सामाजिक सुरक्षा भत्ता खारेज नगर्न महिला संघ काठमाडौंको माग – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

सामाजिक सुरक्षा भत्ता खारेज नगर्न महिला संघ काठमाडौंको माग

काठमाडौं । नेपाल महिला संघ काठमाडौं जिल्ला समितिले सामाजिक सुरक्षा भत्ता अन्तर्गत एकल महिला, अशक्त र अपांगहरुलाई दिदै आएको मासिक भत्ता यथावत राख्न सरकारसँग माग गरेको छ ।
नेपाल महिला संघ काठमाडौं जिल्ला समितिले संगठन सुदृढीकरण तथा विस्तार गर्ने कार्यलाई कोरोना भाईरस संक्रमणका बावजुद पनि निरन्तरता दिने उदेश्यले जेठ ११ गते आइतबार जिल्लाका पदाधिकारी, क्षेत्रिय सभापति तथा संगठनमा त्रियाशिल सदस्यहरुको सहभागितामा भच्र्युअल (अनलाईन मिटिङ) बैठक गरेको छ ।
विश्वव्यपीरुपमा फैलिएको कोभिड १९ को संक्रमणका कारण नेपाली जनता प्रताडित हुन पुगेको अवस्थामा काठमाडौंको विभिन्न क्षेत्रमा बसोबास गर्दै आउनुभएका महिला संघआवद्ध दिदीबहिनीहरुले आ–आफ्नो क्षेत्रमा कोरोना भाईरसको संक्रमण फैलिन नदिन अभियान चलाएका छन् । संक्रमणले ल्याएको चुनौतिलाई सामना गर्न खोजी गर्ने उद्देश्यले
काठमाडौं सभापति विष्णुदेवी पुडासैनीको अध्यक्षतामा आइतबार बसेको बैठकले सरकारलाई विभिन्न विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
कोरोना भाईरसका कारण मुलुकको स्वास्थ्य क्षेत्रमा गम्भीर संकट देखिएको भन्दै त्यसलाई समाधानका लागि राहत प्याकेज घोषणा गर्न माग संघले माग गरेको छ ।
कोरोना भाईरसका कारण स्वास्थ्य क्षेत्रमा भईरहेको समस्या नवजात शिशुहरुलाई लगाउँदै आएको अति आवश्यक खोपहरु पूर्ववत अवस्थामा सुचारु ग्र्न माग गरेको छ ।
संघले बाल अस्पतालहरुको व्यवस्था, गर्भवती महिलाहरुलाई निशुल्क अस्पतालमा पुराई सुरक्षित बच्चा जन्माउने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएको छ ।
अहिले सरकारले लकडाउनलाई मात्र कोरोना भाइरसको रोकथाम गर्ने उपाय अपनाएको हुँदा लामो लकडाउनको कारण दैनिक ज्यालादारी गर्नेदेखि मध्यमवर्ग समेतलाई मध्यनजर गर्दै लकडाउनलाई खुकुलो बनाई उद्योग व्यवसाय संचालनमा ल्याउन संघले माग गरेको छ ।
विदेश तथा नाकामा अलपत्र परेका नेपाली नागरिकहरुलाई नाकामै व्यवस्थित क्वारेन्टाइनको व्यवस्था गर्दै पिसिआर विधिबाट स्वास्थ्य परिक्षण गराउन पनि महिला संघले ध्यानाकर्षण गराउने निर्णय भएको महिला संघ काठमाडौकी प्रवक्ता रीता दवाडीले नयाँ विकल्प डट कमलाई बताउनु भयो ।

सम्बन्धित समाचार

MonsterWin Casino Review: Golpes Rápidos, Grandes Emociones y el Arte de la Sesión Corta
  • २०७७ जेष्ठ ११, २२: ३०

Existe una raza particular de jugador de casino en línea que no tiene tiempo para sesiones maratónicas. No buscan completar...

Rooster Bet Casino Mobile Gaming: Quick Sessions and Instant Decisions
  • २०७७ जेष्ठ ११, २२: ३०

There is a certain rhythm to how many players approach Rooster Bet casino these days. It is not about sitting...

Ricky Casino Online: Quick Sessions, Instant Decisions, and the Art of the Spin
  • २०७७ जेष्ठ ११, २२: ३०

There is a certain type of player who doesn’t have time for a three-hour saga. They have twenty minutes, a...