कुर्सी बचाउनका लागि अपनाइने यस्ता खालका हथखण्डाहरु हाम्रा लागि स्वीकार्य हुने छैन – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

कुर्सी बचाउनका लागि अपनाइने यस्ता खालका हथखण्डाहरु हाम्रा लागि स्वीकार्य हुने छैन

चालु नेपाली काँग्रेसको बैठक स्थगित गर्नुको कारण प्रधानमन्त्री के.पी शर्मा ओलीको राजीनामा माग्नलाई हो त ?
नेपाली कांग्रेसले संसद्मा प्रधानमन्त्रीको राजीनामा मागेर हट्ने भन्ने व्यवहारिक विषय होइन । त्यसैले संसद्मा स्पष्ट भन्दा पनि अधिक मत नेकपाको रहेकाले उसैबाट निर्णय नभई केपी शर्मा ओलीको सरकार रहने वा नरहने भन्ने कुरा स्पष्ट हुँदैन ।

त्यसैले नेकपाभित्रकै असहज परिस्थितिले र प्रधानमन्त्रीकै गलत क्रियाकलापले केपी शर्मा ओलीले प्रधानमन्त्री पदमा रहिरहने नैतिकता गुमाइसक्नुभएको छ । हामीले यो कुरा संसद्मा ६ महिना अघिदेखि भनिरहेका छौं । त्यो कुरा अहिले आएर नेकपालाई पनि बोध भयो । उहाँहरुले त्यसको महसुस गर्नुभयो र राजीनामा माग्न थाल्नुभयो । यसले अब नेकपा ठीक बाटोमा हिड्न थाल्यो भन्ने हामीलाई लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा सत्तारुढ दलकै नेताले मागिसके नेपाली कांग्रेस राजीनामाको पक्षमा कि विपक्षमा ?
नेपाली कांग्रेस पहिले जहाँ थियो, अहिले पनि त्यही छ । संसद्मा प्रतिपक्ष दल हो । नेपाली जनताको बीचमा गएको निर्वाचनले लोकप्रिय मतको आधारमा ठूलो पार्टी हो ।

यसले भ्रष्टाचार, अनियमितता, स्वच्छाचारिताको विरुद्धमा जसरी संसदमा कुरा उठाइरहेको छ निरन्तर कायमै छ । अहिले कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित गरेर बसेको अवस्था भएको हुँदा हामीलाई वर्तमान प्रधानमन्त्री के.पी शर्मा ओलीको राजीनामा मागेर किन चर्चामा लेराई दिनु र ?

त्यसोभए प्रधानमन्त्रीको राजीनामा मागेर नेकपाका नेताहरुले सही निर्णय गरेका हुन् ?
उहाँहरुले एकदमै सही निर्णय गर्नुभएको छ । नेपाली जनता यत्रो कोरोनाको कहरमा जकडिएको बेला भ्रष्टाचार, अनियमितता, लापरवाही, हत्या, हिंसा, गैरजिम्मेवारीपनबाट मुलुक अगाडि बढ्न सक्दैन भन्ने हामीलाई लागेको छ ।

नेकपालाई पनि लागेके हुनुपर्छ । त्यसैले त नेकपाका जिम्मेवार नेताहरुले प्रश्न उठाई रहनु भएको छ । हामीले पनि यसको समाधान नेकपाभित्रैबाट हुनुपर्छ भनेर भनिराखेका थियौं । त्यो बाटो प्रारम्भ भएकोले अब नेकपा ठीक अगाडि बढ्यो भन्ने लाग्छ ।

प्रधानमन्त्रीले यतिबेला मध्यावधी निर्वाचनको घोषणा गर्नुभयो भने तपाईंहरु के गर्नुहुन्छ ?
संविधानले संसद्मा वैकल्पिक प्रधानमन्त्रीको माग गरेको छ । त्यसैले मध्यावधीमा जाने भनेको सर्वसत्तावादी हठ र व्यक्तिवादी चरित्र हो । नेकपाभित्रै विकल्पहरु छन् र उहाँले अझ स्पष्ट सत्तामा र पार्टीको नेतृत्वमा आधा–आधा काम गर्ने भनेर सम्झौता गरेर बनेको सरकारमा आधा समय बितिसकेपछि अर्को साझेदार शक्तिले म पनि भोग गर्न पाउनुप¥यो भन्दा उहाँ आफैले प्रशस्तै गल्ती गरेर प्रधानमन्त्री भइरहने र नैतिकता गुमाइसक्दा पनि छोड्ने कुरा नगरेर ‘मैले खेल्न पाउँदिन भने म यो ग्राउन्डनै भत्काउँछु’ भन्नुहुन्छ भने त्यो गैरजिम्मेवारीपन, अराजनीतिकपन, अनैतिकपन र वेइमानी हो । त्यसैले त्यस्तो गल्तिको बाटो जानु हुन्छ भन्ने लाग्दैन् ।

