
काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।खेलमा दुवै टोली विजयी सुरुआतको खोजिमा छन् । यी दुईले समूह ‘ए’को पहिलो खेल खेल्न लागेको हुन् ।
नेपाल प्रतियोगिताको ६ पटकको उपविजेता हो । नेपालले फाइनलमा अन्तिम समय सम्हालिन नसक्दा सन् २०१०, सन् २०१२, २०१४, २०१९, २०२२ र २०२४ को संस्करणमा उपविजेता बनेको थियो ।
साफ च्यम्पियनसिपमा नेपालले हालसम्म भुटानसँग हारको सामना गर्नुपरेको छैन । यी दुईबीच अहिलेसम्म पाँच खेल भएका छन् । जसमा नेपालले चार खेल आफ्नो पक्षमा पारेको छ ।
प्रतियोगितामा नेपालले भुटानविरुद्ध २३ गोल गर्दा एक गोल पनि व्यहोरेको छैन ।यी दुईले पहिलोपटक सन् २०१४ को साफ च्याम्पियनसिपमा एक अर्काको सामना गरेका थिए । उक्त खेलमा नेपाल ८–० ले विजयी भएको थियो ।
सन् २०१६ मा पनि नेपाल ६–० ले नै विजयी भएको थियो । नेपालले सन् २०१९ मा ३–० र २०२२ मा ४–० को जित निकालेको थियो । सन् २०२४ को पछिल्लो संस्करणमा भने यी दुईले गोलरहित बराबरी खेलेका थिए ।
यी दुईबीचको खेल भारतको गोवास्थित जवहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं : सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ । काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै...
काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो...