सिमानामा देश खोज्दा – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

सिमानामा देश खोज्दा

कविता

घुम्टो ओढेर अस्ताचलको

सुदूर सीमामा मेरो देश

रोइरहेछ सुँक्क–सुँक्क

फूलबाट थुतिँदा पत्र

अखण्ड राष्ट्रको अंश

हारबाट खसेर मोतीका दाना

हराएको छ सौन्दर्य

हामीले फेर्ने प्रत्येक श्वास

लिपुलेकको पवित्र हवा

भण्डार हो हाम्रो संजिवनीको

नेपाली आमाको गीत सुुसेल्ने

पियूषधारा बनेर काली

बगेको छ हाम्रै नशा–नशामा

हाम्रो पुर्खाले हिँडेको

पुरानो मूलबाटो हरायो

गल्र्याम्मै डिल ढलेको छ

आज आँगनीको

अनन्त अनन्तसम्म

आलोकित बनिरहू

हे नेपाल आमा

पोखेका छौँ हामीले तातो पसिना

बगाएका छौँ रातो रगतको खोलो

अखण्ड अखण्ड बनिरहू

हे नेपाल आमा

वीर छोराले उनलाई

भनेका थिए—

सिन्धु संग्रामबाट

गर्जेर अभ्यन्तर आवाजमा

वीर छोराको सपनाबाट

ब्युँझेको देश

पराक्रमको झण्डा गाडेको

नालापानी

परचक्रीको पखेटामुनि

अत्तालिँदा आज

देहातको खडेरीग्रस्त खेतझैँ

चिरै–चिरा बनेको छ

आमाको छाती

ओजश्वी अनुहारले

ओढेर तिमिरको घुम्टो

अविरल बगेको छ

कालिन्दी नयनबाट

सोध्ला आगतले

पूर्खाको नासो

सुनेर गौरवगाथा

पल्टाउँदै इतिहासका पाना

चिन्ताको अजिङ्गरले

आमाको सपनीमा

बाउँछ घरिघरि

भीमकाय मुख

सारिने कहिले पुरिने नियति

देखेर दशगजाको हालखबर

विरक्तिएको छ सगरमाथा

सालैजो भाका सुसेल्दै

गोठाला दाज्यैले गाई चराएको

बेली, वनेली पाखो

बोल्दैछ बचाउको वाणी

सम्झँदै तिनलाई आज

खेताल्नी दिदीले माया

सिँचेर छातीमा

गाउँदै रमाउँदै असारे गीत

धान रोपेको वेशीको फाँट

भारी बिसाएको डाँडाको चौतारी

ओझेल पर्दा आँखाबाट

छपक्कै छाउँदा तिनका मधुर स्मृति

आँशु छचल्किन्छ गहभरि

एक–एक ढिक्का माटोसँग

साँटेको जीवनका पल

प्राणभन्दा प्यारो

गडेको हरियो ममता

आफ्नो भूमि आफ्नो रहेन आज

सुनसान छ पाखा

देखिँदैन फुलेको

सुनाखरी र सेताम्मे गुराँसका झुप्पा

डाँफे रून्छ

नाच्दिन भन्छ मूनाल

रातो चन्द्र सूर्य अङ्कित

अखण्ड हाम्रो राष्ट्रिय झण्डाको

कुन कोणमा खोजौँ आज ?

लिपुलेक र लिम्पिया धुरा

रोकिएर टक्क

सिंहदरबारको गेटमा

फहराइरहेको झण्डालाई

सोध्न मन लाग्छ—

वल्लो घरकी रोइरहँदा आमा

पारेर अँध्यारो घर–पिँढी

समृद्धि रच्ने पल्लो घरको

धर्ममाथि प्रश्न गर्न मनलाग्छ

किस्ता–किस्तामा लुटेर माटो

बाटो मेटाउने छिमेकीलाई

प्रश्न सोध्न मनलाग्छ ।

सुशीला अंगाईं

सम्बन्धित समाचार

Mostbet KZ: Заманауи Ойыншыға Арналған Quick‑Hit Gaming
  • २०७७ जेष्ठ १३, १०: ५०

Бүгінгі жарыс қарқыны әлемінде, mostbet qazaqstan тез әсер алуды қалайтындар үшін өз орнын тапты — марафондық еңбектенусіз. Платформаның дизайны пайдаланушыларды...

Payid Casino Review: Quick‑Hit Slots and Rapid Wins for Mobile Gamers
  • २०७७ जेष्ठ १३, १०: ५०

1. The Payid Casino Experience in Minutes Payid Casino offers a crisp, streamlined interface that feels almost like a mobile...

Joo Casino Quick‑Hit Slots: Play More, Win Faster
  • २०७७ जेष्ठ १३, १०: ५०

When the lights flicker on a new gaming session, the urge to hit a big win and move on is...