काठमाडौं । सरकारले कोभिड १९ (कोरोना भाइरस) संक्रमणको जोखिमको स्थिति पत्ता लगाउनको लागि देशव्यापी परिक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत ७५ वटै जिल्लामा कोरोना भाइरसको परिक्षण शुरु गरेको हो । सोलुखुम्वु र डोल्पावाहेक वाँकी सबै जिल्लामा परिक्षण शुरु गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाए ।
मन्त्रालयले पछिल्लो ४ दिनदेखि गरिएको परिक्षणको क्रममा कोरोना संक्रमित नभेटिएको जनाए । विगत २४ घण्टामा सरकारले ४ हजार ८ सय २२ वटा नयाँ परिक्षण गरिएको जनाए । हालसम्म पीसीआर र आरटिडीबाट २४ हजार २ सय ५३ जनाको परिक्षण गरिसकिएको छ ।
सरकारले १४ जिल्लामा पीसीआर मेसिन जडान गरिसकेको र हालसम्म क्वारेन्टाइनमा ४ हजार ६ सय ७ जनालाई राखेको छ । संक्रमित भएको आशंकामा उपत्यकामा ५ र उपत्यका वाहिर ८५ गरी ९० जनालाई आईसोलेसनमा राखिएको छ ।
कोरोना संक्रमितको सख्या विगत ४ दिनदेखि नबढेपनि हालसम्म यो सख्या १६ मात्र पुगेको छ । एक जना भने निको भएर घर फर्किसकेका छन् ।
कोरोना संmक्रमिततको सम्भावना र जोखिम भएको भनिएको सुदूरपश्चिममा सरकारले ३४ जना एमडीएस अध्ययनरत ३४ विद्यार्थीलाई पठाएको छ । उनीहरुलाई एक महिनासम्म त्यहाँ खटाइने मन्त्रालयले जनाएको छ ।
नेपालमा कोराना भाइरसको संक्रमणमा रहेकालाई संक्रमणले खतरा र जोखिममा भने पारेको छैन । कोरोना भाइरस संक्रमितमा धेरै सक्रिय नभएर निष्क्रिय भएको अनुमान गर्न थालिएको छ । करिव चार साताअघि सक्रमित भएकाहरुको स्वास्थ्यमा हालसम्म जोखिम नदेखिनुले नेपालमा कोरोना भाइरस धेरै सक्रिय नरहेको आंकलन गर्न थालिएको छ ।
There is a certain type of player who doesn’t have time for a three-hour saga. They have twenty minutes, a...
Het eerste wat je opmerkt wanneer je MyStake op je telefoon opent, is de pure snelheid van alles. Er is...
Es gibt eine bestimmte Art von Spieler, die keine Zeit für langsam verlaufende Erzählungen hat. Sie suchen nicht nach einer...