकै कतै म मर्ने होकी अथवा मेरो परिवार मर्छ कि भन्ने खालको त्रास देखिएको छ ।

कहिले काही त ठ्याक्क रुघाखोकी लाग्ने बित्तिकै रातभरि नसुतेको मुटुको धड्कन अनियमित भएको जस्ता कुराहरु चाहिँ मलाई आएर पोख्नुहुन्छ, कतै यसले गर्दाखेरी मेरो परिवारनै सखाप हुने हो की भन्ने सोंच लिएर आएको देख्छु, जुन चाँही मैले जहिले पनि उहाँहरुलाई बुझाउने गर्दछु, त्यसपछि उहाँहरुको अनुहारमा एक प्रकारको चमक देख्छु, किन भन्दाखेरी ए यस्तो पो रहेछ, मैले धेरै कुराहरु छुटै सुनेको थिए, सत्यता त यो रहेछ भनेर उहाँहरु खुसी चाहिँ हुनुहुन्छ । तर यो ल्याब टेस्टको कुराहरु छ, यो चाहिँ मैले प्रत्यक्ष मानिसहरुबाट भन्दा अरुबाट बढि सुन्ने गरेको छु ।

जो बाहिरबाट सम्र्पकमा भइरहनुहुन्छ, मैले के भन्न चाहन्छु भन्दाखेरी ल्याब टेस्ट जुन सामान्य टेस्ट होइन । त्यो संसारमानै सबैभन्दा उच्च प्रविधिको प्रयोग गर्ने टेस्ट हो, जसलाई पिसिआर भन्ने गरिन्छ । यो सामान्य मानिसले प्रयोग गर्ने होइन, यो तालिम प्राप्त मानिसले गर्छ र हामीहरुको जुन टेस्ट छ, यो एक्लै सञ्चालनमा छैन, यसमा प्रत्यक्ष रुपमा विश्व स्वास्थ्य संगठनको पनि सहयोग छ, अनुगमन छ, उहाँहरुले सहयोग गरिरहनु भएको छ । उस्तै परे शंका लागेका दोहो¥याएर पनि जाँच गर्ने गरिएको छ ।

मनोवैज्ञानिक के भइरहेको छ, भन्दाखेरी संसारमा इटली तथा युरोपमा दिनप्रतिदिन देखिराखेको छ भने हामीमा चाहिँ टेस्ट ग¥यौ अब आउँला यति जनालाई टेस्ट ग¥यौ, अब आउँला भन्ने किसिमको हाम्रो सोच नै नकरात्मक छ । एक हप्ता, दुई हप्तापछि नआउँला भन्न सकिदैन । म पनि नआउँला भन्न सक्दिन । किनभने हामी जोखिममा छौं । तर त्यहाँ छ यहाँ पनि आउनैपर्छ, आउनुपथ्र्यो, यो कता हरायो भनेर त्यो खालको मानसिकतामा गुम्सिरहेका छौं । त्यसले झन हामीलाई चिन्तित र त्रसित बनाइराखेको छ ।

त्यसोभए अहिलेसम्म हाम्रो देशमा एक जनालाई पनि कोरोना भाइरसको संक्रमण छैन भनेर भन्न खोज्नुभएको हो त ?
यसमा दावा किन गरिरहेको छु भन्दाखेरी, यो कुनै मैले गर्ने मात्र चिज होइन । यो कुनै एउटा हाइस्किल भएको मानिसले एउटा मिसिन जुन प्रविधि, उच्च प्रविधि र जुन प्रविधिमार्फत अमेरिका, बेलायत लगायतका देशहरुले प्रयोग गर्ने गरेको हो ।

त्यो कुनै एटा सामान्य प्रविधि थिएन र छैन पनि, त्यसले गर्दाखेरी चाहिँ हामीले त्यसमा किन यस्तो गरिएको जस्तो लाग्छ । हामीले दिनदिनै अरु देशमा सकारात्मक देखियो भनेर सुनिरहँदाखेरी हामीमा पनि आउनुपर्ने किन आएन ? भन्ने जस्ता कुराले मन भड्किरहेको देखे मैले । हो, त्यसले गर्दाखेरी विस्तारै कतै समस्या पो आएको हो कि भनेर आएको जस्तो चाहि मलाई महसुश भइरहेको छ ।

नेपालमा ल्याब टेस्टको पनि समस्या छ भनेर हल्ला आएको छ नि, यसको वास्तविकता के हो बताईदिनुस् ?
जतिपनि टेस्टहरु गरिराखेको छ, त्यो गरिरहेकै छ भन्नुको मतलब चाहि टेकु अस्पताल मात्र नभइकन अरु ठाउँबाट पठायौं र उहाँहरुले चाहिँ यो–यो खालको बिरामीको अवस्था छ, यो त्यहाँ गएर आएको भनेर खुलाएर पठायो भने त उहाँहरुले टेस्ट गरिरहनु भएको छ अथवा चिकित्सकको जुन रिकोमेण्डेशन छ, त्यसमा त उहाँहरुले गरिहरनु भएको छ, त्यसमा अब यो, त्यो भन्ने कुरा अहिले प्रष्ट छ । हामीले हामीहरुकोमा आउँदाखेरी चाहिँ जतिपनि बिरामी छन् समय नदिनी त कुरै छोडदिनुस मेरो हकमा मैले एक घण्टासम्म उहाँहरुलाई परामर्शदेखि लिएर चेकजाँच पनि गरेको छु ।

हाम्रो साथीभाइहरुले पनि उहाँहरुलाई यस्तो हो उस्तो हो भनेर बुझाएर पठाउने गर्नुभएको छ । यसमा धेरै मेहेनत चिकित्साकर्मीको तर्फबाट भइरहेको हुनाले टिकट काटेर आउने घण्टौ उहाँहरुसँग यही बारेमा परामर्श दिने र चेकजाँच गर्नेमा म प्रत्यक्ष छु । मेरो साथी भाइरहरुले पनि हेरचाह गरेको मैले देखेको छु । तर कस्तो हुन्छ भन्दाखेरी यो संसारमा कुनैपनि कुरा शतप्रतिशत नभएको जस्तो सायद कोहीकोहीमा चाहिँ केही गरी त्यस्तो खालको समस्या आएको रहेछ भने त्यो राम्रो कुरा होइन । तर मैले फेरी पनि के भने भन्दाखेरी हामीले हाम्रो तर्फबाट दिनुपर्ने जुन सहयोग अथवा उपचार वा सरसल्लाह हामीले दिइरहेका छौं ।

हामीकहाँ परामर्श लिन आउने मात्रै पनि थुप्रै हुनुहुन्छ । कतिपयले त सामान्य मौसमी रुघाखोकी छ, अहिले तर उहाँहरुले मलाई कतै कोरोना भन्ने भाइरस त होइन ? भनेर सोध्नुहुन्छ । उस्तैउस्तै कतिपयले त आत्तियार टेकु भाइरस समेत भन्ने गरेका छन् । यो चाहिँ आत्तिएर भनेका हुन् । मैले देखेको कस्तो अवस्था हो भन्दाखेरी मान्छेहरुले यति सुने की यहाँ केही नभएता पनि त्यो अवस्था सिर्जना भएको हो कि भन्ने एउटा भ्रम, डर र त्रासमा चाहि मान्छेहरु आत्तिएको देखेको छु, जसलाई हामीले चिनैपर्ने हुन्छ ।

तपाई चिकित्सक भएको कारण अहिलेको अवस्थामा तपाईकहाँ आउने बिरामी कस्ताकस्ता समस्या लिएर आउँछन् ?
अहिलेको कुरा गर्दाखेरी चाहिँ धेरै मानिसहरु रुघाखोकी जस्तो कि नाकबाट पानी आउने, घाँटी खसखस गर्ने र खोकी लाग्ने व्यक्तिहरु आउँछन् । जुन कुरा चाहिँ एकदमै अहिले मौसमको समय अनुसार रुघाखोकी भनेर हामी प्रस्ट्याउँछौं । यदी केही गरेर चाहिँ कोरोना नभएको अवस्था भइदिएको भए सायद अहिले तपाई हामी रुघाखोकी अथवा फ्लुको कुरा गरिरहेका हुन्थ्यौं । किनभने यो कोरोना पनि यही मौसममा आइपुगेको छ ।

यसलाई अझ सामाजिक सञ्जालमा उग्र रुपमा आइदिने र त्यसले गर्दा कतिपय कुराहरु त डाक्टरसाबहरुले भनेकै आधारमा चाहिँ डाक्टरहरुले यता र उता छ रे मलाई सार्ने हुन् कि भनेर झन् आत्तिएर आएको देख्छु, म जुन चाहिँ एकदमै त्यस्तो खालको अवस्था छैन, मैले चाहिँ त्यस्तो खालको अवस्था छँदै छैन भनेर किन भने भन्दा भोली त्यस्तो अवस्था नहोला, नआउला भनेको होइन ।

तर आजको मितिसम्म हामीले जुन तरिकाले काम गरिरहेका छौं, अथवा देखिरहेको छौं, प्रत्यक्ष फिल्डमा बसेर किनभने हामीले धेरैभन्दा धेरै त कोरोना जस्तो खालको लक्षण लिएर आउने मान्छे छन् । हामीले त्यसको रिपोर्ट हेरेर सरसल्लाह गर्ने, गर्दाखेरी र त्यो प्रकृतिको अथवा त्यसलेनै गर्दाखेरी बिरामीहरु चाहिँ जसरी अहिले भारतमा अथवा इटलीमा मान्छेहरु कडा रुपमा प्रस्तुत भए ।

एक सयमा १५ प्रतिशत मात्रै अस्पतालमा भर्ना हुन्छन् र त्यसमा पनि ५ प्रतिशत बेडमा जाने हो । त्यो अवस्थामा चाहिँ हामीले अहिले पनि अलिकति अस्वभाविक रुपमा कतै त्यसरी भर्ना भएर, यसले त एकै चोटी ह्वात्तै तान्छ, बिरामीको संख्या ।

त्यो खालको अवस्था सिर्जना भइरहेको हुनुपर्थ्यो छैन र त्यस्तो नहोस् र सुन्न पनि नपरोस्÷त्यो खालको अवस्था सिर्जना भइरहेको हुनुपथ्र्यो । आजको मितिसम्म तर त्यो छैन भनेर मैले भन्न खोजेको हो । मैले यो जोखिम नै छैन चाहिँ भनेको होइन ।

अन्त्यमा तपाईको लोकप्रिय पत्रिका नयाँ विकल्प साप्ताहिक मार्फत् मेरा विचारहरु प्रवाह गर्ने अवसर दिनुभएकोमा पत्रिका परिवारलाई विशेष धन्यवाद !

सम्बन्धित समाचार

What should a beginner know before a first deposit at BetBlast?
  • २०७६ चैत्र १०, ०८: १५

Wondering what to sort out before you put money in? BetBlast is an online casino and sportsbook run by EOD...

How Do You Contact InstaSpin Customer Support and Fix Account Problems?
  • २०७६ चैत्र १०, ०८: १५

InstaSpin runs a casino and a sportsbook on one account with 3,793 games, and it takes Bitcoin, Ethereum, Tether, Visa,...

Die Risiken der Sportwetten ohne OASIS und die Nachteile von Wettanbietern
  • २०७६ चैत्र १०, ०८: १५

Die Risiken der Sportwetten ohne OASIS und die Nachteile von Wettanbietern Sportwetten sind für viele Menschen ein beliebtes Freizeitvergnügen, doch...