प्रधानमन्त्रीले फेरि दल विभाजनको अध्यादेश लेराएर राष्ट्रपति समक्ष जानुभएमा के हुन्छ ?
दल सम्बन्धी ऐन त हामीले योभन्दा अगाडि नै अस्वीकार गरेकाले फिर्ता भएको हो । त्यो नेकपाका कारणभन्दा पनि हाम्रा कारणले चाहीं फिर्ता भएको हो । देशमा जब दल टुक्र्याउने, मुलुक राजनीतिमा अस्थिरता ल्याउने र भ्रष्टाचार मौलाउने किसिमको प्रवृत्ति र क्रियाकलापहरु अगाडि बढ्छ । हामी त्यसको सधैं विपक्षमा रहने छौ । प्रधानमन्त्रीले नितान्त आफ्नो कुर्सी बचाउनका लागि अपनाइने यस्ता खालका हथखण्डाहरु हाम्रा लागि स्वीकार्य हुने छैन ।

प्रधानमन्त्रीले नेकपा फुटाएर कांग्रेससँग मिलेर सरकार बनाउछु भन्नुभयो भने तपाईं कता ?
कोसँग मिलेर सरकार बनाउने भन्ने कुरा उहाँकै पोल्टामा रह्यो । अहिले नेपाली कांग्रेस के गर्छ भन्ने कुरा नेपाली कांग्रेसले नै निर्णय गर्ने भएकाले हामीले अहिले सत्ता या सिंहदरबारतर्प छड्के आँखाले पनि हेरेका छैनौं । यतिबेला हामी नेपाली जनताको दुःख, पीडा र समीक्षामा केन्द्रित छौं । त्यसकारण जनताले विश्वास गरेर बहुमत दिएको पार्टीबाटै सरकार बन्नुपर्छ । त्यो सरकार बन्न नदिनका लागि अहिलेका प्रधानमन्त्रीले विभिन्न किसिमका अध्यादेश, हतखण्डा र क्रियाकलापहरु अपनाउनु गलत काम हो ।

गिरिजाप्रसाद कोइरालाको जन्मदिनमा नेपाली काँग्रेस पार्टीले उहाँलाई कसरी सम्झ्यो ?
गिरिजाप्रसाद कोइराला हाम्रो शिखर पुरुष, महान राजनीतिज्ञ, नेपाली जनआन्दोलनका नेतृत्वकर्ता, नेपाली कांग्रेसका अभिभावको जन्म दिनको दिन हामी शान्तिवाटिकामा रक्तदान कार्यक्रम गरेका छौं । त्यस कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रहनुभयो । त्यसको आयोजना नेविसंघले गरेको थियो । सबै नेताहरु सहभागी भएर सभापतिकै प्रमुख आतिथ्यमा कार्यक्रमभएको हुँदा सिंगो पार्टीले उहाँले सम्मानपूर्वक आदर गरेको छ ।

गिरिजाप्रसाद कोइरालालाई सम्झिइरहँदा नेपाली कांग्रेस अब एक भएर अगाडि बढ्छ ? अथवा गुटकै राजनीतिक रमाई रहन्छ ?
नेपाली कांग्रेस पार्टीमा अग्रज नेताहरुको ठूलो लाइन छ । स्वर्गीय नेता, विश्वेश्वरप्रसाद कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला । यी महान् नेताहरुकै पथमा अगाडि बढेर पार्टीभित्र आएका विचलन, कमीमजोरीलाई पनि ंउहाँहरुलाई सम्झेर एक ठाउँमा उभिएर मुलुक र जनताको हितमा काम गर्नुपर्ने हुन्छ । उहाँहरुको त्याग र तपस्याले नै मुलुकमा प्रजातन्त्र पछि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । यसलाई हामीले दह्रो खुट्टा टेकेर बचाई राख्नु पर्दछ । त्यसैले त्यही स्मरण गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

नेपाली कांग्रेसको महाधिवेशन फागुनमै हुनेभयो होइन ?
मुलुकको विद्यमान परिस्थितिमा सुधार आएन भने त फागुनमै हुन कठिता आउन सक्छ । यति हुँदाहुँदै पनि हामी नेपालको संविधान र पार्टीको विधानलाई हेरेर महाधिवेशन गर्नैपर्ने हुन्छ । त्यस्तै भवितव्य प¥यो भने बेग्लै हो नत्र फागुन ७ देखि १० गतेभित्रै महाधिवेशन हुन्छ ।


अन्त्यमा तपाईको लोकप्रिय पत्रिका नयाँ विकल्प साप्ताहिक मार्फत् मेरा विचारहरु प्रवाह गर्ने अवसर दिनुभएकोमा पत्रिका परिवारलाई विशेष धन्यवाद !

सम्बन्धित समाचार

Rooster Bet Casino Mobile Gaming: Quick Sessions and Instant Decisions
  • २०७७ असार २२, १३: ३२

There is a certain rhythm to how many players approach Rooster Bet casino these days. It is not about sitting...

Ricky Casino Online: Quick Sessions, Instant Decisions, and the Art of the Spin
  • २०७७ असार २२, १३: ३२

There is a certain type of player who doesn’t have time for a three-hour saga. They have twenty minutes, a...

MyStake Casino Games: Een Gids voor Snelle Sessies en Directe Actie
  • २०७७ असार २२, १३: ३२

Het eerste wat je opmerkt wanneer je MyStake op je telefoon opent, is de pure snelheid van alles. Er is...