स्वास्थकर्मी माथि प्रहरीद्वारा कुटपिट: कारबाहीमा डिएसपी – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

स्वास्थकर्मी माथि प्रहरीद्वारा कुटपिट: कारबाहीमा डिएसपी

काठमाडौं, ४ चैत – बुधबार राति ८ बजे शिक्षण अस्पतालबाट ड्युटी सकेर फर्किएका तीन जना डाक्टरहरुमाथि महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले लाठीचार्ज गरेको छ। आफुहरु डाक्टरहरु भएको बताउंदै परिचय पत्र देखाउदै गर्दा प्रहरीले लकडाउनको उल्लङ्घन गरेको भन्दै उनीहरुमाथि लाठिचार्ज गरेका थिए । डा. शम्भु खनाल, डा. तेजप्रसाद साह र डा. विकास शाहलाई प्रहरीले कुटपिट गरेका थिए ।

डिएसपी उमेश लम्साल
तस्बिर: सामाजिक संजाल

अहिलेको महामारीको अवस्थामा अग्रपंतिमा रहेर खटिरहेका डाक्टरहरुमाथि दुर्व्यवहार भएको भन्दै सर्बत्र बिरोध भएपछि कुटपिटमा संलग्न नेपाल प्रहरीको महाराजगञ्ज वृत्तका डिएसपी उमेश लम्साललाई प्रहरी प्रधान कार्यालयले कारवाही गरेको छ । नेपाल चिकित्सक संघ लगायतका संग संगठनहरु, संचार माध्यम,स्वस्थाकर्मीहरु र समाजिक सञ्जालमा चौतर्फी दबाब परे पछि महानगरीय प्रहरी कार्यलयले डिएसपी लम्साललाई महाराजगञ्ज वृतको प्रमुखबाट हटाइएको छ । उनलाई रानीपोखरीमा तानिएको प्रवक्ता श्यामलाल ज्ञवालीले बताए । घटनामा संलग्न अन्य प्रहरीहरुलाई पनि महानगरीय कार्यलयमा सरुवा गरिएको छ । प्रहरी बरिष्ठ उपरिक्षक किरण ब्रजाचार्यको संयोजकत्वमा प्रहरी उपरिक्षक मुकेश सिंह र प्रहरी नायब उपरिक्षक होबिन्द्र बोगटी सहित गठन गरिएको समितिले घटनाको प्रारम्भिक छानबिनमा प्रहरी अधिकारी दोषी देखिएपछि कारवाही गरिएको प्रबक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए ।


महामारीमा खटिने स्वस्थाकर्मीलाई सुरक्षा दिने भनेर सरकारले बताइरहंदा स्वस्थाकर्मीहरु सकारी निकाय- प्रहरीबाटै कुटिनु दुर्भाग्यपूर्ण भएको छ । सडकमा खटिएका प्रहरीहरुले लकडाउनकै समय भएपनि संयमित भएर काम गर्नुपर्ने यो घटनाले देखाएको छ ।

सम्बन्धित समाचार

भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
  • २०७७ बैशाख ४, १३: ५१

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...

Rooster Bet Casino Mobile Gaming: Quick Sessions and Instant Decisions
  • २०७७ बैशाख ४, १३: ५१

There is a certain rhythm to how many players approach Rooster Bet casino these days. It is not about sitting...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७७ बैशाख ४, १३: ५१

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...